Originally published in today’s Kantipur
एन्जेला मर्केल रोमानो प्रोदीसँग गफिइरहेकी हुन्छिन्, भिडियोमा अचानक जर्ज डब्लू बुस देखापर्छन् । अघिसम्म औपचारिक कुराकानीजस्तो लाग्ने माहोलमा अनपेक्षित परिवर्तन आउँछ । संसार हाँक्ने महामहिम अमेरिकी राष्ट्रपतिका हात जर्मन चान्सलर मर्केलका गला र कुम मसाज गर्न मस्त हुन्छन् । लाजले होला, इटालीका प्रधानमन्त्री प्रोदी आफ्ना आँखा सामुन्नेका कागजतिर डुलाउँछन् । असहज अवस्थामा पुगेकी मर्केलको अनुहारमा आश्चर्य झल्किन्छ । उनी बुसतिर हेर्छिन् र जबरजस्ती मुस्कान फाल्छिन् । भिडियो हेर्ने हरकोही महिला मर्केलको असजिलोपना महसुस गर्न सक्छन् ।

Bush rubs Merkel the wrong way
पाँच सेकेन्डको यो भिडियोले इन्टरनेटको दुनियाँमा तहल्का मच्चायो । अनेकन नामले चिनिने बुसको पुनः न्वारन भयो । पृथ्वीको सर्वशक्तिमान सेनाका प्रमुख ‘ग्रोपर इन चिफ’ -अरूलाई सुम्सुम्याएर यौन सन्तुष्टि लिनेहरूका प्रमुख) र ‘लाउन्ज लिजार्ड’ -ठूला कोठामा खुसुक्क घिसि्रने) भए । जर्मन अखबार ‘ब्लिज’ ले वेभसाइटमा भिडियोका प्रत्येक प|mेमको विश्लेषण गरेको छ भने डायलग इन्टरनेसनलले लेख्यो- ‘आफ्ना -भाषणका) लेखक तथा सहयोगी नहुँदा बुसमा बौद्धिकताको अभाव र भावनात्मकरूपमा केटाकेटीपना स्पष्ट झल्किन्छ ।’ पूर्व अमेरिकी राष्ट्रपति विल क्लिन्टनकी लामो समयदेखिकी साथी तथा डेमोक्रेटिक पार्टी कार्यकर्ता मार्था ह्वेट्स्टोनले उक्त घटनाबारे गरेको विश्लेषण कम रोचक छैन । ‘के रोनाल्ड रेगनले बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरलाई त्यस्तो गरेका थिए ? अनि सम्बन्ध राम्रो भएको ठान्ने बुस त्यस्तै मसाज -रूसी राष्ट्रपति) भ्लादिमिर पुटिनलाई चाहिँ किन गर्दैनन् ? यो भिडियो यौन दुव्र्यवहारसम्बन्धी तालिमहरूमा प्रयोग गरिनुपर्छ र सबैका लागि ‘हाकिमले त्यस्तो काम कदापि गर्नुहुन्न’ भन्ने पाठ हुनुपर्छ ।’
यो प्रसंग खुट्टो टेक्ने ठाउँ नभए पनि ‘भित्र जाऊ’ भन्ने काठमाडौंको बस सेवा ‘नेपाल यातायात’ को होइन न त मान्छे कोचिएपछि फुट्लाजस्तो देखिने भक्तपुर मिनीबस कै हो । त्यो त जी-८ को अघिल्लो साता रूसमा सम्पन्न बैठक हो जहाँ विश्वका सबैभन्दा विकसित राष्ट्र प्रमुखहरू भेला हुन्छन् । त्यस्ता बैठकमा हातको प्रयोग ज्यादातर ‘ह्यान्ड सेक’ र सम्झौताहरूमा हस्ताक्षर गर्न गरिन्छ । कहिलेकाहीँ ती हातले मसाज पनि गर्दारहेछन् भन्नेचाहिँ यसैपालि मात्र थाहा पाइयो । बुसले जी-८ बैठकमा सहभागी एक्ली महिला मर्केललाई ‘मुफ्त मसाज’ प्रदान गर्नुको कारण उनी नै जानुन् तर त्यस्ता अनपेक्षित र नमागिएका स्पर्शहरूको अनुभव नभएका महिला सायदै भेटिएलान् ।
