ढुङ्गादेखि देउता सम्म

नेपालीमा लेखने जागँर चलेको छ । किन ? कसरी ? थाहा छैन ।
शायद थाहा छ, तर म भन्न चाहन्न । हा हा हा किनभने भन्ने कुरा पनि केही छैन । त्यसैले आजको योजना हो: दिल खोलेर मातृभाषामा गन्थन गर्ने । मनमा जे आउँछ्, कागजमा उतार्ने ।

गाउँको बास छ र बिजुलीको कुनै भरोसा छैन । त्यसैले एउटै काम दुई पटक गर्नु रहर नभएर वाध्यता हो । कहाँ बाट सुरु गरौँ त हाम्रो प्रेम कहाँनी ? 🙂

उ त्यहाँबाट सुरु गरौँ जस्तो लाग्यो, त्यो फोटोबाट । फोटोमा हामी दुई हावामा उफ्री रहेकाछौं । मुनिको खाट नदेखिए पनि मलाई याद छ । उ थोते छे, म लाटी देखिन्छु । अहिले सम्म पनि आफ्ना सबै फोटाहरु त्यसतै नै लाग्छन । 🙂 भित्तामा एउटा पोस्टर छ, एक “रक स्टार” बिद्युतिय गीतार बजाइरहेका छन । त्यो मामाको करामत थियो ।


काठको फ्रेम भित्रको त्यो एक दसक भन्दा पुरानो तस्वीर सँगै मामाघरका केही कोसेली छन । हजुर मुवाँ र बुवाले दिएको केही होइन, हामी आँफैले उठाएर ल्याएका केही रङीचङ्गि ढुङ्गाहरु । Grey, maroon, yellowish आदि इत्यादि। एउटा अलि भिन्नै देखिन्छ । त्यो ‘ग्रे’ ढुङ्गामा पहेलो रङले पानको आकार निकालेको छ । प्रेमिको भाषामा त्यसलाई प्रेमाकार वा हृदयकार भन्ने गरिन्छ। त्यो ढुङ्गा उसले फेला पारेकी थिइ ।

colorful pebbles

हामी भोलिपल्ट काठमाडौं फर्कदैँ थियौं । राजधानीमा प्रकृतिसँगको त्यो सामिप्यता कहाँ भन्दै त्यो पुरै साँझ खोलामै बितायौं । दशैका बेला भएकाले होला खोलाको पानी घुँडासम्मको मात्र थियो । हामी दुई चन्चले फुच्चीहरु जस्तो जे पायो त्यही
गरेर हासिरहेका थियौ । घरि उ राजेश हमाल भएको अभिनय गर्थी ।
” तलाई छाड्दिन ” उ गर्जन्थी ।
म गुण्डा भएकाले अट्ट हाँसो छाड्दै अगाडि भाग्थें ।
त्यसपछि फिल्मी शैलिमा हिरो र गुण्डाको खोला ‘फाइट सिन’ हुन्थ्यो । हामी नयाँ प्लट रच्थ्यौँ । घर छाडी भाग्ने प्रेम जोडी । खोला म दौडिनुको आनन्द नै बेग्ल हुन्छ । पानीको बेगलाई चुनौती दिंदै दौडिनु पो रोमान्स! गरेका लाई सोध्नुस् न। अँ , म त त्यो भिन्न देखिने ढुङ्गाको बारे पो कुरा गरिरहेको थिँए, कहाँ बगिएछ ! 🙂

त्यसमै फर्कौं । कुदाई पछी ” Holiday 2006″ सम्झनका लागि एक अर्कालाई खोलाका ‘बिशेष ढुङ्गा’ दिने कुरा थियो ।

