मनको बह, आफ्नै ब्लगलाई कह !

थाहै नपाइ केही भएछ । हुन त यो वाक्य लेख्दा लेख्दै मेरो दिमागमा पनि अर्जुन कुमारको “थाहै नपाइ (शब्द बिर्से) मनमा” भन्ने गीत नै आएको थियो तर यहाँ कुरा अर्कै छ । थाहै नपाइ बुढो भइएछ । (अँ मलाई त्यो मन त तरुनै छ है भन्न मन लाग्दैन) खुब बेफ्वाँकको कुरामै जीन्दगी बित्ला भन्ने सोचेकी थिएँ ,सोच्ने बेला पो आइसकेछ । प्रश्न उठ्ला ‘के का बारेमा?’।


हेटौडाको होटल एभोकाडो बाहिर निस्कदै गर्दा कालीले भनेको कुरा याद आयो । हामी चार जना थियौँ (म, सृष्टि, सुमी र काली) । कालीले जिस्किदै भनी, “केटी हो अब त बि ए पनि सकिन आँट्यो । बिहे गर्ने बेला भइसक्यो । अब मेरो, सुमि र सृष्टिको पो कोहि छैन, यसको त सबै सेट छ !

एकैछिन सोचें र सोधेँ , “त्यो त उल्टो कुरा भएन र भन्या ? मलाई घोचपेच गरेको ?”

“तेरो छ नि आकाश हाम्रो पो कोहि न कोहि हा हा हा,” उसले प्रिय आकाशको अस्तित्वलाई हाँसोमा उडाई ।

माथिका कुरा पढेमा मेरी बहिनीको एउटै मात्र प्रतिक्रिया हुनेछ ‘तँ र तेरा छिचरा कुराले भरिएको तेरो ब्लग !’ तपाई पनि त्यही सोच्नुहोला, बालै भएन नी । फेरी त्यो मलाई सोचमग्न तुल्याउने कुरा पनि होइन । मलाई घोत्ल्याउने कुरा चाहिँ बि ए सकिन आँटयो मै सकिन्छ । सोच्ने कुरा पनि त हो नि होइन र ? चार वर्षे बि ए पढेर के के न होला भन्न ठानेको, ४ वर्षनपुग्दै वाक्क लागिसक्यो । हाम्रा बा का पालामा त एम ए दोस्रो वर्षपुगिसकेकी हुन्थे, क्या बोर । अहिले पनि आरु र मोने मार्स्र्टस गदैछन्, धारेको त अगाडि पर्दा पनि असाध्यै ट्वाँके लागेर आउँछ । मलाई उनीहरुसँग दाँजेर दुख लागेको होइन कि आफ्नै पढ्ने जाँगर मरेको देखेर डर लागेको । संगत पनि फेरी पढाइमा एक्सेल नगरेनि आफ्नो क्षेत्रमा दक्ष रहेकाहरु सँग मात्र छ, कसरी प्रोत्साहित हुनु ? सब काम गर्ने अनि प्राइभेट पढेर जाँच दिने, आहा क्या हाइसन्चो है ? आखिर यो सारा पर्ढाई पनि जे जस्ता ठूला कुरा गरेपनि मुखमा माड लाउन न हो ?

तर त्यस्ता मान्छेको त्यो बाध्यता पनि हुनसक्छ नि, हैन त ? ति पनि सायद कलेजको होहल्ला, मोजमस्ती, हावादारी गफ चाहन्छन् कि ? खै के के, एक तर्फ आफ्नो पढाई यहाँका अधिकांशले पाएको भन्दा राम्रै ठान्छु, टि यू मा जस्तो भगवान भरोसे परिक्षाफल झेल्नुपर्दैन, न यो पढाइ अव्यहारिक नै छ । अर्को तर्फभने मनमा खालि छेउ न टेप्पाका कुराहरु (पढाइका अवरोध) नै धेरै खेल्छन् । उफ म टिनएजर त होइन नि, किन यस्तो कन्फ्युजन? मेरो विचारमा ब्याच्लर्रस पढुनजेलसम्म विद्यार्थीलाई पेल्नैपर्छ । यसै हाम्रा पुर्वजले किन २५ वर्षसम्म शिक्षा अनि मात्र गृहस्थाश्रमका कुरा किन गर्थे र? ती ऋषिमुनिका कुरामा पनि केही दम त पक्कै होला । यसै बौलाएर जंगलमा किन ध्यान गरि बस्नु?

