नारीलाई कसको डर ?

Written by निर्मला भण्डारी, published in Kantipur October 23, 2006 edition..

के मलाई भूतसँग डर लागेकोहो ? बाघ-भालु चोर-डाँकासँग डर लागेको हो ? होइन मेरो मनले जवाफ दियो । यी कुनै पनि कारण ‘प्रमुख’ होइनन् । तर मेरो -सिङ्गो नारी वर्गको) डरको प्रमुख कारण एउटै थियो, त्यो हो पुरुष ! सिर्फ पुरुष !!

म यो वर्षको दसंै मेरो जन्मभूमि ताप्लेजुङमा मनाउने सुरमा थिएँ । मनमा बाल्यकालका स्मृतिहरूमा बिलाउँदै, आमा-बुबा, साथी-भाइ, गाउँघरका हरिया डाँडा, पाखा र पखेरा सम्झदै टिकट काउन्टरतिर निस्किएँ । दिवा सेवाको टिकट लिने सुरमा थिएँ । टिकट सिद्धिएको जवाफ दिए । रातिको टिकट किन्ने कि नकिन्ने ? दोधारमा परेँ । अन्त्यमा गाउँतिर र्फकने दह्रो साथी नभेटी रातिको टिकट नकिन्ने निधो गरी फर्किएँ । घर पुग्दा साथी प्रकाश मलाई नै पर्खेर बसेका रहेछन् । मैले उनलाई सोधेँ ‘प्रकाश’ दसंैमा गाउँतिर फिर्ने कोही मानिस तिमीले बुझेका छैनौ ? हेरन दिवा सेवाको टिकट सिद्धिसकेछ ।

मेरा शब्द भुइँमा खस्न नपाउँदै प्रकाशले ब्यंग्यपूर्ण मुस्कान छाड्दै जवाफ दिए, विश्वका महिला अन्तरिक्षमा पुगिसके, एक्लै विश्व भ्रमण गरिसके, सगरमाथाको चुचुरो चुमिसके, तर तिमी भने लाजै पचाएर जाबो राति यात्रा गर्न समेत दह्रो साथी खोजिरहेकी छौ । फूर्ति लडाउने बेलामा पुरुषभन्दा के कम छौं भन्न पछि नपर्ने, हिम्मत भने एक रात एक्लै यात्रा गर्न समेत नसक्ने ?

उनका कुराले केही लज्जित अनि गम्भीर भएँ । हुन पनि हो म सधैँजसो प्रकाशको अल्छी अनि कलेज नै नगई केटी जिस्क्याएर दिन कटाउने लफंुगो बानीप्रति ब्यंग्य गर्दथे । उसको उद्देश्यविहीन जीवनयापन पद्धतिप्रति चुनौती दिन्थे । ‘प्रकाश’ तिमीमा भन्दा ममा धेरै समस्यासँग जुध्नसक्ने हिम्मत, साहस, क्षमता र निश्चित लक्ष्य छ । सायद त्यसैको बदलामा हुनुपर्छ उसले मलाई पुनः चुनौती दियो । ईश्वरले नारी र पुरुषको सृष्टि अलग-अलग कामका लागि गरेका हुन् । नारी र पुरुष कहिल्यै समान हुन सम्भव छैन । नारी सदा कमजोर हुन्छे, तर पुरुष जहिले पनि नारीभन्दा एक कदम अगाडि नै रहन्छ । पुरुषको हिम्मत, आँट र साहससँग नारीलाई तुलना गर्नै मिल्दैन । यदि तिमी मलाई -पुरुष) लाई चुनौती दिन्छौ भने एक रात ! सिर्फ एक रात, रत्नपार्कको पेटीमा बिताएर देखाई देउ, के तिमीसँग त्यो हिम्मत छ ? तिमी-महिलाहरू) कायर छौ । त्यसैले त राति यात्रा गर्न समेत डराइरहेकी छौ होइन ? प्रकाशको खुला चुनौतीले मलाई असाध्यै तड लाग्यो तर पनि तुरुन्त केही जवाफ फर्काउन