खेतका आलिहरुमा हिँड्दै गर्दा उसले त्यो ढुङ्गा मलाई थमाउँदै हाँसेर भनेकी थिइ ” यो चाँही प्रेमी फेला पारेपछि दिनु है” ।
” Marked For Life?” मैले ढुङ्गाको स्वरुप हेर्दै प्रश्न गरेँ ।
“Exactly” उसले भनी ।
” Boyfriend” हरु को त भरोसा हुँदैन, “husband” भनौं न ? म हाँसे।
” Husband” भन्दा जिब्रो नै बटारिएको जस्तो लाग्यो! आँफैले त्यो शब्द उच्चारण गरेँ भनेर पत्यार लागेन । कस्तो नमिल्ने कुरा । बिपरित ध्रुबहरुलाई एउटै बनाउने प्रयास गरे जस्तो, आकाश र धर्ती एउटै हुन्छ भने जस्तो । अनमेल कुराको पराकास्ठा नाघेजस्तो! तर स्पष्टिकरण दिइँन। उ मेरो मौनता बुझ्नसक्ने मान्छे।

क्षितिजमा सुर्य अस्ताउदैँ थियो । रामायाणमा स्याउ ठानेर हनुमानले निलेको सुर्य यही होला जस्तो लागेर आयो । त्यो गाढा रङ्को रातो आकासिय अस्तित्तवलाई अन्तिम पटक हेरेर हामी घर फर्कियौं ।

घुम्दै फिर्दै रुम्जाटार जस्तो लाग्यो होला है ? के के न लेख्ली भनेको त फेरी रोमान्स! पुरै फेब्रुअरी ‘प्रेम्’ गन्थन गरेरै मार्न आँटी भनेर त सोच्दै हुनुहुन्न ? म “होइन” भन्न पनि सक्दिन! त्यसकै कुराले मान्छे मार्ने मेरो उदेस्य नभए पनि यो चाँही stream of unconsciousness लेखै पर्‍यो त्यसैले । जे बारे , जहिले , जे पनि कुरा हुन सक्छ । ढुङ्गा देखेँ त्यसको रोमान्टिक ईतिहास पो याद आयो।मेरो के दोश प्रभु !!! 🙂

प्रभु भन्दा याद आयो आज त शिव रात्री है । बुढीले फोन गरेकी थिइ, उसलाई शिव साह्रै रोमान्टिक भएकाले मन पर्छ रे ! “कसरी रोमान्टिक?” भनेर के सोधेको मात्र थिएँ , “स्वसथानी पढिनस?” उसले अर्को प्रश्न पो थपी । मैले कुरा मोडी हालेँ। जे होस् “ जय शम्भो!” है सबै जनलाई । दुबिधामा नपर्नोस् म भाङ, धतुरो र गाँजा पानमा मस्त छुइन । हाम्रो त्यो भाग्य कहाँ ? सधैं झैँ शिवप्रसाद बिहिन छ यो शिव रात्री । 😦 हा हा हा ( but hey not advocating for it ni, explaining because I don’t want to go through that Bloggers Adverstising or advocating for sth question again!! sometimes blogging is a depressing Job man.)

हिजो कान्तिपुर टिभिमा “महा शिव रात्री” लाइव हेरिरहेका थियौं ।
“अस्ती त कोही नाङा बाबाहरु थिएनन । ” मैले सबलाई जनकारी दिएँ ।
” म्युजियम मात्र गएको होला भन्न ठानेको थिएँ, पशुपति पनि पुगेको” मम्मी ले भनिस्यो । के सुर चलेछ कुन्नी मलाई प्रश्न गरिस्यो ” अनि शिवजीले के भने त तिमीलाई ?”
बहिनी बाठी टोपलिएर भनि ” खोइ त तेरो शिव ?”
कोठामा हासोँ छायो । म पनि मज्जाले हाँसे ।
तर सबलाई उत्तर चाहिएको थियो!
“तैँ होस् त्यसैले अर्को ल्याइन” मैले शिवजी लाई उत्तर दिएँ! फेरी हाँसो ।
( Many a times home feels like psychos’ paradise! So that’s undoubtedly where my heart it 🙂 )

pashupatinath temple

Pashupatinath Temple

जे भएनी बेलुका आगो तापिरहेको बेला मैले घरका सबजनालाई फेरी “जय शम्भो” भन्न लगाएको थिएँ । तपाईं लाई त्यसको अर्थ थाहा छ ?
साहिलले ( my Art of Living teacher) भनेका थिए त्यसको अर्थ “म तिमी भित्रको असललपनालाई नमस्कार गर्दछु” ( I salute the Goodness in you)हो रे । कस्तो राम्रो अर्थ है ?