मान्छे कोचिएका बसमा होस् वा भीडमा, अँध्यारो फिल्म हलमा वा खुला मैदानमै, दुव्र्यवहारी जहाँ पनि चालू हुन्छन् । केटी देख्न पाएको छैन, सुरु भइहाल्यो हर्कत । मर्केलपछि प्रसंग नेपालमै ल्याउँ, दुव्र्यवहार भोग्दाको मेरो पहिलो अनुभव सुनाउँ । म ११ कक्षामा पढ्थ्ों र १० वर्षे होस्टल जीवनपश्चात् बाहिर निस्कँदा हरेक कुरालाई बाल निर्दोषताका आँखाबाट हेथ्ोर्ेें । चारैतिर राम्रा कुरामात्र देख्थें र मेरा निम्ति सब मान्छे जाति थिए ।
बिहानीको अफिस/कलेज टाइम भएकाले ‘नेपाल यातायात’ मान्छेले खचाखच थियो । दाह्रीबिनाको चिल्लो अनुहार, सुनौला प|mेम भएको चस्मा, इस्त्री लगाएको हल्का पहेंलो रङको सर्ट र सुनौलो रङकै घडी लगाएका ३० वर्ष जतिका एक ‘भद्रपुरुष’ ठ्याक्क मेरो पछाडि उभिएका थिए । घडीलाई फेसन स्टेटमेन्ट मान्ने हुनाले म मेरा आँखै अगाडिको उनको हातको ‘समय मेसिन’ लाई अवलोकन गर्नमै व्यस्त थिएँ । केही समयपछि कसैले कम्मरमा समातेझैं लाग्यो । सोचें, धेरै भीड भएकाले कसैले समात्ने ठाउँ नपाएर समाएको होला । अप्ठेरोमा परेकोलाई मद्दतै हुन्छ । तर मस्तिष्कले जति सकारात्मक सोचे पनि शरीरले अत्यन्तै असजिलो महसुस गर्न थालेपछि मैले त्यो अन्जान हात हटाएँ । पन्छाउन पाएको छैन, हात पहिलेकै ठाउँमा आयो, मानौं म कुनै चुम्बक थिएँ र हातचाहिँ फलामको धूलो । बोल्न त परै जावस्, म ठीक तरिकाले सोच्न पनि सकिरहेकी थिइनँ । बसबाट नउत्रेसम्म ‘हात राख्ने’ र पन्छाउने प्रक्रिया चलिरह्यो । जतिसुकै भीड भए पनि कसैको कम्मर समात्ने स्थिति कहिल्यै आउँदैन भन्ने कुरा सिकियो, सबै चस्मा लगाउने व्यक्ति सभ्य हुँदैनन् भन्ने मूल मन्त्रकै रूपमा ग्रहण गरियो ।
कसले कति बोल्ने भन्ने मात्रै हो, नत्र सार्वजनिक यातायात प्रयोग गर्ने महिलाहरूका लागि यस्ता घटना समान्य हुन थाले । ‘नानी कता ? हामी सँगै आउन’ जस्ता टिप्पणी जिस्काको कम, ‘संवाद थाल्ने असफल प्रयास’ ज्यादा लाग्छ । तर सधैं त्यस्ता स्वच्छ शब्दहरू मिश्रत सरल वाक्यमात्र कहाँ सुन्न पाइन्छ र ? एकपटक बाटो हिंड्दा एक अधवैंशेले म माथि अश्लील शब्दहरूको वषर्ा गर्यो । गर्मीमा बाहुले सर्ट र लुज जिन्स लगाएर चुप लागेर हिंड्दासमेत नेपाली अश्लील शब्दभन्डारहरूको झल्को पाउँदा म तीन छक परें । आफैंमा केही खराबी छ कि जस्तो पनि लाग्यो । मौखिक दुव्र्यवहारको विशेषता त्यही हो, कानमा कम तर मनावैज्ञानिक असर ज्यादा । कुरो एकांगीजस्तो लाग्ला तर बेलाबखत केटीहरूले केटालाई र्याखर्याखती पारेको नसुनिएको होइन । तर आक्ललझुक्कल विशेषतः महिला कलेज परिसरमा केटीहरूले केटा जिस्काउनु र घरबाट निस्कँदा टिप्पणीहरू सुन्ने मानसिकता बनाएर हिँड्नुपर्ने अवस्थामा ठूलो अन्तर छ ।