यो विज्ञानले पराकाष्ठा नागेको समयमा त्यस्ता कुरा गर्न नसुहाउला तर सुहाउने कुरा सधै कहाँ आवश्यक हुन्छन् र ? फेरी यो मामला त अनेभव पनि छ नि । यो विकास अध्ययन भन्ने विषय नै उस्तै परेर हो कि ? गफ हाने पुग्छ ऊ भन्छ तर म सहमत छैन । हामीलाई त अरुन्धति रोय देखि नोम चोम्स्कि लगाएत अमर्त्य सेन, जेफरी स्याक्स सबका कुरा पानी पानी हुनुपर्नै, घोकेर होइन कि बुझेर, प्रत्येक कोणबाट तर्क वितर्क गर्नसक्नु पर्नै तर त्यस लायकको मान्छे कोहि छैन । खालि बिहानको पढाइ अनि दिनभरि छाडा गोरु सरहको स्वतन्त्रता पाएपछि को पढ्ने ? पढ्नेहरु नै पहिले त नगण्य छन् त्यसमाथि पढाइले मात्र त काम पाइदैन है सबजना तर्सन्छन् । काम रोज्ने त हैसियत छैन त्यसैले संसार भ्याइन्छ , पोस्टर टाँस्ने कामदेखि घरि युवा सम्मेलन त घरि महिला पत्रकार सम्मेलन । अनि सधैँ चन्द्रमा उदाइसकेपछि घर पुग्दा त आफू विद्यार्थी पनि हुँ है, पढ्नुपछै भन्ने कुरा पनि बिसिइन्छ ! मलाई त्यसैले घरिघरि त्यही होस्टेलका दिन याद आउँछन् ५बजे उठ्यो अनि बेलुकीको १०बजे सम्म स्केजवल प्याक ! यतिका लेख्न र पढ्न सकेको पनि त्यही स्कूलकै देन हो ।

कलेजमा राम्रो पढेर अहिले मार्स्र्टस गरिरहेका मेरा दुवै साथी भारत पढेका, एउटीले विज्ञान,अर्कीले मानविकी । त्यहाँ त ब्याचलर्समा नि खुब पेल्ने (मानविकीमा पनि) । एम ए पढ्न जानु अघि एउटी सँग जाभामा भेटेकी थिएँ । टेबुलमा एउटा पहेँलो रङ्गको फूल थियो, हेर्दै अनुहारमा हाँसो र्छर्ने खालको असाध्यै राम्रो । चार जना थियौँ तर कसैलाई त्यसको नाम आएन । एकछिन पछि आरुले त्यो फूललाई नियाल्दै भनिन् “यो फूल Asteracea Family को हो । त्यो फ्यामेलीको फूलहरुमा दुइटा डिस्क आकार देखिन्छ, हेर त ।” उसो त बोटनी पढेको जो कोही त्यति भन्न सक्दो हो तर यसरी ट्वाक्क आफ्नो ज्ञान काम आए पो पढाइको औचित्य । म त दङ्गै परेनि ! त्यहीरुपमा हामी विकासेहरुले पनि नोम चोम्स्किको “कन्सेन्ट म्यानुफ्याक्चरिङ्ग” जस्ता कुरा चोटिला तर्क सहित प्रस्तुत गर्न सके पो ! त्यसका लागि त पढ्नुपर्यो अनि यो उमेरमा सब उम्कने बाटो बन्द नभएसम्म पढ्ने को? प्लस टुमा भएकङ्करका नक्कली भएका मेरा साथी त तहलागे अरुको के कुरा? स्वाध्याययन गर्ने त कमै भेटिन्छन, बहुजन हिताय सोच्ने हो भने यो मेरो विचारमा एउटै अचूक औषधी हो । हाम्रो कक्षाका निम्ति मात्र भए नि।

