समानताको सेरोफेरो

This article has been originally published in today’s Kantipur. Here is the original link
‘हामी भान्सामा मात्रै होइन, सिंहदरबारमा पनि हुनैपर्छ,’ अगाडि बसेकी एक महिलाले नारा लगाइन् ।

‘हुनैपर्छ, हुनैपर्छ,’ बाँकीले स्वर दिए ।

कुरा केही साता अगाडिको हो, करिब ६०-७० जना महिलाहरूको समूह सिंहदरबार अगाडि ‘राज्यको पुनर्संरचनाको प्रक्रियामा र नयाँ संविधानमा ५० प्रतिशत महिलाहरूको साझेदारी’ को माग राख्दै नारा लगाइरहेका थिए । म त्यही महिला जमातमा थिएँ । भर्खरैमात्र सुवास नेम्बाङ सभामुख नियुक्त भएको त्यस अवस्थामा एउटीले नारा लगाइन्- ‘सभामुखको सिटमा महिला हुनैपर्छ ।’

त्यसलाई बीचैमा काटेर अर्कीर्ले ‘त्यो त अर्कै भइसक्यो’ भनेपछि नारा ‘सभामुखको सिटमा महिला हुनैपथ्र्यो’ मा परिवर्तन गरियो । छेवैका दुई महिला भने भान्छाकै नारामा अल्भिmरहेका थिए ।

‘बढ्ता-बढ्ता नबोल । भात नपकाए भरे मार्लान् नि !,’ एउटीले चेतावनी दिइन् ।

त्यतिखेरसम्म नारामा हल्का बदलाव आइसकेको थियो ।
‘डाडु-पन्युमा सीमित होइन, सिंहदरबारभित्र हुनैपर्छ ।’

ती महिलाले आफ्नी साथीलाई फेरि भनिन्- ‘यस्तो ठाउँमा बसेर पनि के डाडु-पन्युको कुरा गरेको होला !’

जिस्किँदै उनकी अर्की साथीले थपिन्- ‘उहाँ डाडु-पनिउँ छाड्नु हुन्न रे !’

‘कति न उसले छाडेर खान पाउँछु भन्ठान्दी हो । चाहिने कुरा पो गर्नुपर्छ,’ प्रत्युत्तर आयो ।

म रमाइलो मानेर गफ सुनिरहेँ । त्यो महिला जमातमा म र मेरी एउटी साथीभन्दा कम उमेरका कोही थिएनन् । -मचाहिँ केही दिनअगाडि मात्रै २१ वर्षमा लागेँ ।)

‘के म पनि कुनै दिन यस्तै ‘भात नपकाए मार्लान्’ भन्नेमध्ये एक हुन्छु त ?’ आफैंलाई प्रश्न गरेँ । राजधानीको निजी कलेजमा ‘जेन्डर’ की एक विद्यार्थीको जीवनमा पनि त्यस्तो दिन आउने हो भने बाँकी ५७.५१ प्रतिशत असाक्षर नेपाली महिलाको जीवनमा के परिवर्तनको आस गर्नु ? यस्तो प्रश्न मेरो दिमागमा आउनु पनि हुन्न भनेर मैले त्यो सोचलाई पन्छाएँ ।प्रसंग ‘जेन्डर’ कक्षाकै जोडौं । एक दिन एक पुरुष सहपाठीले बढो घतलाग्दो कुरा गरे । ‘अहिलेको आवश्यकता महिलाहरू ‘प्राइभेट’ बाट ‘पब्लिक’ गतिविधिमा जानुमात्र होइन पुरुषहरू दुवै गतिविधिमा समाहित हुनु हो ।