ढुङ्गा देखि देउता सम्म को कुरा भयो है ? तपाईंलाई पनि घरि घरि यि दुई मध्य एक हुन लाग्दैन ? मलाई चाँही त्यसतै लाग्छ । कास म ढुङ्गा जस्तै जड, अचल,सम्बेदना र जीवन रहित हुन्थें । न खुट्टाले हाने फरक पर्ने न त भगवान मानेर पुजे नै । एक कठोर पषाणहृदयि व्यक्ती ।

त्यो नभए ‘देउता” हुनु नि । अरुको कथा, व्य्था सब मिथ्या भएनी बाल मत्लब हुने । रिसा, राग, द्वेश, प्रेम ,सुख, दुख सबैलाई समान देखने । मान्छे हुन त साह्रै गाह्रो रहेछ यार । घरि त्यही ढुङ्गा मुटु मा रखेर हाँस्नु पर्ने, घरि त्यसैलाई शब्द बनाई प्रहार गर्नुपर्ने त घरि त्यही प्रहार को शिकार हुनुपर्ने । कहिले कहीँ चाँही देउता सरह हुनुपर्ने । बिर्सा, हाँस्, हसाउ,बाँच,बाँच्नदेउ Idealistic हुने पर्ने ! खै के के ? संसार बुझे पनि म आफु र आफु जस्तै अरुलाई चाँही कहिले बुझ्नसक्ने छैन जस्तो लाग्छ! र फेरी त्यो ढोका पछाडिको कबिता याद आँउछ:

If you can fill the unforgiving minute
With sixty seconds worth of distance run,
Yours is the earth and everything that’s in it
And which is more-you’ll be a MAN my son.

Ifby Rudyard Kipling

Advertisements

12 comments

  1. मातृभाषा मा लेख्ने जागर चलेको देख्दा खुसी लाग्यो। नेपाली मा अरु पनि लेख्नुस है त।
    🙂

  2. Mero saano comment:

    Nepali maa sameep (adjective)–saameepya (noun).

    Tara kina ho sabai le सामिप्यता (saameepyata) [dirgha ee hunchha ‘ma’ ko]… bhanera galat prayog garchhan!

    Lau सामिप्यता yo ta thikai chha bhanaula…..

    “Imaandaarita: makes me mad!
    Imaandaar=honest
    Imaandaari=honesty!

    honesty is enough. WHy “honestiness”

    sorry if the comment is irrlevant.

  3. Thanx for the comment guys..will keep that in mind Rambler. yah, lot of hindi influence..i thought bloggin in nepali would be a nice practice 🙂 to improve my expression skills or whateverelse.

    n Vahsekji 😉 wasn’t moderating your comment or anything like that…i think it went there coz had done that to one of your earlier comment…testai hundo rahecha, sab training liyepachi thaha paiyela ni ha ha ha

  4. hi
    ur writing power is to good.i’m impressed…nepalima lekhekoma khusi lagyo.tara bicha ma kin english………..nepali kabita haru pani ta rakhna saknu hunthyo ni hain…………nepali kabita haru pani ta kam ramra chhanan ni……..any way…u have done grt job………wish u all da best…………

  5. Dear Zade..
    तिम्रो ब्लग पढ्न निक्कै मज्जा आयो । म ब्लग पढेर समय बितौने मान्छे त होइन, तर तिम्रो ब्लग पढेर i am sure to be back again to read u.
    नेपाली म अलि थोरै भयो ,केही ज्यादा आशा गर्छु ल ।
    Keep it up..

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s