‘बस्नुहोस्’ नभन्नुको परिणाम
म मनलागेको बेला मान्छे भेट्दा नमस्ते गर्छु, मन नलागेको बेला गर्दिन। मन लागेको छैन भने त घरमा बोलाएका पाहुना अगाडीसम्म पनि पर्दिन। सीधा हिसाबमा भन्नुपर्दा हाम्रो नेपाली समाजले खोजेजस्तो व्यवहारिक नारी म परिँन। तर म जति बटारिएको वा अफ्ठयारोमा फलेको फर्सी कहलिएपनि म एउटा मामलामा चाहिँ सायद व्यवहारिक नै कहलाउँछु होला। मेरो कार्यस्थलमा जो कोही आएमा वा घरमा मैले देखा पर्न चाहेको अवस्थामा कोही अगाडी परेमा म कुर्सी वा उपलब्ध अरु केहिमा बस्नका लागि आग्रह चाहिँ अवश्य गर्छु। त्यसैले हुनसक्छ मैले अहिले सम्म ‘बस्नोस्’ को महत्व नबुझेको। हुन त एकताका ठूला ठालूहरुसँग भेट्नुपर्ने काम हुँदा म बसेमा कुर्सी नै भाँच्चिने जस्तो गरी कसै कसैले अन्कनाउँदै ,मेरो उपस्थितिलाई पनि निकै समयपछि मात्र नोटिस गरेर ‘बस्नोस्’ भनेको बिर्सिहाल्नु त नपर्ने हो। तर दुखको कुरो मैले ती दिन बिर्सिएछु। कारण हुनसक्छ, आजकाल प्रायः सबैले भेट्दा वा अन्य कुनै काम पर्दा बस्नका लागि आग्रह गरिहाल्छन्। जस्तो कि मेरा हाकिम, जसको मसँग काम हुन त निश्चित नै भयो , उनको कोठामा एउटा नीलो कुर्सी छ। म उनी सामुन्ने पुग्ने बित्तिकै उनी ‘बस न’ भनिहाल्छन् । कुर्सीमा अरू कोहि बसिसकेको अवस्थामा चाहिँ ‘पल्लो कोठाबाट कुर्सी ल्याएर बस’ भन्छन्। कथम कदाचित् म उभिएको भेटिए भने पनि त्यो आफ्नै मर्जीले भन्ने बुझ्नुहोला।
मेरो क्युबीकलमा चाहिँ एक जोडी टेबल र कुर्सीका साथै अर्को भुई टेबुल भएकाले थप कुर्सी अटाउँदैन। साथीहरू आएमा म टेबुलका किताब पन्छाएर त्यहिँ नै बस्ने व्यवस्था मिलाइदिन्छु तर अन्य कोहि आएमा चाहिँ वरपरका कुर्सी बटुलेर सबैलाई बस्ने व्यवस्था मिलाउँछु। कुनै मान्छे आयो कि पहिलो चिन्ता वा आग्रह नै बस्नका लागि हुन्छ। यो सामान्य कुराबारे म किन लेखिराछु जस्तो लाग्यो होला , तर गएको हप्ता सम्म केहि जस्तो नलाग्ने ‘बस्नोस्’ भन्ने शब्द अस्ति देखि मलाई विशेष लाग्न थालेको छ। अवश्य पनि यसको कारण छ।
(More …)



Basanta 11:13 am on December 5, 2008 Permalink |
हाम्रो समस्याको एकदम मर्मस्थलमै प्रहार गर्नुभयो। यहि शिष्टाचाररहित मानसिकता हो हामीलाई अहिलेसम्म पछाडि राख्ने। जबसम्म यस्तो मानसिकता हामीले त्याग्न सक्दैनौं, जति राजनीतिक परीवरतन भएपनि नेपाल जहाँको तहीँ रहनेछ।
सरकारी जागिर खानेहरु आफूले विना कुनै सुविधा करबलले काम गर्नुपरिरहेजस्तो ब्यबहार देखाउँछन्। झ्वाट्ट हेर्दा नीजि क्षेत्रमा तलब बढी देखिन्छ (त्यो पनि सबैमा हैन) तर रोजगारीको निश्चततता, बिदा, पेन्सन आदि सबै कोणबाट समग्र रुपमा हेर्ने हो भने उनीहरुले नीजि क्षेत्रमा काम गर्नेहरुभन्दा धेरै सुबिधा पाएको सहजै देख्न सकिन्छ। यो अबश्थामा त उनीहरु नीजि क्षेत्रमा काम गर्नेहरुभन्दा सक्षम, प्रभावकारी र शिष्टाचारी हुनुपर्ने हो। उसैपनि कम सुविधा पाएपनि धेरै पाएपनि, अलिकति शिष्टाचारी हुनुले कसैलाई बेफाईदा हुने पनि होईन।
यहि तपाईँले उल्लेख गर्नुभएको घटनामा पनि आफ्नो अगाडि कोहि दशौं मिनेटदेखि उभिरहँदा त्यो ब्यक्ति स्वयंलाई पनि अप्ठेरो लाग्नुपर्ने हो। तर यसैलाई आफनो बडप्पन मानिन्छ हाम्रो समाजमा।
अविनाशी 8:20 am on December 6, 2008 Permalink |
एकदम गजब।
यो हामी धेरैले देखेको जानेको भोगिरहेको समस्या हो । तिमीले यसलाइ ।राम्रो लेखको रुपमा प्रस्तुत गर्यौ ।मलाइ खुशी लाग्यो ।
अनि अब परिवर्तन त आफैबाट सुरु गर्ने हो । तिमीले प्लिज टेक अ सिट को महत्व राम्ररी बुझेको छौ । मैले पनि बुझेको छु । र यो बुझाईलाइ हामिले नै बृहत्त रुपमा प्राक्टीस गर्नुपर्छ र फैलाउनुपर्छ ।
Ametya 2:34 pm on December 12, 2008 Permalink |
If u caught me some day , then u can see the result of it……My hand has a wrist watch which shows that your each activities are being watched….and judged too…
While being in CHAUTARA of Biratnagar when old persons used to come, i just used to leave the place to sit for them ……..but never said BASNOS…..just UTHI DINTHE BASNA KO LAGI…..and that phenomenon was being watched as well as judged by a person who gave me that watch saying do progress in ur life…
My eyes were too watery at that time…you just reminded me that…Thanks for that