सकिन ।

प्रकाशको ब्यंग्यले रातभर निद्रा लागेन । मैले यो तीतो वास्तविकताप्रति गहिरिएर सोचेँ । विश्वव्यापी रूपमा महिला समानता र समताका चर्का बहस चलिरहेछन् । महिलाले हरेक पक्ष र क्षेत्रमा पुरुषलाई चुनौती दिँदै अगाडि बढिरहेछन् । पुरुषले गरेका अनि गर्नै नसकेका कार्यसमेत महिलाले गरेर देखाएका छन् । म पनि महिला समानताकै पक्षधर । केही गर्ने साहस र हिम्मत नभएकी पनि होइन । तर.. किन ? म प्रकाशको चुनौती स्वीकार गर्न किन हिच्किचाइरहेकी छु ? एक रात ! सिर्फ एक रात, रत्नपार्कको पेटीमा बिताउन अनि एक्लै राति यात्रा गर्न म किन सकिरहेकी छैन ? आफैंलाई प्रश्न गरेँ ।

के मलाई भूतसँग डर लागेकोहो ? बाघ-भालु चोर-डाँकासँग डर लागेको हो ? होइन मेरो मनले जवाफ दियो । यी कुनै पनि कारण ‘प्रमुख’ होइनन् । तर मेरो -सिङ्गो नारी वर्गको) डरको प्रमुख कारण एउटै थियो, त्यो हो पुरुष ! सिर्फ पुरुष !! अथवा मेरो -नारीको) अस्मिता !!!

अँध्यारोको सहारा लिएर नारी अस्मिताको शोषण गर्न हरतरहले प्रयत्नरत देखिन्छन् । यही कारण म -सिङ्गो नारी वर्ग) अँध्यारोसँग डराउँछु । त्यसैले रातिको यात्राका लागि दह्रो साथी खोजिरहेकी छु । त्यस्तै एक रात रत्नपार्कमा बिताउने प्रकाशको चुनौती स्वीकार गर्न सकिरहेकी छैन ।

वास्तवमा महिला र पुरुष सृष्टिका समान उपज हुन् । तथापि महिलालाई प्रकृतिले विशेष दायित्वहरू सुम्पियो । जस्तो महिलाको मात्र महिनाबारी हुनुपर्ने, गर्भधारण गर्नुपर्ने, संवेदनशील अंङ्गहरू जसको साँझ, बिहान, भीडभाड, हरपल संरक्षण गर्नुपर्ने । यदि महिला अस्मिता लुट्न पुरुष विजयी भइहाले समाजमा महिलाकै मात्र-विशेषगरी) इज्जत जाने, मुखै देखाउन नहुने गरी समाजले कलंकित बनाइदिने । उनको परिवारसमेतलाई समाजमा दुर्गन्धित बनाइदिने । त्यस घरका छोरीचेलीको विवाह गर्न समाजले इन्कार गर्नेजस्ता सन्ताप नै सन्ताप महिलाले मात्र भोग्नुपर्ने तर पुरुष भने धेरैजसो सजायको भागी नै नहुने । भइहाले पनि बच्चाको खेलाचीझैं दुई-चार दिनमा नै कसै न कसैको फोर्स लगाएर सजाय मुक्त हुने जस्ता वास्तविकताले गर्दा प्रकृतिलाई नै चुनौती दिँदै महिला अस्मितालाई जिस्क्याउन र आतंकित तुल्याउन सदा पुरुष -जो यस्तो कलंकित सोचको छ) तत्पर रहने धु्रवसत्य मेरो सामु आइपुग्यो । यस्तै पुरुष आतंक -जो यस्तो प्रकृतिको छ) को कारण आज हामं्रो समाजले महिलाविरुद्ध हिंसा, हत्या, आतंक एवं बलात्कारजस्ता जघन्य अपराधका शृङ्खला बेहोरिरहेको निष्कर्ष मेरो मनले निकाल्यो ।

भनिन्छ नारी समाजको शीतल छहारी अनि सुखद् संयोग हुन् । नारी एक भएर पनि अनेक रूप धारण गरी संसारमा माया बाँडिरहेकी हुन्छिन् । कसैकी आमा बनेर मातृत्व प्रदान गर्छिन् । कसैकी प्रेमिका बनेर कसैकी पत्नी बनेर, चोखो माया दिइरहेकी हुन्छिन् ।

