कलेज ड्रपआउटका कुरा

अभिनाशी पौडेल

Hey this was published in the Kantipur. Of course Written by AvinashiI loved it, take a read.

भदौ २९
पोहोर चैतमा स्नातक तह तेस्रो सेमेस्टरको परीक्षाको मुखैमा आएर मैले क्याम्पस छोड्ने निर्णय गरेँ । ‘ल ! किन ? के भयो ?’ प्रश्नै-प्रश्न ओइरो लागे । उत्तर दिनु सजिलो थिएन । छोडेँ त छोडेँ, अब कसैलाई कारण किन दिइरहनु ? त्यो निर्णयका पछाडि कारण नै नभएको चाहिँ होइन । न त त्यो कदम कुनै लहडीपन, आवेश वा मूर्खताको पराकाष्ठ नै थियो ।
‘कलेज ड्रपआउट ! ‘मैले जसरी क्याम्पस पढ्न छोडेकाहरूलाई संसारभरि दिइएको नाम । सुन्दा रमाइलो लाग्छ । संसारकै सबभन्दा धनी मान्छे माइक्रोसफ्टका बिल गेट्स पनि कलेज ड्रपआउट थिए रे । हा हा, चित्त बुझाउने बाटो । गुगलमा खोजे अरू पनि थुप्रै भेटिएलान् ।

‘कलेज ड्रपआउट’ हुनुमा मजा पनि छ, विशेषगरी पुनर्ताजगीे, तनावहीन र फरक अनुभवको तर यसमा धेरै बाध्यता छ, घाटा छ र साथै अनिश्चितता पनि । ‘पढ्न नसक्नेले क्याम्पस छाड्छन्,’ कलेज ड्रपआउटहरूको सन्दर्भमा आमधारणा हो यो । पछिल्लो समयमा देशमा स्कुल/कलेज ड्रपआउटहरूको संख्या ह्वात्तै बढेर गएको छ । हाम्रोमा सामान्यतया चार किसिमका स्कुल/कलेज ड्रपआउटहरू छन्- पहिलो, गरिबी वा अन्य पारिवारिक बाध्यताका कारण पढाइ छोडेर भारत, खाडी मुलुक वा अन्य देश गएकाहरू, दोस्रो सशस्त्र द्वन्द्वमा होमिएकाहरू, तेस्रो बिहेवारी वा बालबच्चा भएका कारण पढाइ छोडेकाहरू र

चौथो शैक्षिक असफलता वा अरुचिका कारण पढाइ छोडेकाहरू -जस्तै म) ।

मेरै कुरा खोतलौं, क्याम्पस छोड्नुको कारण थियो- दोस्रो सेमेस्टरको असफलता । म फेल भएँ किन भने मैले पढिनँ । मैले पढिनँ किन भने मलाई म फेल भएको विषय मनै पर्दैनथ्यो । अर्को कुरा, म राम्रो अंक ल्याएर पास पनि हुनसक्थेँ तैपनि म फेल भएँ किन भनेे सँगै परीक्षा दिने साथीको ‘कपी’ चिट गर्न मैले चाहिनँ । मैले जत्ति पनि नपढेका साथीहरू बरु पास भए तर मैले परीक्षाहलमा साथीको ‘कपी’ गर्नुभन्दा कलम टोकेर बस्नु उचित सम्झेँ । सायद म त्यतिबेला भीएस नयपालको उपन्यास ‘हाफ अ लाइफ’ को एउटा पात्रजस्तै मूर्ख स्वाभिमानी भएकी थिएँ, जसले महात्मा गान्धीको ‘अंग्रेजी शिक्षा बहिष्कार’ अभियानको प्रेरणाले परीक्षाको मुखैमा आएर आफ्ना सबै अंग्रेजी किताब जलाएको थियो । अहिले त्यो क्षण सम्झँदा हाँसो उठ्छ, कता कता दुःख पनि लाग्छ, ‘मैले किन चोरिन ?’ भनेर होइन कि हाम्रो शिक्षा र परीक्षा प्रणाली सम्झेर ।

