मृत्‍यु को मुल्य

कुनै बेला थियो म संसार बुझेको धाक लगाउँथे । पत्याउन गाह्रो लाग्यो होला, मेरा स्कुलका साथीहरुलाई पनि त्यस्तै लग्थियो, ओठ लेप्र्‍उँथे । तर गधे पच्चिसी पनि नपुदै त्यस्तो भन्नु आफ्नो अज्ञानता मात्र देखाउने काम हो, अहिले बुझेको छु ।
त्यही पनि जीवन नभएपनि मृत्‍यु बुझे जस्तो लाग्छ।यो चाँही भोगेरै भनेको है।

गएको आइतबार, भदौ १६(Sep 2, 2007) काठमाडौंका तीन ठाउँमा श्रीखलबधरुपमा बम बिस्फोट भयो । तीन को मृत्‍यु भयो, दुई को घटनास्थल्मै र एक को केही दिन पछी।

मर्नेमा दुई १२ कक्षाका विद्यार्थी थिए।अनिशा के सि डाक्टर हुन चाहन्थिन रे, वेल कम पार्टिक लागि गीत गाउने अभ्यास गरिरहेकी थिइन रे, सधैं हस्ने, घरकी कान्छी ।शोकले आमा बुवा दाग बती दिन नसक्ने भएपछी हजुरबुवाले दिएछन ।

सन्ध्या खड्का त्यो दिन थानकोट देखी गाडी चढेर कलंकी पुगेपछी वाइ सि एल ले गरेको सडक अवरोधक कारण हिड्दै कलेज पुगिछन।बाटोमा एउटा राम्रो टप देखिछन्, साथीसँग त्यो किन्ने कुरा पनि गरिन रे। त्यही दिन उनको देहवसान भयो।मृत्‍यु, आयो टप्प टिप्यो मिती पुग्यो टारेर टर्दैन त्यो…..

सत्र मात्र पुगेका ति दुवै युवतिहरुलाई म चिन्दिन । तर त्यो उमेर, त्यो जोश, ति सपना सबै सँग राम्रैसँग परिचित छु । तीन बर्ष अघी म आँफै १२मा बिज्ञानकै विद्यार्थी थिएँ ।अनिशा ले मलाई मेरै साथीको याद आयो। सधैं हास्ने, कहिले नरिसाउने र कान्छी । सन्ध्याको टप जसतै उसलाई त्यो कहिले नआउने अर्को हफ्ता कपाल स्ट्रेट गर्नु थियो।युवा र अनगिन्ती सपना। अर्थशास्त्रमा स्नाकोतर र विश्वाभ्रमण भविस्यक योजना थिए।

त्यही आइतबार खान खादाँ कसैले भन्यो “देशमा तेत्रो जनयुद भयो तर तिम्रो साथी काठमाडौंमै गोली हानिएर मरी।” “अँ” मैले थालमै हेरेर उत्तर दिएँ । ” फेरी आज तेत्रो शन्ती सम्झौता भइसकेपछी बम ले मान्छे मरे।”

आफुलाई नपरेसम्म मान्छे मर्नु समाचार सुनेर ” ए” भनेर एक पटक साहनुभुती
प्रकट गरेपछी सबै पहिलेकै जस्तो हुन्छ। जस्तो कि त्यही आईतवार हिट्स एफ.एम मा एउटी आर जे समाचार भन्दै थियिन “कुनै हलिउडकी हिरोइन को मालिबुस्थित घरमा लडेर ३ खुट्टाको औंला मर्कियो होकी भँचियो रे!” “Ouch it must have hurt!” She added. ति होलिउड कि लाई शायद नेपाल भन्ने देश बारे पनि थाहा नहोला, तर आफ्नै शहरमा तेत्रो बम पड्कदाँ त्यो वाइहात गफ सुन्नुपरेको छ।

संसार चल्छ, सधैं झै चलिनै रहन्छ। तर बाँच्नेको संसार उही रहन्न। उस्को पनि मर्ने सँगइ मृत्‍यु हुन्छ। त्यो मान्छेसँग जसरी बोलिन्थ्यो, हाँसिन्थ्यो, उत्साहित भयिन्थ्यो त्यो अब कहिले कसै सँग नि भयिन्न। जती सन्क्रमन कलिन बहाना बनाये पनि मृत्‍यु नितान्त ब्यक्तिगत कुरा हो। उस्को मृत्‍यु त अब सधैं रहस्यानै रहला तर यि तीन मार्नेको परिचय खुलोस।

