काठमाडौंको युवा जमघट

हल्ल्ाा । घरि साथीहरूको प्रस्तुतिकरण लामो भएर त घरि कुनै महिला सहभागीले ‘म जन्मेको माया दिन, सक्छौ तिमी लिन -‘ भन्ने प्रश्न तेर्स्याउ“दा । युवाको त्यो कार्यक्रममा अधिकांश सहभागी अधर्ैय र अस्थिर थिए भने कोही लाजै लाग्नेगरी हल्ला गर्ने ग्ाफाडी युवा, कोही कामभन्दा चियाको प्रतीक्षामा बस्ने युवा, कोही अध्ययनको कमी भएका युवा र आफूलाई अल्पबुद्धि भनी परिचय गराउने केही मजस्ता युवा । जे भए पनि कमी-कमजोरी स्वीकार्दै देशको परिवर्तनका सम्वाहकको हैसियतले आफ्नो स्वर दिन भेला भएको त्यो युवा जमातलाई म सलाम गर्दै फेरि- ‘धन्य युवा ।’


प्रसङ्ग हो, काठमाडौ“मा अघिल्लो महिना मध्यतिर चलेको ‘राष्ट्रिय युवा सम्मेलन, २०६४’ को । नेपाल युवा संस्था सञ्जाल -आयोन) ले शिक्षा मन्त्रालय र सेभ द चिल्ड्रेन, नर्वेको सहयोगमा आयोजित त्यस सम्मेलनको मुख्य नारा थियो- ‘भावी नेपालका लागि युवा परिकल्पना ।’

देशको वर्तमान अवस्था, आसन्न संविधानसभा निर्वाचन, भावी नेपाल निर्माण आदिमा युवाको भूमिका प्रभावकारी बनाउ“दै र युवा हक-हित-अधिकारको संस्थागत संरक्षण गर्दै राज्यका सम्पर्ूण्ा अंगहरूमा युवा प्रतिनिधित्वको सुनिश्चित भएको भावी नेपालको युवा परिकल्पना तयार पार्ने त्यो कार्यक्रम गरिएको थियो । ७५ वटै जिल्लाबाट नेतृत्वदायी भूमिका गरिरहेका युवा -१६ देखि ३५ वर्षभत्र) लाई सम्मेलनमा सहभागी हुन मिडियामा आवेदन मागिएको थियो । सम्मेलनमा ५५ जिल्ल्ााका करिब २२५ सहभागी छानिएका थिए, जसमध्ये केही बन्दका कारण अनुपस्थित थिए भने कतिचाहि“ भारत हु“दै राजधानी आइपुगेका थिए ।

गाडीमा हुइ“केर एकछिनमै पुगिने पुलचोक इन्जिनियरिङ क्याम्पस र स्टाफ कलेज जाउलाखेलमा चलेको ३ दिने त्यस कार्यक्रममा कुनै मिडियाको उपस्थिति थिएन । एउटा नेपाली मूलका २४ वर्षो विदेशी ठिटोले विदेशमै सफलता हासिल गर्दा सारा देश तात्छ, त्यही“ जाउलाखेलमा उनैको कर्न्र्सटमा ठिटाठिटी हिलाम्मे भएर नाचेको तस्वीर पहिलो पृष्ठमा प्राथमिकतासाथ छापिन्छन्, उस्तै उमेरका धेरै युवाले यही“ केही गर्ने प्रयास गर्दा कोही बोल्दिदैन । सञ्चार सायद ग्ल्यामर खोज्छ । युवा सम्मेलनमा कहा“ त्यो पार्टर्ीीर देखिने युवायुवतीका क्लोजडान्स ‘सट्स’ लिन पाउनु – हुन त त्यही“ पनि ग्ल्यामरको कुनै कमी थिएन, हर्ेर्ने आखा“को कुरो न हो । मिडिया आफैं उमेरको आधारमा गरिने भेदभावबाट मुक्त हुन नसके कसको के लाग्छ –

राज्यका अन्य संयन्त्रले १६-३५ वर्षप्रति गर्ने व्यवहार पनि कम्ता रोचक छैन । युवाको आवश्यकता केवल ३ काममा महसुस हुन्छ ः आन्दोलनमा जान, नेताका भाषण सुन्न र दलको बन्द, हडताल र चक्काजाम सफल पार्न । किन यस्तो – भनेर तिनै ‘स्वघोषित’ जनताका प्रतिनिधिलाई सोध्दा कुटिल उत्तर पाइन्छ । केही महिनाअघि काठमाडौंको सेन्ट जेभियर्स कलेजमा त्यस्तै एउटा युवा कार्यक्रममा पुगेकी थिए“ । प्रमुख अतिथि थिए माओवादी नेता डा बाबुराम भट्टर्राई । उनलाई प्रश्न राख्ने क्रममा पीएन क्याम्पस पोखराका एक युवक आवेगमा आए- ‘आन्दोलनमा सधैं युवा अगाडि लगाइन्छन्, तर नेतृत्व तहमा केही हु“दैनन् । सधैं पछाडि पारिन्छन् । यही“ हेरौं, तपाईं नेता भएर कर्ुर्सर्ीी बस्नुभएको छ, तर पछाडि -खैरो युनिर्फम लगाएका उनका अंगरक्षक इंगित गर्दै) उभिने युवा नै हुन् ।’ नेताजीले हा“स्दै भने- ‘हेर्नोस्, चाहना त मेरो उनी पनि बसुन् भन्ने हो, आयोजकले कर्ुर्सर्ीीे व्यवस्था गरे सबै बस्थे ।’ केही ताली, केही हा“सो र केही असन्तुष्ट खासखुसमाझ कुरा टुङ्गयिो । लौ अब कार्यक्रममा आयोजकले कर्ुर्सर्ीीदए समस्या समाधान हुने रहेछ † वास्तविकता चैं त्यस्ता आन्दोलनताका मात्र याद आउने युवालाई निराशाबाट जोगाउन कसले के गर्ने हो –