परीक्षाको कुरा गर्दा मलाई याद आयो, मेरी कान्छीभाउजु, बिहे र बच्चा भएपछि कलेज जान पाउनुभएन र झन्डैझन्डै कलेज छोड्ने मनस्थितिमा पुग्नुभएको थियो तर अस्ति, पास हुने शून्य प्रतिशत आशाले परीक्षा दिन जानुभएको उहाँले फर्केर भन्नुभयो- ‘अर्को वर्ष त स्योर पास, किन छोड्नुपर्‍यो कलेज ? यो पालि पनि गाइड लेर गएको भए त ….!’

विशेषगरी अहिले धमाधम खुलिरहेका मोफसलका क्याम्पसको परीक्षा प्रणाली निकै लापरबाहीपूर्ण छ । तर विडम्बना, यही परीक्षाको तीन घन्टाले हाम्रो भाग्य कोर्छ । प्रश्नपत्रमा पढे-पढेको आयो भने, चिट ल्याएको आयो भने वा छेउछाउको नक्कल गर्न सकियो भने पास, नत्र वर्षभरि जति पढे पनि, जति जाने पनि, जति सक्रिय भए पनि फेल ।

मैले अघि पनि भनेँ, यो दसवर्षे सशस्त्र द्वन्द्वले देशलाई हजारौं स्कुल/कलेज ड्रपआउटहरू दिएर गयो -आशा गरौं, यो फेरि आउँदैन) । धेरै विद्यार्थीले माओवादी कार्यकर्ता वा छापामार हुनका लागि ‘यो बुर्जुवा शिक्षा’ भन्दै पढाइ छोडे । अब उनीहरूको भविष्य के होला ? आज बन्दुकको भरमा गाउँ, सहरलाई तर्साइरहेकाले भोलि हतियार व्यवस्थापन र शान्तिवार्ता सफल भयो भने यही ‘बुर्जुवा’ शिक्षा पढेर घच्चीका ‘प्रोलेटेरियट’ नेता बनेका पुष्पकमल र बाबुरामले -नेता त अरू पनि छन् तर माओवादी पार्टी भन्नेबित्तिकै आम जनमानसमा यिनै दुई नाम आउँछन्) ती ड्रपआउटलाई उनीहरूको आवश्यकता र महत्त्वकांक्षा अनुसारको रोजगारीको व्यवस्था कसरी गर्लान् ?

हुन त पढाइ छोड्नु भनेको रोजगारी वा सुखद् भविष्यबाट विमुख हुनु होइन । जस्तै मलाई नै हेर्नुस्, मैले क्याम्पस छोडेलगत्तै आफ्नो रुचिअनुसारको काम पाएँ, त्यो पनि पारदर्शी छनौटबाट । मेरा थुप्रै साथी छन्, विद्यार्थी जीवनमा असफल भए पनि पेसागत जीवनमा सफल । एकजना सफल पत्रकार मित्र छन्, न्यूज रुममा सफल भए पनि क्याम्पसमा त्यही विषयमा धेरैपल्ट फेल भए । पढाइ भनेको साँचो अर्थमा सिकाइ हो । स्कुल/कलेजमा फेल भए पनि हामीले ‘पढाइ’ बाट सधैं केही न केही जीवनोपयोगी कुरा सिकिरहेका हुन्छौं ।

