अहिले मेरो काखे कम्पिउटरमा ९.५३ बजेको छ , ब्याकग्राउन्डमा एर.आर.रेहमान ‘रेहना तू’ गाइरहेका छन् “एक दाँया होगा एक बाँया होगा, हात थामले हात ए थामले चल्नाहे सँग थामले” । आजकाल मलाई सबैभन्दा मनपर्ने गीत नै यहि भएको छ तर मैले यहाँ राख्न लागेको लेख चाहिँ एक बिल्कुलै अलग समयमा लेखिएको थियो। म त्यतिखेर पनि एर.आर.रेहमानलाई त चिन्थे तर रातिको समयमा कहिले यसखाले गीत भने सुन्दिनथेँ। २०५७ ताका म कक्षा ९ मा पढ्दाखेरी अङ्गेजी र नेपाली दुवै भाषामा दैनन्दिनी लेख्नुपर्थ्यो। नेपाली र अङ्गेजी भाषाको परीक्षामा दैनन्दिनीका लागि पनि अङ्क छुट्याइएकाले नलेखि सुखै थिएन। त्यतिखेर हरेक दिनको विवरण दुवै भाषामा लेख्दा दिक्क लागेपनि आज त्यहि दैनिकी पढ्दा निकै रमाइलो लागिरहेको छ। मेरा डायरी एन फ्याङ्कको जस्तो नभएपनि म त्यसलाई डिजिटाइज गर्न चाहन्छु। ( यो चाहिँ मेरो दीर्घकालीन योजना हो) तत्कालका लागि चाहिँ यो आठ वर्ष अघि ( २०५७/५/२३ ) सोमबारका दिन लेखिएको विवरण :
Archive for February 6, 2009
स्कुले केटीका कुरा
Posted: February 6, 2009 in Nice talkin to meTags: bhajans, childhood, diaries, personal diary
5


