ख्याउटे मोडल र दुब्लाउने भूत

Was published in Kantipur Oct 5 edition, didn’t want to put it here..but again m doing it anyways..not much of my views..more of wht’s goin on around but somethin u oughta know 🙂 ..will be talkin more of it later..haha after all those years of experience.that’s a duty ..whtever take a read..

शेक्सपियर भन्छन्, सौन्दर्य हेर्ने मान्छेको आँखामा भरपर्ने कुरा हो । तर अठारौं शताब्दीको त्यो भनाइलाई एक्काइसौँ शताब्दीका वैज्ञानिकहरूले टक्कर दिएका छन् । सौन्दर्य हेर्ने मान्छेकै आँखामा भरपर्ने कुरा होइन अरे । सन् २००४ को बि्रटिस एसोसिएसन फेस्टिबल अफ साइन्समा एक्सेटर विश्वविद्यालयका विकास जीवविज्ञ एलेन स्ल्याटरले गरेको अनुसन्धानअनुसार भर्खर जन्मेका बच्चा -पाँच घन्टा नाघेका) ले पनि राम्रा र नराम्रा अनुहार छुट्ट्याउन सक्छन् । चार वर्ष लामो त्यो अनुसन्धानमा उनले एक सयभन्दा बढी नवजात शिशुहरूलाई प्रौढद्वारा निर्धारित राम्रा र नराम्रा मान्छेहरूका तस्बिर देखाए । नतिजा- शिशुहरूले राम्रा मानिसएका अनुहार नै लामो समयसम्म हेरे । ती वैज्ञानिकअनुसार आमाको पेटभित्र आँखा र ओठको निर्माण हँुदाखेरी नै भ्रूणमा मान्छेको अनुहार कस्तो हुनुपर्छ भन्ने ज्ञान आउँछ ।
सायद त्यसैले होला ‘अनभिज्ञतामै आनन्द छ’ भनेको । साहित्यको दायरा फराकिलो हुन्छ, कल्पना गर्न पाइन्छ । विज्ञान सटीक हुन्छ । तर सौन्दर्यको कुरा उठ्दा वाक्यैपिच्छे शेक्सपियरको आड लिए पनि हामीमध्ये हेर्नेको ‘सौन्दर्य परिभाषा’ लाई आफ्नो भनेर कमैमात्र स्वीकार गर्छौं । हरेक समाजमा एउटा सौन्दर्य संस्कृति भन्ने कुरा हुन्छ र चाहँदा नचाहँदै हामी त्यही अनुरूप आफूलाई ढाल्ने प्रयास गरिरहेका हुन्छौं ।

ब्युटी पार्लर वा बुटिक, जिमखाना या ‘युनिसेक्स’ कपडा सबै सौन्दर्य प्राप्तिका लागि गरिने प्रयासका नमुना हुन् । हामी सबैको आत्म सौन्दर्य मापन गर्ने आफ्नै यन्त्र हुन्छ । मेरी एउटी साथी थिइन्, काली र साह्रै हिस्सी परेकी । द सिक्स्िटनाइनको ‘सि इज द बम’ भन्ने खालकी । तर उनलाई गोरी नहुनुको खुबै पिरलो थियो । त्यही प्रयासमा उनी भइन्- बजारका सबै ‘गोरोपना’ क्रिमकी एक बफादार उपभोक्ता ।

मलाई गोरी हुने विषयमा कुनै चिन्ता नभए पनि मेरो सौन्दर्यको परिभाषा बेग्लै थियो । जति दुब्लो त्यही राम्रो । त्यसैले ममा दुब्लाउने भूत सवार थियो जसलाई सहरी र ‘ट्रेन्डी’ भाषामा स्लिम हुने भन्ने गरिएको छ । कुरा सात आठ वर्षअगाडिकै हो । भर्खरै टिनएजमा टकेको, मलाई हो न हो एमटीभीकी पूर्व भीजे नफिसा जोसेफ जस्तै हुनु थियो । खाना कम खाएर होस् या चाहिने भन्दा बढी कसरत गरेर, आफ्नो नजरमा दुब्लाउन मैले कुनै कसर राखिनँ । तर जे गरे पनि ऐनामा मोटा प्रतिबिम्बहरू देखेर हैरान हुन्थँे म । पछि थाहा भयो, ‘एनोरेक्सिक’ रहेछु । ‘एनोरेक्सिया नरभोसा’ विशेषगरी टिनएज केटीहरूमा हुने एक खाद्य असन्तुलनसँग सम्बन्धित रोग हो । दुब्लो हुने तीव्र चाहना र त्यसका निम्ति खाएको कुरा सबै बान्ता गर्ने, चाहिने भन्दा बढी कसरत गर्ने, आफूभन्दा मोटो कसैलाई नदेख्ने यसका केही लक्षणहरू हुन् । फेरि एकपटक प्रस्ट पारांै, मेरा सन्दर्भमा यी लक्षण केही वर्षअगाडि देखापरेका हुन्, कुनै एउटा पत्रिकामा त्यसबारेमा थाहा पाएपछि आफंैले नियन्त्रण गर्न थालेकाले अहिले म स्वस्थ छु ।