मैले भन्न खोजेको के भने, विविध बाध्यता र विवशताले गर्दा पढाइ छोडेका वा बिगि्रएकाको कथा बेग्लै छ । त्यसमा धेरै हदसम्म राज्यको दोष छ -त्यसो त हाम्रो देशको कुनचाहिँ मामिलामा राज्यको दोष छैन र ?) तर मजस्तै स्वतस्र्फूत रूपमा ड्रप गरेकालाई समाजमा हेरिने दृष्टिकोण फरक छ, जुन फेरिनुु जरुरी छ । कलेज ड्रप गरेर, एक/दुई वर्ष वा अर्थ गुमाएर कुनै एउटा विद्यार्थीको जीवनमा आकाशै खस्छ जस्तो गर्नु भएन । मैले पढाइ छोड्ने कुराको वकालत गरेको होइन । तर हाम्रो शिक्षाको जुन ट्रेन्ड छ, अत्यन्त पट्यारलाग्दो तरिकाले वर्षौवर्ष कलेज धाइरहन पर्ने र तीनघन्टे मूल्यांकनको आधारमा पाइएको एउटा कागजको ‘खोस्टो’ -सर्टिफिकेट) लिएर रोजगारीका लागि अफिस-अफिस धाउँदै हिंड्नुपर्ने, यो अत्यन्त निराशाजनक छ । आमनेपाली युवामा छाएको चरम हतास मानसिकता पनि यसैको उपज हुन सक्छ ।

युवा स्वभावैले विद्रोही हुन्छन्, सधैँ नयाँ र फरक चिज चाहन्छन् । तर देशमा खाली एउटा सर्टिफिकेटका लागि वर्षौवर्ष कलेज धाएर जीवनका महत्त्वपूूर्ण समय कुनै रचनात्मक र सिर्जनात्मक उपयोगिताबिना खेर फाल्ने धेरै युवा छन् । कलेजमा राम्रोसँग पढ्नु र राम्रो अंक ल्याएर पास गर्नु धेरै राम्रो कुरा हो तर खाली सर्टिफिकेटको मुख ताकेर अरू शिक्षा इतर क्रियाकलापलाई गौण सम्झनुुचाहिँ ठूलो मूर्खता हो । मेरो मतलव, हाम्रो अगाडि विकल्पहरू धेरै छन् । यो गर्न सकिन्छ, त्यो गर्न सकिन्छ, सधैँ प|mस्ट्रेड भएर कलेजकै किताब वरिपरि घुमिरहनु ुपर्ने जरुरत छैन । विज्ञान र अन्य प्राविधिक विषयका विद्यार्थीका लागि मार्कसिट र सर्टिफिकेट महत्त्वपूर्ण हुन सक्छ तर अन्य सामाजिक विषयका लागि भने अहिलेको प्रतिस्पर्धात्मक जमानामा पढाइबाहेक अरू पनि क्रियाकलापमा संलग्न हुनु जरुरी हुन्छ । दुई कदम अगाडि बढ्नका लागि एक कदम पछाडि हट्नु जायज हुन्छ ।

पढाइको साथसाथै अन्य आपmनो रुचिअनुसारको रचनात्मक क्रियाकलापमा संलग्न हुनुले हामीलाई अझ बढी सिर्जनशील, मेहनती, जिम्मेवार र सीपयुक्त बनाउँछ र पढाइको महत्त्व बुझ्न र पढाइप्रति अझ बढी जवाफदेही हुन सिकाउँछ । जस्तै- अहिले मैले मेरो विद्यार्थी जीवनलाई पछाडि फर्केर हेर्दा, मेरो पढ्ने बानी तौरतरिका र कमीकमजोरीको राम्रो मूल्यांकन गर्न सक्छु र भोलि -म छिट्टै नै अर्को क्याम्पस भर्ना हुँदैछु) फेरि मैले पढ्न सुरु गर्दा मेरो विगतको शैक्षिक अनुभव र अहिलेको पेसागत अनुभवले मलाई सफल हुन धेरै सहयोग गर्नेछ । फेरि परीक्षा प्रणाली उही हो ! भैगो, धेरै निराशावादी कुरा नगरौं तर मेरो आत्मविश्वास छ, मेरो अबको शैक्षिक गतिविधि पहिलाको भन्दा धेरै चुस्त गतिमा जानेछ ।

Advertisements

One comment

  1. One thing that one youth don’t like abt his study is the OUT DATED syallables. Latest courses aren’t listed while the not use and out of time courses are still hanging. This is the main reason of frustration from studying. And the politics involvement in study is also a reason.

    Without any criteria completing, school and college are getting the permission. This is a major cause to feel frustration in studying.

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s