एक 

इच्छा धेरै छन् जस्तो लाग्दैन, छन् तर पुरा नगरी यो अस्तित्व नै अर्थहीन होला जस्तो लाग्ने खालका छैनन्। कम भएकाले सायद तेरो जति पनि आफ्नो मानेर पुरा गर्ने मलाई फुर्सद छ। समय अलि बदलिएको छ, बेफुर्सदी भएजस्तो लाग्छ। एक वर्ष बितेछ , पत्तै नपाई होइन, प्रत्येक क्षेण बितेको पत्ता पाएर नै बित्यो। कुरा त मलाई त्यो दिनको विवरण दिएरै सुरु गर्न मन छ। तर त्यो हामीले एकै दिनमा तीन पटक मर्नेगरी ब्लाक फरेस्ट खान मनलागेर युरोपियन बेकरी धाएजस्तो यात्रा रहेनछ। त्यसैले धेरै सोच्दिन, साँच्ची भनेको।

(More …)