युवा भएकाले हामी नयाँ कुरा सजिलै अँगाल्छौं । उदार सोच भनौं या पश्चिमाकरणको प्रभाव, नमस्ते छाडेर हामी साथी -केटा होस् या केटी) सँग हात मिलाउँछौं, खुलस्त जिस्किन्छौं र त्यति गर्दैमा ‘लभ’ परेको पनि मान्दैनौं । यत्रो परिवर्तन आइसक्दा पनि केटाहरू पुराना हिन्दी फिल्मका गुन्डाकै शैलीमा प्रस्तुत हुने ? केटी देखेपछि जिब्रो नफड्कारेसम्म खाएको पनि नपच्ने हो कि ? दुईचार कमेन्ट पास -टिप्पणी) नगरेसम्म पाइला अगाडि नबढ्ने हो
कि ? केटाहरूको समस्या के हो, मलाई वास्तमै जान्ने इच्छा छ । -प्रश्न उठ्न सक्छ, मचाहिँ केटाहरूले घोरिएर हेरेको कसरी थाहा पाउँछु ? हो, केटीहरूले केटा नहेर्ने होइनन्, हेरिन्छ । तर कलात्मक शैलीमा, अवरोध नपुर्याइकन । मेरा साथीको समेत अनुभव छ, केटीलाई एकै झल्को काफी हुन्छ केटालाई नियाल्न । अरूलाई असजिलो हुनेगरी घोरिइरहन पर्दैन । बाटो हिँड्ने केटीलाई घोरिएर हेर्ने केटा देख्दा घरीघरी मलाई बीच बाटोमै मेरा टाउकामा सिंग उम्रे कि जस्तो लाग्छ ।)
नबोल्दा त्यत्रो खसखस हुन्छ भने राम्रैसँग कुरा गरांै न । सायद हाम्रा पुरुष मित्रले यी नेपाल यातायातका कन्डक्टरबाट केही सिक्न सक्छन् । कुरा केही अघिको हो, भाडा माग्दै ती कन्डक्टर मेरा अगाडि आइपुगे । म भाडा दिँदै थिए, उनको ध्यान मेरा दाँत बाँध्न प्रयोग गरिएको तारले तानेछ ।
‘तपाईंलाई बोल्न गाह्रो हुँदैन ?’ ब्रेसेजलाई इंगित गर्दै उनले सोधे ।
‘हुँदैन,’ अनपेक्षित प्रश्न भए पनि मैले हाँस्दै जवाफ दिएँ- ‘लगाएको धेरै भइसक्यो ।’
उनले मलाई चकित पार्ने गरी अनुरोध गरे- ‘ईई गर्नुस् त ।’
अगाडि उभिएर, शिर ठाडो बनाएर गरिएको त्यो अनुरोध सुनेपछि मैले कुन बेला ‘ईर्ईई’ गरेर दाँत देखाइदिएछु, पत्तै पाइन । उनले दाँत अवलोकन गरे र अगाडि फर्के । -अँ साँची, उनका दाँतचाहिँ अनारकै दानाजस्ता मिलेका थिए ।)
च्याट र इ-लभको प्रभाव बढिरहेको यो अवस्थामा अब इ-विवाह पनि सुरु भइसक्यो । नदेखेको र नभेटेको मान्छेसँग गफगर्दा त्यति धेरै सम्भावना हुन्छन् भने प्रत्यक्ष अगाडि उभिएको मान्छेसँग राम्रै मिजासमा कुरा गर्दा भइहाल्यो । कुरा अगाडिबाट हुनुपर्यो, आमनेसामने । आँखामा आँखा राखेर । ती कन्डक्टरले जस्तो । अनि जर्ज डब्लु बुस, स्वतन्त्र विश्वका नेताले पनि साह्रै मन भए मर्केलका अगाडि उभिएर मसाज गर्नुपर्यो, पूर्व स्वीकृति लिएर । बिरालाका चालमा पछाडिबाट आएर ‘सरप्राइज’ दिने होइन । सोच के हुनुपर्यो भने महिला-पुरुष समान हुन् र तीमध्ये एकले अर्कोसँग व्यवहार गर्दा त्यही ‘प्रोटोकल’ अपनाउनु पर्छ । त्यो प्रोटोकल जी-८ बैठकदेखि नेपाल यातायातसम्म कायम गरिनुपर्छ ।