तर किन मैले ‘एनोरोक्सिया’ को प्रसंग उठाएँ ? किनकि नेपालमा यसबारेमा खासै चर्चा नभए पनि विश्व फेसन उद्योगमा यसको चर्चा चलिरहेको छ । विश्वका ठूला सहरहरूमा हुने प्रतिष्ठित फेसन सप्ताहहरू -मिलान, म्याडि्रड, लन्डन, न्युयोर्क आदि) मा सहभागी ख्यातीप्राप्त मोडलहरूमा दुब्लाउने भूत सवार हुन्छ । उनीहरूमा जति दुब्लो, त्यति सुन्दर भन्ने अमिट छाप परेको हुन्छ जसले गर्दा युवतीहरू पेटमा परेको खानेकुरा मुखमा औंला घुसारेर बान्ता गराउनसमेत पछि पर्दैनन् । त्यसैले त्यस्ता प्रतिष्ठित फेसन सप्ताहका र्‍याम्पमा ‘वेफ’ अर्थात् भोकमरीपीडित जस्तै सुपरमोडलहरू क्याटवाक गर्छन् । सुपरमोडलहरूमा दुब्लाउने होड चलेपछि उनीहरूलाई आइडल मान्ने विश्वका अरू युवतीहरूको हाल के होला ? उनीहरूमा पनि दुब्लाउने होड चल्ने भयो, उनीहरूले खाना नखाइदिने, खाएको पनि जबर्जस्ती फ्याँल्ने भए । त्यसले युरोपमा अविभावकहरूको टाउको दुखाइदिएको छ ।

त्यस्तो अस्वस्थ शारीरिक बनोट विरुद्ध भएका प्रदर्शनीहरूका कारण तीन साताअगाडि म्याडि्रड फेसन सप्ताहमा आयोजकले अस्वस्थ तरिकाले दुब्लाएका ‘फुकिढल’ मोडलहरूलाई र्‍याम्पमा प्रतिबन्ध लगाउने नयाँ नियम लागू गरे । उक्त नियमअनुसार कुनै पनि मान्छेको उचाइ र वजनका आधारमा निकालिने बोसोको मात्रा अर्थात् बीएमआई -बडी मास इन्डेक्स) १८ दशमलव ५ वा त्यो भन्दा कम भए मोडलहरू अस्वस्थ ठहरिने भए । ६८ मध्ये पाँच मोडल सोही आधारमा अयोग्य घोषित भए । धेरै समयपछि त्यस्तो समाचार पढ्दा मेरो दिनै बन्यो । नबनोस् किन, त्यत्रो अनुभव जो छ !

उक्त नियमलाई फेसन सप्ताहहरूले लागू गर्ने कुरामा आम सहमति भइसकेको छैन । म्याडि्रडपछि आयोजित लन्डन फेसन सप्ताहमा उक्त नियमलाई खासै ध्यान दिइएन । त्यसैले उक्त सप्ताह सबै क्षेत्रबाट आलोचित भयो । मिलानमा त्यहाँकी मेयर लेटिजिया मोरेटी उक्त नियम लागू गर्नेमा दृढ छिन् । ती सहरहरू भन्दा हजारांै माइल टाढा बसेकी मलाई लाग्छ, उक्त नियमलाई फेसन सप्ताहहरूले प्राथमिकताका साथ लागू गर्नुपर्छ । त्यसो भएमा ती ख्याउटे मोडलहरूलाई आफ्नो आइडल मान्ने संसारभरका १५-१६ वर्षे युवतीहरू प्रत्येक बिहान आफ्नो पेट छाम्दै उठ्ने अवस्था पक्कै रहने थिएन ।

Advertisements

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s