बहुदल आयो, देशमा एकपटक मात्र होइन दुईपटक जनआन्दोलन भयो । पहिलोमा महिला सहभागिताको झल्को मीन बज्राचार्यको त्यो चर्चित फोटोमा मात्रै पाइन्छ भने यसपालिको अपि्रल क्रान्तिमा चाहिँ आफ्नो अधिकार प्राप्तिका लािग महिलाहरूको महासागर नै सडकमा उत्रेको देखियो । नयाँ व्यवस्थामा हाम्रा लागि समान अवसर चाहिन्छ भनेर धर्ना, जुलुस, र्‍याली, महिला सांसदहरूबाट पद त्यागको धम्की के मात्र भएनन् ? अन्ततोगत्वा ५०-५० को माग पनि एक असजिलो सम्झौताको रूपमा ३३ प्रतिशतमा झारियो । ५० बाट १७ जस्तो अनौठो अंक घटाएर ३३ मा किन पुर्‍याइएको होला भन्ने कुरा मैले अहिलेसम्म पनि बुझ्न सकेकी छैन । केबल नीतिगत परिवर्तनले महिलाको सामाजिक जीवनमा बदलाव ल्याउन सक्दैन । कुनै पनि महिलालाई ‘तिम्रा लागि ३३ प्रतिशत छ है’ भन्दैमा त्यसले ‘अर्थपूर्ण सहभागिता’ को ग्यारेन्टी गर्दैन । नीति-निर्माणकै तहसम्म पुगे पनि ‘भात नपकाए मार्लान्’ भन्ने त्रसित मानसिकता भएकी महिलालाई महिला सशक्तीकरणको उदाहरण कसरी मान्ने ? पहिले महिला भएर विभेदपूर्ण सामाजिक चालचलनलाई चुनौती दिन सक्नु पर्‍यो नि !

एक्काइसौ शताब्दी हो, जमाना ‘टेक्नोक्र्याट’ हरूको छ । वेश्यावृत्ति पनि एक सम्मानजनक पेसा हो भन्नेजस्तो उदार सोच समाजले अँगालिसक्दा पनि हामी -महिला) डाडु-पनिउँबिनाको अस्तित्वको कल्पना पनि गर्न सक्दैनौं । ती कुराकानीका अदृश्य ‘मार्ने’ पात्रहरूलाई घरको जिम्मेवारी बाँड्दा के होला भनेर कल्पना पनि गर्न सक्दैनौं । सामाजिक चालचलन र रीतिरिवाज जति विभेदपूर्ण नै किन नहुन्, त्यसलाई प्रश्न नगर्नु हामी नेपाली महिलाहरूको धर्म भएको छ । प्रश्न नगरी परिवर्तनको आस गर्नु मूर्खता हो, हामी यथास्थितिमा रमाइरहेका छौं ।साउन लाग्यो, हामीलाई रातो सारीमा बेरिएर मन्दिर कुद्नै हतार छ । ग्यास्टिकको बिरामी भए पनि हामीलाई पतिदेवकै दीर्घायुको चिन्ता छ । यो कस्तो विचित्र परम्परा हो, आफ्नो अस्वस्थतामा अर्काको स्वस्थ जीवनको कामना ! बेलाबखतमा हाम्रा पि्रय श्रीमान्हरूले पनि त्यस्तै सोच्दा र गर्दा के हुन्थ्यो होला भनेर हामी प्रश्न गर्दैनौं । -प्रष्टीकरण दिइहालौं, मेरोचाहिँ विवाह भएको छैन) ।

हामी शिक्ष्ाित छौं, जागिर खान्छौं, घर सम्हाल्छौं, बालबच्चा हेर्छौ तर हाम्रा श्रीमान्हरू केबल जागिर खान्छन् । के लैंगिक समानता भनेको महिला काँधमा घरायसी जिम्मेवारीमा बाहिरी जिम्मेवारी थोपरिनुमात्रै हो ? हामी उत्तर खोज्दैनौं, यसमै रमाएझैं गर्छां ।

