A wonderful read

Exams Over!! Glad?? ali ali. Looking for something else to preoccupy myself with now..ani tyo youth ko article ma comment garaun bhanya mood nai chaina.. rather wanted to write a blog called ” Majak CHa Jindagi”. M feeling as though I Just Graduated From the School of Majak as a Valedictorian!! 🙂 But I think everyone in Nepal feels as though they are living in the land Of Majak nai Majak!! The Transport walas have called on a strike today AGAIN!! OF course I am NOT AT ALL SURPRISED!! Sarkar uni haruko mag prati Udasin bho arey ah…and what is this debate on Terai A New Country in The World Map! The debate on the acts of PN Shah re.. thankfully the debate on the national anthem has subsided for sometime atleast. Personally I see no need of an Anthem in the first place..why not a tune? why the debate on “Jangi Nishan” of the song “Rato ra Chandra Surya”??? Ma baulako ho ki, desh ma eutai matra sadhe manche baki bhako I have no idea!! 😉 , I am losing My Mind!!

Nyways here is a Nice Ghoch Pech 🙂 write up by Aruna Upreti. I love the way she writes, always look forward to it..This is Simply Wonderful! Take a read ( was published in the Kantipur yesterday)

नेपाल नै रहनदेऊ

Written By अरुणा उप्रेती

कहिले कुनै नेता काठमाडौंलाई सिंगापुर वा गोवा बनाउने प्रस्ताव राख्छन्, कुनै चँहि“ युरोप । उनीहरूको प्रस्तावले मेरो मनमा आतङ्क मच्चिन्छ । नेपाल दस वर्षभत्र युरोप बन्यो भने त यो बस्नयोग्य ठा“उ नै हु“दैन भन्ने भावनाले मलाई शिथिल गराउ“छ । यदि नेताजीहरूले बोलेर सा“च्ची नै नेपाललाई युरोपझैं बनाइदिए भने त विशेषगरी सहरका जनता मानसिक रोगी नै बन्नपुग्छन् होला ।

तपाईं भन्नुहोला किन – किनभने युरोप बनेपछि नेपाल र नेपालीका सम्पर्ूण्ा विशेषता हराउनेछन् । सबै नेपालीलाई एक सूत्रमा बा“धेर राखेका केही यस्ता सामाजिक क्रियाकलाप छन्, जसको अस्तित्व युरोप बनेपछि हराउनेछ । नेपाली पहिचान हराएपछि हामीलाई आफ्नो अस्तित्व जोगाउन हम्मे पर्छ । जुन कुरा हर्ेन, सुन्न, बुझ्न र जसको बारेमा लेख्न ठूलठूला विदेशी पत्रकार यहा“ आउ“छन्, युरोप बनेपछि ती सबै नष्ट हुनेछन् । अनि ‘टुरिष्टजी’हरू पनि कम हुनेछन् र यसले हाम्रो अर्थतन्त्रमा ठूलो धक्का लाग्नेछ ।

सोध्नुहोला, सम्पर्ूण्ा नेपालीलाई एकै सूत्रमा बा“ध्ने, के त्यस्ता क्रिया होलान् – ध्यान गरेर घरका भित्ता, सडकका गल्ली, कुनाकाप्चामा हर्ेर्नुस् त – बस स्टपको छेउछाउ “यहा“ पिसाब नगर्नुहोला” भन्ने ठाउ“, अस्पतालका कुना, बिरुवाका मुना, अ“ध्यारा ठाउ“, जहा“तहीं पिसाब गर्नु नेपाली पुरुषको राष्ट्रिय चरित्र हो । धेरै नेपाली पिसाब फर्ेनका लागि २।- तिर्ने अवस्थामा छैनन् । त्यसैले टु“डिखेल नजिकै रहेको शौचालय छोडेर, कुनै मर्ूर्तिझैं उभिएर शरीरबाट धारा बगाइरहेका मानिस, धेरै देख्न सकिन्छ । युरोप बनेपछि यो “राष्ट्रिय चरित्र” नष्ट हु“दैन भन्ने ग्यारेन्टी कसैले लिन सक्छ – त्यसैले नेपाललाई नेपाल नै रहन दिनुस् । ( Kya To the Point, Straight Kura! 🙂 )