क्या औतारी यहाँ पढ्छन् भने बुझिसक्नु छैन । ४ मध्ये ३ वर्षगइसक्यो अमेरिका जाने रे ????? किन थाह छ ? त्यहाँ एसिड हो कि के जाति पार्टि हुन्छ त्यसैले रे । म त सुन्दै बौलाउँछु । यसै त मलाई यो अमेरिका भाग्नेहरुसँग एलर्जी छ । (वास्तवमै पढ्न जानेहरुसँग बाहेक, जुन रेयर केस सिनारियो हो) अँ मङ्गोलिएन हर्टका ब्यान्ड मेम्बर पनि उतै भागे रे होइन? थुइइया हुतिहारा । अनि यो एन आर एन पनि कतै त्यसतै भगौडेहरुको सगठन त होइन? कसैले मेरो अज्ञानता हटाइदिनु पर्यो ।

अँ म त कक्षामै थिए है? फेरी औतारी कै कुरा गरौँ । भर्खरै को फिल्ड ट्रिपमा कसैको कुरा सुन्न पुगेँ “हेर न, मैले त आर्म्स सेभनै गर्न बिर्सेछु । (बाहुला माथि सार्दै ) कस्तो डिस्गस्टिङ्ग है ।” मसँग कुरा गरेको भए “वाहियात” भनिदिन्थेँ, अर्काको कुराकानीमा बाठो टोपलिन मिलेन । सिकाइ भने पुरानै रह्यो, “नखरेवाली विकासे र भगौडे नेपालीहरुका आश गर्न मिल्दैन ।” फर्केर फेरी त्यही विदेशका सडक कति चिल्लो र के कति राम्रो सुन्ने हामीलाई पनि फुर्सद छैन । अर्काले बनाएको देशको वर्णनगर्न धेरै सजिलो छ, के विश्वयुद्ध पछि सबै जापानीहरु भागेर त्यो देश बनेको हो- रत्नपार्कमा मान्छेले ठेले भन्ने कुरालाई मुद्दा बनाउनेहरु सब उतै बस्नु नि, रक्सी धोक्नु अनि राष्ट्रियताको गफ हाँक्नु । यहाँ आएर के देशले यस्ता र उस्तो वातावरण बनाइदिनु पर्यो भन्नु ? वातावरण त यहिँ बस्नेहरुको चाहना अनुसार हुनुपर्छ, पाखण्डी पाहुनाहरुले भन्ने कुरै होइन। गरे जे पनि हुन्छ, महँगीमा त्यही जयनेपाल पनि चलेकै छ, माओवादीले सबै ध्वस्त पारे पनि सि डि एम ए ब्रिद्रिमजस्तो गाउँमा पुगेकै छ, कोही बाँदर लड्ने भीरमा पुगेर चेपाङका लागि काम गरिरहेका छन् भने यहाँ १० किलोमिटरको अध्यारो बाटो हरेक रात छिचोलेर, बच्चा च्यापेर पनि यो पितृसत्तात्मक समाजमा महिलाहरुले जिल्लामा पत्रकारिता गरेकै छन् । यहाँ नौलो सोच को खाँचो छ, आडम्बरी राष्ट्रियताको होइन ।

कहाँबाट सुरु गरेको कहाँ आएर टुङ्गिएछ । तर जे होस् लेखेरै मन हलुका भयो । यहि सिलसिलामा एक जिल्लाकी पत्रकारले म रात, बिहान, भोक, तिर्खा केहि नभनि काम गर्छु भनेको याद आयो । तिनमा त त्यत्रो हिम्मत छ भने मैले बेफ्वाँकका कुरामा अल्झेर समय बर्बाद गर्नु त लज्जास्पद नै हुनेछ । वाह, लेखेरै दिशाबोध पनि भयो !