कसैकी दिदी-बहिनी, छोरी बनेर अपार माया बाँडिरहेकी हुन्छिन् । त्यस्तै कसैकी बुहारी बनेर कर्तव्य पालन गरिरहेकी हुन्छिन् तर त्यही नारीको महिमा नबुझ्ने पुरुष भनाउँदा केही अजिंगर नारीको अस्मिता भंग गर्न आतुर देखिन्छन् । अँध्यारोको सहारा लिएर नारी अस्मिताको शोषण गर्न हरतरहले प्रयत्नरत देखिन्छन् । यही कारण म -सिङ्गो नारी वर्ग) अँध्यारोसँग डराउँछु । त्यसैले रातिको यात्राका लागि दह्रो साथी खोजिरहेकी छु । त्यस्तै एक रात रत्नपार्कमा बिताउने प्रकाशको चुनौती स्वीकार गर्न सकिरहेकी छैन । यदि हरेक पुरुष वर्ग इमानदार, महात्मा भइदिने हो भने, हरेक पुरुषले नारीलाई आफ्नो आमा, दिदी, बहिनी, छोरी समान सम्भिmदिने हो भने एक रात के सयौं रात बाहिर बाहिरै बिताउन सकिन्छ । पुरुषहरूको आँखामा आँखा जुधाएर टक्कर लिई अगाडि बढ्दै लक्ष्यमा पुग्न सकिन्छ । तर त्यसका लागि पुरुष एवं समाजले नारी वर्गलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा परिवर्तन हुन नितान्त जरुरी छ । त्यसको साथै कानुनी दृष्टिकोणले हेर्दा मुलुकी ऐन जबरजस्ती करणी र आसय करणीका महलमा भएका व्यवस्था अपर्याप्त देखिन्छन् भने यही अपराधसँग सम्बन्धित छुट्टै कानुनको अभाव छ । त्योभन्दा बढी दुःखको कुरा त ती महलमा उल्लेखित कानुनको कार्यान्वयनसमेत निष्पक्ष रूपमा भइरहेको पाइँदैन । समाजमा कलंकित हुने डरले गर्दा जे जति यस्ता घटना भएका छन् तीमध्ये केहीमात्र प्रकाशमा आउँछन् । यसरी आफ्नो अस्मितालाई तिलाञ्जली दिँदै हिम्मतका साथ प्रकाशमा ल्याइएका मुद्दासमेत सर्वोच्च अदालतसम्म पुगे पनि प्रमाणको प्रचुरताको अभाव देखाई प्रतिवादीकै पक्षमा फैसला भएका दुःखद घटना प्रशस्त रहेका छन् । जसको परिणामस्वरूप राक्षसरूपी पुरुष -जो त्यो स्वभावको छ) लाई पुनः अपराध गर्न थप हौसला प्रदान गरेको देखिन्छ ।

निष्कर्षमा भन्नुपर्दा अस्मिता लुटिएकी चेली हरेक पल, क्षण-क्षणमा मरिरहेका हुन्छन् । उनका लागि सबैभन्दा ठूलो प्राप्ति अपराधीलाई सजाय दिलाउनु हो । त्यसैले यस्तो अपराधलाई रोक्न कडाभन्दा कडा सजायको कानुनी व्यवस्था एवं कार्यान्वयन गर्नेतर्फ राज्यले गम्भीर हुनैपर्छ । पीडित व्यक्तिलाई कम्तीमा पनि गाँस, बास, कपास, सीपमूलक तालिम, योग्यताअनुसारको उचित अवसरको व्यवस्था राज्यले गर्नुपर्छ । साथै हामी समाजका हरेक मानवप्राणीले संङ्कीर्ण सोच नातावाद, पैसावाद त्यागी अपराधीलाई कडा सजाय दिलाउन पहल गर्नुपर्छ । पीडित महिलाले समाजमा स-सम्मान बाँच्न सक्ने परिस्थिति समाजले तयार गर्नुपर्छ । राज्यले दोषीलाई यस्तो कडा सजायको व्यवस्था गर्नुपर्छ कि त्यो सजाय भोग्नेले त के देख्ने र सुन्नेले समेत त्यस्तो भुल गर्ने हिम्मत नगरोस् । जब समाजले यति कुरा प्राप्ति गर्छ तब म -सिङ्गो नारीवर्ग) एक्लै यात्रा गर्न तथा आवश्यक परेमा एक रात त के धेरै रात पनि रन्नपार्कको पेटीमा बिताइदिन सक्ने छु ।

लेखिका आम सरोकार सेवा समाज नेपालकी उपाध्यक्ष, समाज शास्त्री तथा कानुनको विद्यार्थी हुन् ।)

Advertisements

One comment

  1. ‘gumdai firdai rumjha tar’, i am back here after long long time, last time i visited your blog, you were ‘shakespear in love’ tangled up with your smitten feelings and ‘want to be writer’ zeal write ups.

    this time it’s ‘gloria steinem in love’, but always brings smile on my face to read your blog.

    gols

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s