मसिर १९ ,२०६४ बुधबारको विवरण :)

“उसले त त्यसो भएपछि आत्महत्या नै गरि, यसले के गर्थी म त त्यसो भनेको कहिले बिर्सन सक्दिन ” ती महिला रौसिएर गफ गर्दै थिइन्। कालो वर्ण , हरियो सारी र सुनले झपक्क ढाकेको कान, नाक र गला। म उनी तिर नै फर्कैर बसेकी थिएँ। रातो ओठको लालीले चाहि मेरो आँखै खायो। गंगबु देखि भक्तपुर हान्निएको त्यो बस सुकेधारामा रोक्यो । एक हुल मान्छे चढे, कोही पनि ओर्लिएनन्।


बस अघि बढ्यो, हुल भएकाले गर्मी थियो। मुख नदेखे नि स्वर चाहि त्यही महिला कै थियो। उनको बाहेक बसमा अरु कोही बाली रहेका थिएनन्।

“यी आइमाइ हरुलाई पनि एउटा चौरमा लगेर राखिदिनु पर्ने , गफ पनि कति गर्न सकेका है ” मेरा दाँया पट्टि बसेका यात्रुले कुरा सुरु गरे।

“त्यही त , कस्तो नसिधिने गफ हो! ” सेतो स्वेटर लाएर उभिरहेका अर्का महानुभावले कुरा थपे।

“ केही कुरा त बिर्सिनु नि है? लेखेर राखे जतिकै सब कुरा याद हुने!” फेरी छेवैका यात्रु बोले। मेरा सामुन्ने उभिरहेका पुरुषहरुमा हाँसो छायो। म पनि खित्का छाडेर हाँसे। उता भने गफको विषय परिवर्तन भइसकेछ।

“बुधबार मात्र माछा, मासु खान हुन्न। आफुलाई त खान नि मन लाग्दैन। मैले छाडे देखि अरु बीस भक्तले पनि खान छाडे। ” ती सेतो स्वेटर लगाएका अधबैसेले प्रतिक्रिया नजनाइ रहन सकेनन् ,“ आफूलाई त अगाडि ल्याएर मात्र राखिदिनु पर्छ जे पनि खान मन लाग्छ!” फेरी हाँसो छायो।

ती महिला थाहै नपाई हामी सबलाई हसाइरहेकी थिइन्। म अमेरिन लाइब्रेरीमा डकुमेन्ट्री हेरेर फर्कदैथिए , भक्तपुरे ड्वाङमा। भक्तपुरको मिनीबस भन्छन् क्यारे तर मेरा निम्ति त्यो पाङ्गा भएको ड्वाङ नै हो। ड्वाङमा मर्सिडिज बेन्जको चिन्ह देखिन्छ, तर सुविधा चाहि राम जाने। कोटेश्वर आइसकेछ।

“३ जना त ओर्ले होलान् नि ” मेरा छेउका यात्रुले भने।
“ १७जना चढाइहाल्छ , के फरक भयो र? ” सेतो स्वेटर फेरी बोले।

यो चाहि ड्वाङ सञ्चालनको प्रक्रिया।

यात्रा केही असजिलो भएपनि डकुमेन्ट्री चाहिँ राम्रो थियो। “सि राइट्स”, तमिल नाडुका चार महिला कवयित्रीहरुले भोगेको लैङ्गिक विभेदका बारेमा। एन्ट्रान्स त फ्रि थियो नै। त्यसमाथि पपकर्न र कोल्ड ड्रिन्क्सको पनि व्यवस्था। छिर्दा हुने झन्झट बाहेक अमेरिकन मेजमानी लाई चाहि मान्नैपर्छ। स्कि्रनिङ्ग सिधिने बितिकै साथीले प्रितिक्रिया दिइन्, “ आइ जस्ट डोन्ट अनउडरस्टान्ड दिस फ्यासिनेशन अफ बे्रस्टस् मेल ओर फिमेल?” डकुमेन्ट्रीमा कवयत्रीहरु आफ्नो शरीरको बारेमा खुला रुपमा लेख्नाले पुरुषहरुको घृणाका पात्र हुन्छन्। एउटीको त कविता सङग्रहको टाइटल नै “बे्रस्टस्” हुन्छ। फिलिममा पनि त्यसबारे निकै कविताहरु प्रस्तुत भएका थिए। आफ्नै शरीरका बारेमा लेख्दा पनि ती महिलालाई कत्रो सास्ती? अचम्मै लाग्छ, यो समाज देखेर। त्यही कुरा पुरुषले लेख्दा सौन्दय वणन हुने महिलाले गदा सडकमा भेटे मारे हुने पात्र !

नेपालीमा पनि एउटी महिलाले त्यस्तै लेखेको भए के हुन्थ्यो होला? एउटा ब्लगमा मैले किसबारे साथीहरुले गरेको जोक लेख्दा त साह्रै भल्गर कमेन्ट पाएको थिएँ त्यसो लेख्दा त के होला? उसो त निकै अगाडि यो लेखमा मेरा स्कूलका नेपाली सरले प्रतिक्रिया दिदै लेखेका थिए,“ तिमीले त्यसरी कम्मर समात्यो भन्नु चाहि छिचरो हुनु हो।”अरु पुरुष पाठकहरुले भने त्यसलाई बोल्ड मानेर पत्र लेख्दै मलाई केटीहरुले किन छोटो टि सर्ट र टाइट जिन्सबाट स्वयमलाई अप्ठ्यारो हुने गरी अन्डरवेयर देखाउछन् सम्मका प्रश्न सोधेका थिए। मैले पनि जाने सम्मको उत्तर नदिएको होइन। आफ्नो विचार राख्न के को डर? नेपाली समाज फिल्मको दक्षिण भारतभन्दा त उदार छ जस्तो लाग्छ, तर यसै भन्न मिल्दैन। इन्दिरा प्रसाईको केही कथा पढ्दै थिए, केही बोल्ड लाग्यो तर छाप छाड्ने खालको होइन। त्यसमा एउटी विकासे महिलाको छोटो अफ्येर बारे कथा छ, त्यो पनि खै के के नमिले जस्तो लाग्यो। तर मेरो नेपाली साहित्यबारेको ज्ञान अत्यन्त न्यून भएकाले धेरै फलाक्दिन

अब आफ्नो चाहि केही नन फिक्सन अध्ययन र अनुसन्धान गर्नै बेला छ, त्यसैले ब्याक टु द वर्ल्ड इज फ्लाट अनि अगाडिको ब्लगमा समय लिएर कमेन्ट गरिदिएकोमा तपाईलाई धेरै धन्यवाद यहाँ अाजकाल सबै कमेन्ट मोडरेट हुनाले त्यसो भयो । मलाई त हाम‍ो डेभेलपमेन्ट इकोनोवमिक्स सरको याद अायो उहाँ पनि त्यसै गरी कस्तो मज्जाले कुरा बुझाउनु हुन‌्छ । धन्यवाद ! 🙂

Advertisements

2 comments

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s