शिक्षा अव्यावहारिक हुनाले जागिर नपाइने अनि पैसाविना संसार नचल्ने । लौ धेरै नसोची पढ्छु भन्दा पनि हाम्रा ‘जनचाहना’अनुरूप चल्ने संगठनलाई अनेकौं बहानामा तातो न छारोको ‘शैक्षिक हडताल’ नगरी भात नपच्ने । बाध्य भएर कति अरब जालान्, बा“की विरत्तिएर अमेरिका र अस्ट्रेलिया उड्लान् । त्यो पनि नसक्नेचाहि“ कहा“ जाने – सबैका छोराछोरी नेता-नेतृका बहुआयामिक सन्ततिसरह छात्रवृत्ति पाउन पनि सक्दैनन् † जनसंख्याको २८ प्रतिशत ओगट्ने १५ देखि २९ वर्षा नेपालीलाई विदेशिन सजिलो बनाउ“दैमा समस्या समाधान हु“दैन । रेमिटेन्सले अवश्य ठूलो धनराशि भित्र्याएको छ, तर पैसा परिचालन गर्न दक्ष जनशक्ति चाहिन्छ । फेरि यहा“ दक्ष भएर फर्केलान् भन्ने आस पनि छैन । विदेशी भूमिमा टेक्नेबित्तिकै हराइहाल्ने प्रवृत्ति जो छ †

केही समयअघि ‘न्युयोर्क टाइम्स’मा थोमस प्रिmडम्यानको ‘जेनेरेसन क्यु -क्वायट)’ शर्ीष्ाकको घतलाग्दो लेख प्रकाशित भएको थियो । इन्टरनेटमै व्यस्त रहेर चुपचाप बस्ने अमेरिकी युवा पुस्तालाई सम्बोधन गर्दै उनले लेखेका छन्- ‘अमेरिकालाई चुप बस्ने ‘क्यु’ पुस्ताबाट आदर्शवाद, सक्रियता र ज्वालाको झट्का आवश्यक छ । २० चानचुन उमेरकाहरू त्यसैका लागि हुन्- देशमा -उत्साहको) आगो जलाउन । तिनले -त्यो आगो) इमेल गर्न सक्दैनन्, न अनलाइन निवेदन या माउसको एक क्लिकले त्यो काम हुन्छ । तिनीहरू यसरी सङ्गठित हुनर्ुपर्छ कि राजनीतिज्ञ तिनलाई सुन्न बाध्य होउन्, नकि उनीहरूलाई अर्तिमात्रै दिउन् ।’

मार्टिन लुथर किङ र बबी केनेडीले ‘नो प्लाटर्फमरूनो फेसबुक’ अभियानमा संलग्न हुने निम्तो दिएर वा अरू साथीलाई ‘आ’ डाउनलोड गर्ने अनुरोध गरेर संसारमा परिवर्तन ल्याएका थिएनन्, प्रिmडम्यान तर्क गर्छन् । ‘जागरण एउटै तरिकाले मात्र अपलोड गर्न सकिन्छ’, उनी लेख्छन्- ‘त्यही पुरानो तरिकाबाट युवा मतदाताले शक्तिका सामुन्ने सत्य बोलेर, ठूलो सङ्ख्यामा, क्याम्पसमा वा वासिङटन मल -अमेरिकी राष्ट्रिय पार्क) मा । भर्चुवल राजनीति त्यतिमात्रै भर्चुवल हुनसक्छ ।’

हामीकहा“ लुथर किङजस्ता नेता नभए पनि प्रिmडम्यानले उल्लेख गरेका बीस चानचुन वषर्ीयहरू अवश्य छन् । भर्चुवल संसार हामीलाई सान्दर्भिक नभए पनि शक्ति सामुन्ने सा“चो बोल्न आ“ट गर्ने युवा मतदाता आवश्यक छन् । र त्यो सत्तासीनहरूलाई नीडर भई प्रश्न राख्न सक्ने यहा“ ठूलै जमात छ । चाहे त्यो युवा सम्मेलनमा होस् वा कलेज क्यान्टिनमा बहस चलिनै रहेका छन् । सधैं त नेताको वाकपटुताले पनि काम नगर्ला नि †

Published on Oct 30,2007

Advertisements

2 comments

  1. Great writeup, but a question though,

    On one hand you say,
    “हाम्रा ‘जनचाहना’अनुरूप चल्ने संगठनलाई अनेकौं बहानामा तातो न छारोको ‘शैक्षिक हडताल’ नगरी भात नपच्ने”

    And on other hand you agree with

    “त्यही पुरानो तरिकाबाट युवा मतदाताले शक्तिका सामुन्ने सत्य बोलेर, ठूलो सङ्ख्यामा, क्याम्पसमा वा वासिङटन मल -अमेरिकी राष्ट्रिय पार्क) मा….”

    So, doesn’t that mean that “Yuba” should be radical and do point no. 2 as Friedmann says, which leads to point no1, and so this becomes a circular logic?

  2. यो भनेको जटिल कुरा हो ।……………..शिक्षा अव्यावहारिक हुनाले जागिर नपाइने अनि पैसाविना संसार नचल्ने…………… युवा ले नेतृत्व लिने कहिले ????

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s