५-६ छ दिन बितिसक्दा पनि कोही पनि नसमातिँदा परिवारलाई कस्तो होला। बहिनी भन्छे “जिन्दगी mystery novel जस्तो हुन्न, जस्मा अन्तिममा सबै पत्ता लाग्छ र बाँच्नेलाई शन्ती प्राप्त हुन्छ।” शायद। उस्कोमा त्यही प्रमाणित भयो। तर ति कलीला केटीहरु त राजनीतिक कारणले मारीए । यो कस्तो ढिलासुस्ती हो? यही हो प्रहरिको चुस्तता? पक्रेर परिवारअगाडी नल्याएे सम्म के को न्याय? अनी त्यो Truth and Reconcialition Bill को कुरा उस्तै……..

भोग्नेलाई बहेक अरुलाई कती सस्तो भएको यो जीवनको मुल्य?
May the Departed souls rest in Peace.सस्तो भएको मृत्‍युको मुल्य सबै जिउँदाले बुझुन।

मै जहाँ भि रहुन मै कहिन भि हुँ तेरी याद साथ हे
किसी से कहुँ या ना कहुँ ए दिल कि बात हे……

Advertisements

4 comments

  1. मृत्‍यु को मुल्य का बारेमा तिम्रो बिचार राम्रो लाग्यो। बिचार यसार्थमा राम्रो लग्योकी पिडा पाउनेलाई यस्को मुल्य
    थाहा हुन्छ तर direct पिडा नपाउनेलाई यसको मुल्य थाहा हुँदैन भन्ने कुरा नै तिम्रो ब्लगको सार भएकोले राम्रो लाग्यो। तिमीलाई थाहा छ नि मृत्‍यु को मुल्य का बारेमा म पनि एउटा साक्षी हु नि।

    यो दुनियाँ यती स्वर्थी छ कि भित्र जस्ले जसरी evaluation गरे पनि बाहिर मृत्‍यु को चोट पाउनेहारुलाई शाहअनुभुती दिन्छ तर उसले जीवन कसरी बाँचेको छ भन्ने कुर धेरै क म मान्छेले मात्र बुझछन। तर जे भएपनी, मृत्‍यु सँग डराएर हामी भागन सक्दैनौ मात्र preventive measure अप्नाउन सक्छौं । यस्लाई फेस गर्नु पर्छ अनी मृत्‍यु भएर जानेहारुका नजिकका लाई वास्तवइक रुपमा शाहनुभुती दिनु पर्छ। बढी के लेखौ यार……..

  2. शायद मृत्‍युको मा मला मा empathy भन्ने कुरा हुँदैन, तर कैसैको दोश होइन face नगरेको कुरा मा कसरी सान्त्वना दिन्सक्नु र जस्तो लाग्छ .मलाई पहिले सबैजनाले accident भनेको जस्तो
    मृत्‍यु को कुरा गर्ने हाम्रो culture नै छैन नि
    अनी यो भोगाइ पनि अजिब हुँदो रहेछ, बिर्सें बिर्सें जस्तो सम्झे सम्झे जस्तो अब मन दरो भयो जस्तो लाग्छ अनी फेरी कसैले सोध्छ “६ महिन भयो होइन?” अनी सासै नफेरी उत्तर दियिहाल्छु होइन ४ हुन पनि ५ दिन बाँकी छ। जिन्दगी तेही गते देखी सुरु भये जस्तो, त्यही नै एउटै refrence point जस्तो। अनी लाग्छ म त त्यही नै रहेछु। आज एउटा सर लाई उस्को याद आयो रे ….यो याद पनि कती पिडादायी उल्झन।
    म आँफै भोग्न सकुलाँ तर of course our experiences are different and life goes on..damn it always goes on inspite of everything…. yes, I think I am facing the reality quite well these days. Hope you are too, she wouldn’t want us to be sad , hoina ta baudik mitra 🙂 ? Take care

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s