मनोहरा पारी ललितपुर जिल्लामा टीकाथली नामक एक ठाउँ छ । त्यहाँका बासिन्दा पक्कै पनि विभिन्न पेशामा संलग्न होलान् तर मेरो बुझाईमा ती सबको एउटै पेशा छ — बाहैमासे भजन आतंक मच्चाउनु । अचम्मको कुरो के भने मैले यो ब्लग सुरु के गरेको थिएँ भजन रोक्कियो ! तर त्यो सायद आँधी अगाडीको सन्नाटा मात्रा हो । नभन्दै हार्मोनियम बज्न थालिहाल्यो । अघि भर्खरसम्म एक सज्जन भनुँ कि दुजर्न रक स्टार शैलीमा ‘बम बम भोले’ गाउँदै होइन– चिच्याउँदै थिए । स्वर पनि आफ्नै चिच्चाहटले बाँकी सबको कानको जाली फुटाउँदै छु भन्ने पूर्ण ज्ञान भएकाले हाँस्दै कराएको जस्तो थियो । तपाईहरुले मेरो कुरा बुझ्नु भयो कि भएन त्यो त मलाई थाह भएन तर म र मेरी बहिनीलाई चाहिँ ती शिवभक्तले निकै हँसाए ।
तर एकछिनको बाध्यात्मक मनोरञ्जन र दिनरातको भजन आतंक दुई नितान्त बेग्लै कुरा हुन् । धर्मको कुरा पर्यो कुनै मानिस वर्षको एक दिन भजन गाउँछ वा ३६५ दिन नै भजन गावोस् त्यो मेरो सरोकारको विषय होइन । तर जब त्यो भजन गाउने व्यक्तिगत अधिकारधनीको स्वर दिनरात मेरो कानमा समेत पर्न थाल्छ तब मेरो पारा चढ्छ । फेरी भजन पनि नौटङ्कि पाराका सब हिन्दी र नेपाली फिल्म लगायत लोकगीतमा आधारित सङ्गित र जे पायो त्यही शब्द । साँझपख त ती भजनप्रेमीहरु ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ’ समेत गाइरहेका थिए । सायद त्यो राष्टिय गीतमा ‘गौतम बुद्ध’ को नाम पनि परेकाले त्यो भजन भयो ! नारायण गोपालका गीत देखि नेपाली पप र रिमिक्स सबैका शब्द परिवर्तन गर्ने बित्तिकै तात्तातो भजन तयार । रातिको १० बजे पछि चाहिँ भजन आतंक बन्द हुँदो रहेछ लेख्न के आँटेको थिएँ भक्तजनहरु त प्रसाद ग्रहण गरेर फेरी गाउन लागे जस्तो पो लाग्यो । यो रात भरि चलिरह्यो भने चाहिँ मेरा लागि २०६६ वर्ष “पुण्य वर्ष” रहने निश्चित छ । यसरी दिनरात भजन सुन्ने भाग्य नभएका र यतिखेर सम्म प्रभुको नाम नसुनि निदाइसकेका सबै अभागी प्रति सहानुभूति प्रकट गर्दै म बिदा हुन चाहन्छु । अन्तिममा अहिले मेरो कानले सुनिरहेको भजनको बोल -” घुम्तीमा लेट भयो भोले बाबालाई बाटैमा भेट भयो ” भजन गायक चिच्याउँदै थप प्रश्न गर्दछन् “हो कि होइन ?”
सबै ब्लग पाठकहरुलाई २०६६
सालको हार्दिक मंगलमय शुभकामना



भजन , किर्तनकै पनि आतङ्क मच्चिन थालेपछि अर्थोकको शान्ती होला भन्ने कसरी आश राख्ने र ? रै पनि यो साल शान्तीको श्वास फेर्न पाईयोस् । यही मंगल कामना !
हा हा हा!
नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना!!
I can deeply associate with the feelings expressed in this article..myself being an occasional ‘victim’ of the vajan kirtans in the outskirts of kathmandu. During the dashain festival, one group or the other in the area (that could be some 3 kilometers away) organize puran sapthah ceremony and, with due respect to the almighty, the irritating noise starts taking all my peace away. Especially at around 9:30, when students are trying to study and others are watching tv, the noise keeps disturbing. You can sleep easily.
I am outraged but that is always limited within four walls of my own house. I say why don’t these devotees stop using the loud speakers for gods shake. They can scream as much as they want, I don’t care about their throat..nor that I would be saddened if they sang hip-hop and eminem. I even wish them nirvana but only if they stopped those crazy loudspeakers. That too pointed to my (and others) home!
मलाई लाग्छ त्यो टिकाथली नभइ, इमाडोल बाट आएको हुनुपर्छ, भजन र किर्तनका आवाजहरु !
haha… it can be so irritating …
Naya Barsha ko Shubhakamana
के गर्ने साथी अचेल भजन र अग्रगमन भनेर जे गरे पनि हुने भाछ यो नया नेपालमा…अणि बिहे कंसर्ट वा अरु सास्कृतिक प्रोग्राम मा चर्को गीत बजाउने कामलाई चाही के भन्ने? के गर्ने म बाहेक अरु सबै फटाहा छन यो देशमा…