हाइ हिल जुत्ता र सौर्न्दर्य राजनीति by दोभान र्राई 

This article is published in the Kantipur today.Baisakh 15,2064 edition. written by Dovan Rai.. This is an interesting read. You can read more of the writer’s articles here .

हाइ हिल जुत्ता र सौर्न्दर्य राजनीति

दोभान र्राई

सुन्दर पहिरन र शृङ्गारमा सजि“दै मिस नेपालजस्ता सौर्न्दर्य प्रतियोगितामा सामेल युवतीलाई म अभिरुचिस“ग नियाल्छु । प्रतियोगितामा म मात्र दर्शक हुनसक्छु, प्रतियोगी होइन । मेरा कुरा छोड्दिनुस्, हाम्रा चर्चित नायिका रेखा थापा र निरुता सिंह पनि भाग लिन चाहिने योग्यता -उचाइ ५ फिट ४ इन्च) पूरा गर्दैनन् । सायद नेपालका ५० प्रतिशतभन्दा बढी युवती यो मापदण्डभन्दा तल पर्छन् ।

सौर्न्दर्य सापेक्षिक कुरा हो । ठाउ“ अनि समुदायअनुसार यसको आफ्नै मापदण्ड अनि धारणा हुन्छ । यस्ता प्रतियोगितामा पश्चिमी मापदण्डअनुसार नेपाली युवती ज्ाा“चिन्छ । अनि के यस पराया मापदण्डमा उनीहरू कमजोर भए भने नेपाली कुनै पश्चिमी युवतीभन्दा कम सुन्दर पुष्टि हुन्छ त – व्यक्तिगत रूपमा मलाई ढ्याङग्रे पश्चिमी युवतीभन्दा चिटिक्क परेकी एसियन युवती राम्री लाग्छे । अहिलेको मास मिडियाले स्थापित गरेको ‘अग्ली, गोरी, दुब्ली’ जस्ता सौर्न्दर्यको स्टेरियोटाइप विवादको विषय रह“दै आएको छ ।
(More …)