म आफूलाई यो देशका धेरै महिलाको तुलनामा विशेष सुविधाप्राप्त सम्भिन्छु । रोजाइको विषय पढिरहेकी छु, आफ्नोबारेमा निर्णय लिने स्वतन्त्रता छ मलाई, थोर-बहुत स्रोत-साधनमा पहुँच छ र ‘छोरी’ भएकै कारणले असक्षम छु भन्ने भान कहिल्यै भएन । तर एकातिर म कन्डोलिज्जा राइस, एन्जेला मर्केल र ओप्रा विन्पि|mलाई आफ्नो प्रेरणा मानेर अगाडि बढ्छु भने अर्कातिर मलाई मेरो सामाजिक यथार्थले गिज्याइरहन्छ । बितेका २० वर्षमा म कुनै यस्तो पारिवारिक जमघटमा पुगेकी छैन जहाँ उपस्थित एक वा अर्को महानुभावले मेरा आमा-बुबालाई ‘ए ! दुइटी छोरी मात्रै ? छोरा पनि पाउनुपर्ने’ नभनेका होउन् । सानो छँदा त्यस्तो सुन्दा कन्सिरीका रौं तातेर आउँथे तर अहिले त्यसो भन्नेप्रति दया जागेर आउँछ । त्यस्तो ‘चिन्ता’ दर्शाउने ज्यादा महिला नै हुन्छन् ।पितृसत्तात्मक सोचले हामीलाई यति जकडेको छ, हामी आफैं महिला हुनुमा गर्व गर्न सक्दैनौं । कस्तो विडम्बना !

कुनै मनुले ‘महिला सधैँ पुरुषका अधीनमा हुनुपर्छ’ के भनेका थिए, त्यो हाम्रा लागि जीवन यापन गर्ने मूलमन्त्र बनेको छ । पुरुष भएको नाताले स्वजातिलाई नै ठूलो तुल्याउने कुरा गर्नु स्वाभाविक हो भनेर हामी तर्क गर्न सक्दैनौं, व्यवहारमा लागू गर्ने त परै जावस् ।

दिगो परिवर्तन नीतिबाट होइन, व्यवहारबाट मात्र ल्याउन सकिन्छ । अब चुप लागेर बस्ने समय छैन । मेरो पुस्ताले आफ्नो सम्पूर्ण जीवनको उपलब्धि नै ‘दाग बत्ती’ र पिण्ड’ दिनुलाई मान्ने होइन, त्यो विभेदपूर्ण परम्परालाई चुनौती दिनुपर्छ । के हाम्रो पुस्तामा पनि कोही डाडु-पनिउँकै कुरा त गरिरहेको छैन

Advertisements

6 comments

  1. एकदमै घतलाग्दो लेख लेख्नुभएको छ। लेखमा पहिलो कमेन्ट गर्नेमा म एक पुरुष परेछु, तर समानताको कुरा गर्दा एक पुरुष नभएर केबल एक पाठकको हैसियतले प्रतिकृया दिन खोज्दैछु!

    कुनै पनि महिलालाई ‘तिम्रा लागि ३३ प्रतिशत छ है’ भन्दैमा त्यसले ‘अर्थपूर्ण सहभागिता’ को ग्यारेन्टी गर्दैन।

    एकदम सही कुरा – सकारात्मक विभेदले केही परिवर्तन त ल्याउन सक्छ तर दिर्घकालीन परिवर्तनको लागि त लैंगिक विभेद नै हटाउने किसिमको नीति तथा विभेद-बिनाको समाजको निर्माणमा नै जोड दिनु पर्छ। अनि यस्तो परिवर्तन ल्याउनलाई “महिला पुरुषको अधीनमा बस्नुपर्छ” भन्ने मानसिकतामा नै परिवर्तन ल्याउनु पर्नेहुन्छ, जुन कुरा तपाईले आफ्नो लेखमा नै प्रष्ट पारिहाल्नु भएको छ। पुरुष भएर जन्मिएकाहरूलाई आफूलाई बच्चैदेखि किन आफ्ना दिदीबहिनीहरू भन्दा फरक व्यवहार गरिएको भन्ने कुराको त्यति वास्ता हुँदैन रहेछ। तर अलि बुझ्ने उमेर पुगेपछि तिनै पुरुषहरुका पनि आफ्ना घर तथा समाजमा लैंगिक भेदभाव हुन नदिने दायित्व हुन्छ जस्तो लाग्छ। अर्को कुरा विभिन्न जनजाति तथा सँस्कृतिमा महिलाको फरक भूमिका हुन्छ, अनि नेपालजस्तो विभिद जनजाति भएको मुलुकमा लैंगिक समानताको एकै नीतिले पनि काम नगर्ला।