(अनि यो सब मैले कान्तिपुरमा टाइप गरेकोमा आफैलाई बधाई ! हिम्मत गरे नेपालीमा टाइप गर्नु पनि ठूलो कुरो होइन रहेछ है साथी हो ! ) 🙂 🙂 🙂

Advertisements

7 comments

  1. 1. I dont know why I get irritated when I hear “बालै भएन नि ” everywhere. Who started this ……? Mundre? 🙂
    2. “We all can share AAKAaSH .” Bhaneko bhaye hunthyo ni? Ki sauteni bhavana jaagyo? 🙂 😛 hehehe\

    3. Congratulations. But why not Romanized Nepali Unicode? (I know know ba ka ma na in Kantipur. 🙂 )

    4. Shuvakamana. Thahai napai Thulo bhayeko maa. 🙂

  2. Khoi, I even don’t understand what you are trying to say throgu this thread. but a informal one, intresting to read.

    यहाँ नौलो सोच को खाँचो छ, आडम्बरी राष्ट्रियताको होइन!

    The perfect line in the whole thread.
    ——————

    If you compare BA and BIHE, you find some similarity….People after BA and BIHE started to become a bold and responsible…. NO HAWA DARI LIKE IN YOUR THIS THREAD…ehehe..Anyway…You are still young not budi…come on koi manish 24-25 barsa ma budhi hunna kaya…..

  3. धेरैपछि नेपालीमा घतलाग्दा कुराहरू पढ्न पाइयो नेपाली ब्लग संसारमा! स्नातक तहसम्म “विद्यार्थीहरूलाई पेल्नैपर्छ” भन्ने कुरामा पूर्ण सहमत छु म। मेरो आफ्नै अनुभवमा भन्दा मैले स्नातक तहमा जति मेहनत गरेँ, त्यसपछि त्यसको आघा पनि गरिन होला स्नातकोत्तरमा। स्नातक तह नै मेरो शैक्षिक जीवनको आधार बनेको छ भन्दा अत्युक्ति नहोला। तर पढेका कुरालाई व्यवहारमा उतार्ने कुरामा भने मैले केही भन्न नमिल्ला, कारण मैले विद्यार्थी जीवन बाहेकको जीवन जिएकै छैन खासै। यस विषयमा मेरो एउटै सफाइ के हुन्छ भने म मेरा अध्ययन-अनुसन्धानहरू सकेसम्म व्यवहारिक विषयबस्तुमा आधारित गर्ने कोशिस गर्छु। अब ती अध्ययन-अनुसन्धानहरूबाट निस्केका कुराहरूलाई अधिकारमा भएकाहरूले नीतिमा परिवर्तन गरिदिए देखि आफ्ना अनुसन्धानहरू सफल भएको ठान्छु। हैन भने frustrated (नेपाली शब्द थाहा भएन मलाई!) हुनु भन्दा अर्को उपाए छैन, खासगरी मजस्ता देशबाट “भागेका” लाई।

    एउटा अर्को कुरा – उमेर जति बढ्दै जान्छ, त्यतिनै बितेका वर्षहरू हालका वर्षहरू भन्दा सजिला र रमाईला लाग्दैजाने रहेछन् (मेरो अनुभवको कुरा गरेको यहाँ, अरुका अनुभवमा यो कुरा लागू नहुन सक्छ!)।

    अनि “हिम्मत गरी नेपालीमा टाइप” गरेकोमा बधाई तथा धन्यवाद !!

  4. सि डि एम ए ब्रिद्रिमजस्तो गाउँमा पुगेकै छ……………..Yaa , Hope the development should be started from Village first. Then u feel really rich country otherwise from your blog, Ratnapark is always JAM.
    Also, You can use your NTC Namaste mobile in Briddim village too soon.
    Thanks.

  5. “यो एन आर एन पनि कतै त्यसतै भगौडेहरुको सगठन त होइन? कसैले मेरो अज्ञानता हटाइदिनु प-यो।”

    NRN “Gaathwaal” haru ko sangathan ho bhanchhan. Bhage pani pachhi sampanna bhaye pachhi aru lai matlab hunna kyare. Jasle le garna sakayo tyo Hutihaara hoina, karmaveer ho! 🙂

    Smuggling gare pani yahan kasari kamayo bhanda pani “kati” kamayo herchhan manchhe haru. 🙂

    Tax chor haru lai na sarkaar le karvahi garchha, na Maobadi le. Kina ki tax sarkaar ko kosh ma janchha, “chandaa” sarkaar chalaune haru ko maa ani ghush karmachari ko khalti ma….

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s