यो मेरो होइन, बर्नाड स्लिङ्कको ‘प्रेमको उडान’को चर्चा हो। चर्चाभन्दा पनि नामक पुस्तकको छोटो (५०० शब्दको) समीक्षा हो। हुन त यो कुरा मैले धेरै पटक भनिसकेकी छु त्यही पनि म फेरी बर्नाड स्लिङ्क मलाई सबैभन्दा बढी मन पर्ने लेखक हुन् भन्ने तथ्य दोहोर्याउन चाहन्छु। उनका प्रत्येक किताब पढेपछि म आफूमा केहि परिवर्तन आएको महसुस गर्छु। करिब तीन चार वर्ष अघि ‘द रिडर’ पढेपश्चात् उनको फ्यान भएकी हुँ। त्यो किताब मैले एवान पुस्तकालयमा फेला पारेकी थिएँ। पछि काठमाडौंका धेरै पुस्तक पसलहरूमा त्यो पुस्तक खोजेँ तर अहिलेसम्म पाएकी छैन। केहि समय अगाडी पिल्ग्रिम्स बुक हाउस ,ठमेलमा मैले स्लिङ्कको ‘होमकमिङ्ग’ फेला पारेँ र उनले लेखेको त्यो पुस्तकको एक मात्र प्रति देख्ने बित्तिकै किनिहालेँ। ‘फ्लाइट्स अफ लभ’ चाहिँ मलाई एक मित्रले दिएको उपहार हो। यतातिरको बजारमा स्लिङ्क पारखी कम भएरै सायद उनका कृतिहरू फेला पार्न अलि गाह्रो छ। तर गाह्रो छ भन्दैमा राम्रो कुराको खोजी गर्न त छाड्नु भएन नि! मलाई यति राम्रो पुस्तक उपहार दिने मित्रलाई धन्यवाद दिँदै यो भूमिकाको अन्त्य गर्दछु। यो लेख गएको शनिबार वैशाख १९,२०६६ को कान्तिपुरमा प्रकाशित भएको थियो।
(more…)
Archive for May 6, 2009
प्रेमको उडान
Posted: May 6, 2009 in कान्तिपुर, BooksTags: प्रेमको उडान, Bernhard Schink, book review, Flights of Love
3


