This ( both text and photos) are from an email attachment forwarded to me ( in the form received). I don’t know the original creator of the mail so am unable to give any credits here. ( You can name the creator if you know the name ). A very Interesting read. Enjoy.
नमस्कार, आज २०७५ साल असोज २२ गते आइतबार । नेपालमा गणतन्त्र स्थापना भएको आज ठीक दस वर्ष पुगेको छ । त्यतिखेर मानिसले कल्पना नै गरेका थिएनन् कि केवल दस वर्षमा नेपालमा यति धेरै विकास होला भनेर । पूर्व काँकडभिट्टादेखि पश्चिम धनगढीसम्म साढे चार घन्टामा पुगिने बुलेट रेल सेवा ‘एकता एक्सप्रेस’को सञ्चालन होस् वा दार्चुलादेखि ताप्लेजुङ जोड्ने पहाडी हाइवेको स्थापना होस्, दुवैको निर्माणबाट केवल दस वर्षमा नेपालमा चमत्कार भएको छ । ल्हासाबाट खासा हुँदै काठमाडौंसम्म बिछ्याइएको पेट्रोल पाइपको कुरो होस् वा रोल्पामा खुलेको संसारकै सबैभन्दा ठूलो जडीबुटी उद्योग होस्, दस वर्षपहिले मान्छेले देखेका यी सबै सपना अहिले पूरा भएका छन् ।
यी सबै सपनालाई पूरा गराउने देशका सबै राजनैतिक दल, नागरिक समाज र प्रतिबद्ध नागरिकलाई अहिले विश्वका देशले बधाईका सन्देशहरू ओइर्यागइरहेका छन् । अरू त अरू, अहिले यो कार्यक्रम ‘नेपाल-निर्देश’ काठमाडौंस्थित नेपाल टेलिभिजनको १२५ तले भवनको तीसौं तलाबाट सञ्चालन गरिहेका छौं । अब हामी यस विषयमा कुरा गर्दैछौं, दस वर्षदेखि निरन्तर रूपमा नेपालको प्रधानमन्त्रित्व सम्हालेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ।
अजयकुमार- आरामै हुनुहुन्छ ?
प्रचण्ड- राजनैतिक रूपमा आराम गरेर बसेको भए अहिले जुन विकास देख्दै हुनुहुन्छ, त्यो दस वर्षमा सम्भव नै हुँदैनथ्यो भन्ने मेरो ठम्याइ हो ।अजयकुमार- दस वर्षअघि नेपाली राजनैतिक पार्टीका नेताहरू विदेशी राजदूतहरूलाई भेट्न निवेदन हाल्ने गर्दथे । तर, आज दस वर्षपछि विदेशी राजदूतहरूले नेपाली नेतालाई भेट्न पाऊ भनेर निवेदन हाल्ने गरेका छन् । यो परिवर्तनलाई कसरी हेर्नुभएको छ ?
प्रचण्ड- कुरो के हो भने त्यतिखेर हामी सबैका कमीकमजोरी थिए । हामी सबैको विवेकमा खिया लागेको स्थिति हो । समग्र देशको भन्दा पनि व्यक्ति, पार्टी र गुटको हितलाई मात्रै अगाडि ल्यायौं । तर, विस्तारै हामीमा एकता, सहकार्य र सहमतिको जुन वातावरण बन्यो, त्यसले देश, जनतालाई यो अवस्थासम्म पुर्याीयो भन्ने हाम्रो ठम्याइ छ ।
अजयकुमार- हिजो तपाईंसँग अमेरिकी राजदूतले भेटेछन्, के कुरा भयो तपाईंहरूबीच ?
प्रचण्ड- मने, अमेरिकामा गत सेप्टेम्बरमा जुन समुद्रीआँधी आयो, त्यसले त्यहाँको अर्थतन्त्रलाई नराम्रो धक्का लाग्न पुग्यो । नोभेम्बरमा फेरि आतंककारी हमलाका कारण अमेरिकामा भोकमरी सुरु भयो, यस्तो विपत्तिमा नेपालले पनि अमेरिकालाई सहयोग गर्नुपर्योल भन्ने कुरा राजदूतले राखे । हामीले पनि मानवीयताका आधारमा अमेरिकालाई नेपाल सरकारका तर्फबाट एक करोड डलर सहयोग दिने वचनबद्धता प्रकट गरिसकेका छौं ।






keshuvko 1:54 pm on November 25, 2008 Permalink |
hehehe
Avinashi 2:04 pm on November 25, 2008 Permalink |
Very intresting hai…..Nepal..kahile yesto banla sachhai..
rakesh rokaya 1:06 pm on July 9, 2009 Permalink |
nepal yeshto kaihele bandaina
आकार 5:34 pm on November 25, 2008 Permalink |
अब, ओरिजिनल क्रेडिट त व्यंङ्ग्यकार मनोज गजुरेललाई जान्छ । यो सबै परिकल्पना उहाँकै हो । अनि यी कुराहरु उनको “फोटोकपि” नाम को भिसिडि मा समेटिएको छ ।
ईन्टनेटमा विभिन्न ब्लग र साइटमा छापिइसकेपछि, ईमेल मा फरवाड भएर आउनु, कुनै नौलो कुरा पनि होइन ।
anonymous 9:08 pm on November 25, 2008 Permalink |
यति धेरै काम गर्नलाई दश बर्ष अलि कम भयो कि ? कृपया November 25, 2018 सम्म यो ब्लग इन्ट्रि नमेटाउनुहोला !
aatra 1:07 pm on November 26, 2008 Permalink |
it was so much copyed by all there no anything new like diffrent another ,. if u like and lived blocking plz search a new which is different . because it was ur . the blog was different thing , views and freedom so please i request u that write a new . me was lover of blog freedom so i hope u fellow it thanks
Ametya 3:03 pm on November 26, 2008 Permalink |
Naya Patrika ma basi vai sakeko kura mail ma forward garnu …not a creation …….
………..Whoever be it Prachanda or Girija…….the case would be the same of Nepal …
I from the heart wish to be leased of Nepal by USA or any developed country………
Rastriyata……just theoritical part..ha ha …
www.clonevideos.com 1:59 pm on December 29, 2008 Permalink |
Hey sathi
namaste!!
you take such a long time to watch the video and convert them into text. i have found a site where these videos are uploaded and you can embed the code from there and publish here that will be much better. check the site and search for nepal nirdesh there is 4 parts.
go to http://www.clonevideos.com
or find them in my channel in youtube too;
http://www.youtube.com/mountainboy990
have a nice time. keep posting. your blog is really nice.
see you.
Kiran
Rahul 3:41 pm on January 14, 2009 Permalink |
Thanks to the comedian manoj gajurel we can at least enjoy for some time thinking abt a better developed nepal.
Bardan Shrestha 9:04 am on April 14, 2009 Permalink |
Hope if Nepal would get like this….
God i would be right back to Nepal,
Even if not we all Nepalese have to make it even much more beautiful….
We “young” are responsible its development and everything….
Lets be back to our own motherland and work hand to Hand to make it as we dream.
Thanks for giving the Hope and make us Dream..