हामीलाई एकताको सूत्रमा जोड्ने अर्को चारित्रिक विशेषता हो ख्वाक-ख्वाक गर्दै थुक्ने र नाक कोट्याउ“दै हि“ड्ने । भाषण गर्ने नेता होस् वा पढाउने गुरुजी, तरिकारी बेच्ने साहूजी वा पानीपुरी बेच्ने दाजुभाइ बीचबाटोमा यसरी कलात्मक तरिकाले खकार फ्या“क्छन् कि लाग्छ उनीहरू कुनै महान् कलाकार हुन् । त्यसैगरी फर्ुसद पायो कि हातलाई काम दिन “औंला नाकमा” पुर्‍याइहाल्ने व्यक्ति पनि नेपाल युरोप भएपछि ‘बोर’ हुनेछन् । उनीहरूको हातले काम पाउने छैन ।

तरकारी पसले मानिसहरू टाढा गएको बेला नाक कोट्याउ“दै गर्दा कोही ग्राहक आएपछि तरकारीमाथि सि“गान पुछ्ने प्रक्रिया गर्छ, पानी पुरीवालाले ग्राहक आएपछि नाक सफा गर्दागर्दै त्यही हातले चट्ट पानीपुरीमा मीठो अमिलो-अमिलो गुलियो रस हाल्छ, यी सबै कुरा हराउनेछन् । “युरोप” बनेपछि “पानीपुरी खाने मजा” पनि हरायो । ( UGH! the very reason I always advocate against Street Food)

त्यसैगरी युरोपेली मापदण्डमा पुगेपछि नेताजीहरूले भाषण सुन्ने श्रोता कहा“ पाउनु – कसले सुन्छ, बासी भाषण – युरोपका नेताजीहरूझैं आफूलाई थाहा नभएको विषयमा विशेषज्ञको राय लिएरमात्र बोल्ने गर्नुपर्‍यो, जुन पायो त्यही ठाउ“मा रिबन काट्न जानुभएन भने उहा“हरूको समय कसरी सदुपयोग हुने – यदि नेताजीले ठीक-ठीक कुरा बोल्नुभयो भने पत्रकारले कसको व्यंग्य गर्ने, लेखकले कसको बारेमा लेख्ने, अनि मजा लिएर पाठकले कसको बारेमा पढ्ने –

कति बोर हुनेछ, नेपाल युरोप बनेपछि – उद्योगधन्दा खुल्छन्, जनताले रोजगारी पाउ“छन् । नेता पछाडि हि“ड्ने मानिस हराउछन् । त्यसपछि नेता एक्लै हि“ड्दा उनलाई कसले चिन्ने – कसैले चिनेन भने नेता हुनुको के मजा –

सबभन्दा महत्त्वपर्ूण्ा कुरा त युरोप बनेपछि कतै “नेपाल बन्द” हुने प्रक्रिया नै ठप्प हुने हो कि भनेर मलाई चिन्ता लागिरहेछ । नेपाल बन्द, टोल बन्द, स्कुल बन्द, पसल बन्द, अस्पतालमा बिरामी हर्ेन बन्द -पैसा लिएर हर्ेर्ने बिरामी हर्ेनचाहि“ नबन्द), खानेपानी बन्द, बिजुली बन्द, नेताजीहरूको चर्को प्रलाप बन्द आदि सबै बन्द हुने काम युरोप बनेपछि बन्द भए सरकारी कर्मचारीलाई बोर -दिनदिनै काममा जानु परेर), मास्टरजीहरूलाई दिनदिनै पढाउनुपर्ने भएर बोर, विद्यार्थीलाई दिनदिनै पढ्नुपर्ने भएर बोर, डाक्टरलाई अस्पतालमा गएर काम गर्नैपर्ने बोर- कति बोर कति बोर यस्तो बोर जिन्दगी बा“च्नु पनि के बा“च्नु – जिन्दगीको “रोमान्स” नै हराउ“छ । युरोपियन देश बनाएर के हामी सबै यो रोमान्स र रोमान्सबाट टाढा हुने –

