At around 12 o’clock midday on the 18th of August when Mr. Nepal (who surprisingly is the nation’s Premier as well) along with the jumbo team had just taken off from TIA airport in Kathmandu, at least one thousand students if not more were appearing for the 240 minutes long ‘State & Rural Development’ TU exam all over the country. Apart from the noticeable fact that both TIA (Tribhuvan International Airport) and TU (Tribhuvan University) derive their names from Late King Tribhuvan, the events seem to be mutually exclusive. But what I intend to write is not about their inter-relation. It’s just the irony surrounding the event I wish to express..
Posts Tagged ‘Politics’
State & Rural Development
Posted: August 20, 2009 in Development, PoliticsTags: Development, PM's India visit, Politics, rural development, state, Tribhuvan University, TU Exams
Published in yesterday’s Kantipur
रंग दे वसन्ती । गत फेबु्रअरीमा यो फिल्म रिलिज हुँदा साथीभाइ माझ निकै उत्साह छाएको थियो । त्यसमाथि सिनेमामा नव ‘ह्यान्डसम’ युवा अभिनेताको आगमन । केटीलाई अरू के चाहियो ? फिल्म सबका लागि नहेरी नहुने बनेको थियो । निश्चय नै ‘जय नेपाल’ को त्यो बिहानी सो पश्चात् हामीमाझ हप्तौंसम्म फिल्मकै कुरा चल्यो । कम्प्युटर डेक्सटपमा ‘रंग दे बसन्ती’, एफएममा एआर रहमान, इन्टरनेटमा कुनाल कपुर -फिल्मका अस्लम) को ‘ब्लग’ र मुखमा ‘हट्के’ र ‘हिलादे’ जस्ता शब्द । फिल्मको असर सर्वत्र छायो । फिल्मप्रति खासै रुचि नराख्ने मान्छे पनि त्यसप्रतिको हाम्रो क्रेज देखेर अचम्मित भए । तपाईं पनि चकित हुनुभएको छ भने स्पष्टोक्ति दिइहालौं, जो निकै सरल छ । हाम्रा निम्ति उक्त सिनेमामा केही अन्जान ‘रिल’ पात्रको कथा कम र आफ्नै मनोवस्थाको ज्यादा चित्रण गरिएको थियो । बेपर्वाह बानी र मस्तीले भरिपूर्ण माहोलमा अस्तित्व खोज्ने र केही गर्ने तीव्र चाहना । फिल्ममा आफूलाई देख्नसकिने सबैभन्दा घतलाग्दो पक्षचाहिँ त्यसका पात्रले प्रणालीलाई बदल्न गरेको प्रयास । त्यो प्रयासका क्रममा आफैंमा परिवर्तन हुने यथार्थबाट उब्जिएको झ्याउलाग्दोपना र राजनीतिक वितृष्णाले हामीलाई बढी झक्झक्याएको हुनुपर्छ ।
हालैको अपि्रल क्रान्तिपश्चात् धेरै कार्यक्रममा सुनियो ‘नेपाली जनतामा जति राजनीतिक चेतना संसारका अरु कसैमा छैन’ रे । जनसङ्ख्याको ठूलो प्रतिशत ओगट्ने नेपाली युवाले क्रान्ति सफल तुल्याउन अहम भूमिका खेले । तीनको कुरा गर्दा सहरी र एमटीभी पुस्ताको चित्र कसैको मस्तिष्कमा आउँदैन । प्रचलित विश्वास के छ भने सहरी युवा विशेषतः निजी कलेज पढ्नेहरूमा राजनीतिक चेत न्यून छ । अपवाद धेरै भए पनि त्यो विश्वासमा सत्यता छ । क्रान्ति चलिरहेकै बेला त्यही ‘लेबल’ लागेकाहरूको एक समूह बन्न खोजेको थियो । राजधानीको एउटा निजी कलेजमा बसेर एकाध राउन्ड छलफलपछि कुनै राजनीतिक दलप्रति आबद्ध नभएका भन्दै समूहको नामकरण भयो । केही गरौं भन्दा-भन्दै आन्दोलन सकियो तर क्रान्तिका अन्तरंग विकास क्रम साह्रै रोमाञ्चक रहे । सोही छलफलमा निकै नाम चलेको कलेजका लेक्चररले आफ्ना विद्यार्थीको आन्दोलनमा सहभागिताबारे रोचक अनुभव सुनाए । एकदिन उनले कक्षामा ‘आन्दोलनमा कति जनाले भाग लियौ त ?’ भनेर सोध्दा केहीले हात उठाए छन् । ‘तिमीहरूले के गर्यौ ?’ उत्तर आएछ ‘इयरफोनले कान ढाके, स्वर निक्कै ठूलो बनाएँ, अनि बाटोमा हिँडे ।’ टायर बाल्ने वा सार्वजनिक सम्पत्ति तोडफोड गरेर विरोध कम र विध्वंश ज्यादा मच्चाउनुभन्दा इयरफोन शैली उत्तम हो । घर बस्दा वाक्क लागेपछि लो वेस्ट जिन्स पहिरिएर अल्टरनेटिभ रकमा झुम्दै बाहिर निस्किनु र देशमा प्रजातन्त्रको पुनर्वहालीको महत्त्व बुझेर आन्दोलित हुनुमा पक्कै अन्तर छ ।
एक साता अघि त्यस्तै ‘अब केही गर्नुपर्छ’ भन्ने विचारका युवाको अनौपचारिक कुराकानीमा पुगेकी थिएँ । एक जनाले भने- ‘हामी सधैं गगन सिंहलाई ताकेर बस्न सक्दैनौं’ । अघिल्लो रात पूरै पार्टीमा डान्स गरेर बिताएका ती युवाको ‘गगन सिंह’ लाई अरूले गगन थापा भनेर सच्चाइदिनु परेको थियो । सोही छलफलमा अर्कीले भनिन्- ‘संविधानसभा रे, लोकतन्त्र, प्रजातन्त्र । सुन्दा-सुन्दा वाक्क लागिसक्यो । यसो हल्काफुल्का गफ गरौं । बरु एउटा ‘ज्यामइन सेसन’ राखौं । कति अल्छी लाग्दो कुरामात्रै गरेको ।’ छेवैका मेरा साथीले सानो स्वरमा भने, ‘अब तपाईंको दिमागले त्यस्ता कुरा भ्याउँदैन भने हाम्रो के दोष ?’ पन्ध्र बीस जनाको भेला र त्यत्रो मतान्तर । एकलाई संविधानसभाजति पट्यार लाग्दो अरू केही छैन भने अर्को त्यो बिना समस्याको समाधान देख्दैन । संविधानसभा र समावेशी प्रजातन्त्रको कुरा दुई दिन अगाडि रिलिज भएको सिनेमाको कथाबारे गफ गरेसरह विवाद गर्ने युवा देखेर दङ्ग नपर्ने कोही नहोला । तर त्यो सुन्दैमा ‘भेजा’ हुने युवा जमातलाई ‘काम नलाग्ने’ भन्ने अधिकार यो समाजलाई छैन ।
समस्या कहाँनिर छ भने राजनीतिको सोझो अर्थ सिकाइनु अगावै हामीलाई त्यो ‘फोहोरी खेल’ को पर्यायवाची शब्द हो भनेर परिचय गराइन्छ । भाषण दिन जान्नेलाई गफाडी वा धूर्त नेताका रूपमा प्रस्तुत गरिन्छ । महात्मा गान्धी र नेलसन मन्डेलाको जीवनी प्राथमिकताका साथ पढाइए पनि राजनीतिमा लाग्ने प्रोत्साहन कसैले दिँदैन । आँखा अगाडि राजनीतिका केवल दुई स्वरूप प्रस्तुत हुन्छन्- महात्मा वा दुरात्मा । वास्तविकता भने यी दुईबीच लुकेको छ । सबै मन्डेला र मार्टिन लुथर हुन सक्दैनन् र राजनीतिलाई त्यागको चरमोत्कर्षका रूपमा प्रस्तुत गर्नु व्यावहारिक होइन । ‘पैसा र पेसा’ द्वारा निर्देशित आजका युवालाई राजनीतिमा आकषिर्त गर्न त्यसमा करिअर बनाउने वातावरण हुनुपर्छ । हाम्रो पुस्ताले राजनीतिमा आदर्श व्यक्तिको अभाव र खराब प्रणालीलाई दोष दिएर बस्ने अवस्था पनि छैन । राजनीति हामी जिउने तरिका हो । यो गोलभेडाको बजार भाउ हो, केही वर्षमै चारबाट सात रुपैयाँ पुगेको बस भाडा हो । देशको नागरिकको हैसियतले आफ्नो बुझाइमा आउने प्रत्येक कुरा हो । अप्ठेरा लाग्ने राजनीतिक शब्दावली सुनेर जति नै ‘भेजा’ र ‘प|mस्टु’ भए पनि ठमेलका पार्टीमा स्वतन्त्रतापूर्वक रातभरि रुमल्लिने स्थितिको सुनिश्चितता गर्ने राजनीति हो । त्यसैले यसबाट उम्किएर जाने कुनै ठाउँ छैन । बरु यसैमा छिरेर, यसैलाई सकारात्मक दिशामा बदल्नु आवश्यक छ ।