    आफ्नै व्यक्तिगत कुरा गर्दा मेरै शिक्षित दिदीहरूले विवाहपछि सहजै आफूलाई तपाईले प्रस्तुत गरेझैं ‘नेपाली महिलाको’ रुपमा परिवर्तन गरेको देख्दा मलाई अचम्म लाग्छ। अनि आफ्ना शिक्षित पुरुष साथीहरुले विवाहपछि “डाडु-पन्यु नछोएको” देख्दा त झनै गजब लाग्छ। यस हिसाबले मानसिकतामा परिवर्तन ल्याउने कुरा गर्दा महिलाको मात्र नभई पुरुषको पनि मानसिकतामा परिवर्तन ल्याउनु पर्छ जस्तो लाग्छ। अनि तपाईको सहपाठीको भनाई: “अहिलेको आवश्यकता महिलाहरू ‘प्राइभेट’ बाट ‘पब्लिक’ गतिविधिमा जानुमात्र होइन पुरुषहरू दुवै गतिविधिमा समाहित हुनु हो।“ एकदमै सही हो।

  2. hey zade….

    that was a superb article in the kantipur….i enjoyed readin it….as said my MP i also am the male gender but i want to say that it is the right thing u are doing….to empower female male also should realize the importamce of female…..but i am not satisfied with the 33 or 50 % paticipation ……if they are capable and can do…..then we are ready to give 100% participation …the matter is what they can do……but i also know that it can’t b easily done because this state is male dominated society and the male won’t let this happen…..so sorry ….i am in favouyr of gender equity…….

    anyways sorry if i m wrong…..

    u rock…..

    that was a great article to read…..

    sajjan

  3. THanks for commenting MEN! Haha 🙂 and MPji it felt so funny to be addressed as “tapain”. 🙂 I was sharing this with a person and he went “Ani Tapain nabhene ke bhannu ta” Ta, sale,gadha ta pakkai bhanna milena! Testo dialogue marepachi ta ma chuppa lagen..LOL. Nyways..As always it feels Great to be reading your comment.

    Hmm you seem to have Celebrated your bday on the 17th of July, So HAPPY BIRTHDAY TO YOU!!” Hope it was yours and not your child, or wife or sb else’s ( if you are married or unmarried I don’t know 🙂 And no Belated here because a 8day old baby is Still New!! hehehe.. Well, I like to sneak in to other’s blog.. read and sneak out..leaving no prints! HAHAHA

    Je hos it sure felt good to be reading your thought about gender equality. Yah.. It amazes me too, how damn smart and educated women too easily accept the traditional wife roles. What I feel is by getting married itself a woman is accepting the Traditional Gender Biased Roles the society disposes as her duties. It may sound too radical,but whatever is said about broad minded husbands, liberal in laws and continuing studies after marriage, juggling career and children is all easier said than done! All that handling of relationships in the in laws place..N that “Mero husband kya supportive hunuhuncha tesaile matra yesto huna sakeko”dilogue is the last thing I want to hear..Kina women le progress garda chahin sadhai kahin nabhako Supportive Buda chaine..Men ta yetikai successful hunchan ta..they might say “Behind every successful man is the hand of a woman” but I just take that as a excuse to say we recognize your work too..Jharpat dialogue..And who doesn’t know ‘Genius is only 1% INSPIRATION and 99% PERSPIRATION!!!”