युरोपियन मापदण्ड भएपछि बिहानै घरमाथिबाट फ्यात्त फोहोर र उस्तै परे प्लाष्टिकमा पोका परेका नानीका आची सडकमा बर्सिन छोड्नेछन्, अनि सडक सफा गर्ने कुचिकारको काम पनि कम हुनेछ, उसको तलब घट्नेछ । अनि उसको र परिवारको ‘आर्थिक’ अवस्था पातलो हु“दै जानेछ ।

सडकमा यातायात सुचारु रूपले चले प्वा“प्वँ“ र पूपूको आवाजले दिने मनोरञ्जन कम हुनेछ । मोटरवालाहरू एकअर्कास“ग झगडा गर्ने काम कम हुनेछ । पुलिसको ‘आम्दानी’ पनि कम हुनेछ ।

समग्रमा नेपाललाई युरोपियन मापदण्डमा पुर्‍याउनुको अर्थ हामी नेपालीको दैनिक जीवनका रहस्य, रोमान्स, आनन्द खलबल्याउनु हो । कति जनाको आम्दानी हराउने हो । पत्रिकावालाको लेखनीको लागि ‘इस्यु’ नपाइने भयो । मानिसलाई मानसिक रोग लाग्ने भयो । के त्यस्तो नरमाइलो नेपालमा बा“च्न चाहलान् नेपालीले – हे नेताज्यू, त्यसैले हामीलाई रमाइलोस“ग बा“च्नदिन नेपाललाई ‘अझ नेपालमय’ बनाउनुहोस्, युरोपमय होइन ।

Advertisements

5 comments

  1. Ma baulako ho ki, desh ma eutai matra sadhe manche baki bhako I have no idea!!

    loved that line…अनि अरुणा उप्रेतीको लेख पनि!

  2. Article ta padeko ho but this time i got to know more about it in ur blog by aruna upreti. hami yuba haru le nai ho aba real change lyaune ta, ani national anthem nai narakhne bhanne kura chai is nowhere conviencing to me. anthem ta rakhnu parcha but always to fight for it, to make it a issue to trouble general public is surely not good. we need to definately come out of that old notion of jangi nisan and bahadur nepali kind of thing but to totally ignore the importance of national anthem would not be again good, its just my view.

  3. Guess we differ on this like a lot of other things of course 🙂 never had any affinity towards national anthem I guess..all the talk of rastra bhakti, hunchan ni desh ko lagi marchu kinda kura ta schoole guff jasto lagcha malai ta, would feel that in perhaps grade 6-7-8….akhir bhawana matra bagera ke nai huna sakcha ra hoina ta? Kam garnu paryo ni hami yuba le ali practical bhayera lol 😉

    Ani hamro ta bhet huna ta no chance ni yar, ma kahan gaun ma ani ta tyahan downtown keti ha ha ha yar this is anischit kalin hadtal Gawd! wakka lagisakyo.

    but feels great to see

    “Pahadi, madhesi bhai hai sab kahun Milke nepal banai” in the TKP post today!

    ( n thks mp Ji )

    …n i found something which of my own experience on the “Rastriya Culture” written about an year ago ( found it so childish i mean the post..and of course winding, initial blogging josh spasta jhalkincha.zpt..but yah its the last part that talks of the Culture of Nepalese men).make an attempt to read it

  4. aja eka bihanai zaded X-press sanga confrontation vayo 🙂 how de keti ko kura mazza ko lagyo, ani aaru blog pade pacchi, thAha vayo so many things in nepal r MajjaK…. aaahile aaru padhne ta fursad chhaina, karyalama kam gardai chhu 😦 but don worry zade, You are BOOKMArked 🙂

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s