    aLL THAT going to a new family, vyabahar puraunu parne..Man my conclusion is women( Ok at least me for sure) are better off without the social institution called marriage. The easier way out would be late marriage say after Masters or Phd..women see more of the world..when the current scenario is BA and Bihe.Even that is more acceptable than weird reasons for marrying off daughters like ’19 pachi sait chaina re, only 40 ma cha’. God! How fatalistic can one Be!!

    aba malai swajati ko kura garna chut diyo bhane ta ma Mahabharat ko pani baap lekhidinchu hola, je bhayeni ma ta bhanchu for a better society..hamile afno chora chori lai sanai dekhi appropriately socialize garnu parcha..it all starts there as Mpji has said ..guys don’t think why they are treated differently..Ani matra sustainable change expect garna milcha ni..ani janajati ko kura ta jhan i agree, isn’t it weird the so called higher castes like Brahmin and Kshetri have more discriminatory practices when it comes to women than others like Rai, Limbu, Newar…pheri yo disgress of status of women in society pani weird cha pahile jhann we had women like Gargi and look at us now…

    At least for now I am glad the new generation is getting better with time as we have Suman( my classmate who said that dialogue of Public and Private sphere), and Mpji ( ur words are enuf of proof):) and a few good men I know…and gals ready to take on the horns of Gender Discrimination in Real Life like ..you know who.:wink: Hahah, my sis. N I Bet We aren’t the Only Ones!!
    Way to Goooooooooo

    N thanks Juggy for placing the Link! The mystery is …Time will Reveal hehe. Your Clint Eastwood dialogue worked Magic..:wink: I feel upbeat and kool, thanks for taking the time to write such a long comment, and for the Link too. that just Rocked. N thanks for liking the new theme guys..Sleek.. that’s a nice word..
    Ciao.( sorry guys yo ta entry bhanda lamo bhayo)
    HOPE YOU AREN’T SNORING ALREADY!! 🙂

  4. Hmm you seem to have Celebrated your bday on the 17th of July, So HAPPY BIRTHDAY TO YOU!! Hope it was yours and not your child, or wife or sb else’s ( if you are married or unmarried I don’t know 🙂 And no Belated here because a 8day old baby is Still New!! hehehe.. Well, I like to sneak in to other’s blog.. read and sneak out..leaving no prints! HAHAHA

    Well, the way you sneaked in and out of my blog, it seems you had too little time to figure out whose b’day I was talking about;-)… I’m more like 3-and-a-half-month old baby now…just starting to smile 🙂 Thanks anyway for the wishes and may be you should now add “belated” in there? ;-). And to clarify, I was talking about so many b’days that I happen to know of during that week (including yours!), and fortunately (or unfortunately?) no wife or children to wish birthday to as yet 😛

    BTW that was really a nice piece you wrote in Kantipur, with a “personal touch”…keep the pen rolling…salut!

  5. Ok, That was written by you(Darshan Karki)……..I am not sure but earlier comments says so.But, whosoever might have written that Article in Kantipur, it was really good to read. I do not know what to write. Everything written there is true. But In ur comment, You write that “What I feel is by getting married itself a woman is accepting the Traditional Gender Biased Roles the society disposes as her duties.
    I think it can not be accepted because marriage depends on personal choices and in it, males are also equally involved. Only how males treat her after marriage and how she gets equal environment after her marriage decides whether she has been subjugated or not. Practices show more often n always, she has been treated inferiorly. But, marriage as an institution per se, can not be blamed in toto for this practices. Even if all women abstain from marrying, then, also she hardly get any better treatment in her parents’ home.That implies we have institutionalised some practices which we see very indispensable in society that women should do certain activities, simply because she is woman and she has to be good wife, mom, buhari etc. So, more than marriage, blame should go to these long practices and reforms are required by employing any means.

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s