एक

इच्छा धेरै छन् जस्तो लाग्दैन, छन् तर पुरा नगरी यो अस्तित्व नै अर्थहीन होला जस्तो लाग्ने खालका छैनन्। कम भएकाले सायद तेरो जति पनि आफ्नो मानेर पुरा गर्ने मलाई फुर्सद छ। समय अलि बदलिएको छ, बेफुर्सदी भएजस्तो लाग्छ। एक वर्ष बितेछ , पत्तै नपाई होइन, प्रत्येक क्षेण बितेको पत्ता पाएर नै बित्यो। कुरा त मलाई त्यो दिनको विवरण दिएरै सुरु गर्न मन छ। तर त्यो हामीले एकै दिनमा तीन पटक मर्नेगरी ब्लाक फरेस्ट खान मनलागेर युरोपियन बेकरी धाएजस्तो यात्रा रहेनछ। त्यसैले धेरै सोच्दिन, साँच्ची भनेको।


हिजो म र सुमिरा कीर्तिपुर गयौं। ठाउँ रमाइलो रहेछ। अनि कस्तो संयोग, यो बितेको वर्षभरि मैले कयौं पटक त्यहाँ जाने योजना बनाएँ, तर कहिले जान सकिँन। जन्मदिनमा चोभार जान्छु सोच बनाएँ, आँट्न सकिँन। आफू न्यान्सि भएर केहि प्रमाण पाएको बारे पनि नसोचेको होइन। मेरो काल्पिनिक दुनियाँको विविरण त दिनु नपार्ला नि। सबलाई आजकाल आ–आफ्नै सोधपत्रको ध्याउन्न छ। केटिहरुले त्यही सिलसिलामा त्रि. वि को पुस्तकालय जाने योजना पनि धेरै अघि बनाएका थिए। त्यो पनि मिलेन। अनि सायद तँ पनि पहिलो पटक पुगेको सो ठाउँमा म पनि एकवर्ष पछिको उहि दिनमा पुगेँ। तर तँ त्यही , हामी गएकै ठाउँमा चाहिँ पुगिनस् क्यारे। बाघभैरव गएको , असाध्यै क्यूट मूर्ति रहेछ! मैले त प्रभुजीको गाला र कान तानिदेँ। भगवान् नि मान्छेकै दिमागका उपज न हुन् नि, होइन। त्यही पनि उहि नाममा कत्रो झगडा है? अब मैले यहाँ क्यूट गड लेखेँ भनेपनि बबन्डर हुनसक्छ क्या। ब्लग गर्‍यो कि बबन्डर होला भन्ने डर लाग्छ। एक त आजकाल फुर्सद पनि छैन अनि त्यसमाथि दिल खोलेर लेख्ने वातावरण पनि अब रहेन। जे होस् ती सबलाई बाल नदिई यो लेख्दैछु।

उस्तै छु , अन्तिम पटक देखेजस्तै। कपाल अनि टुप्पी पनि उस्तै छ, दुवै झ्याँस। ब्रेसेज पनि अब त दुई वर्ष बढी भइसक्यो। चश्मा चाहिँ तैँले देखिनस् क्यार। उसताका त तैँले बर्वाद गरिस् नि। म त लाजै पजाएर जहाँ पनि रोइदिन्थे। बस देखि प्लेनसम्म। ती क्षणहरुमा यो प्रिय मोटो चश्माले धेरै साथ दियो। एक दिन हनुमानढोका वरिपरिको एउटा मन्दिर (हामी बस्नेगरेको ठाउँ चाहिँ होइन ं)को सबैभन्दा माथि घुँडामा टाउको राखेर दुई घण्टा निदाएछु। रुँदा रुँदा यति आँखा दुखेको थियो कि खोल्नै नसक्ने। त्यो पनि एउटा अनुभव नै भयो। कति अनुभवी बनाइस् यार, आफू पनि डाँडा पारिकै घाम जस्तो लाग्छ! 🙂 वास्तवमै यो मृत्यु भन्ने कुरालाई मान्छे किन उमेर सँग जोड्छन् होला है? त्यो ‘नोशन’ त मेरो दिमागबाट पुरै हटिसक्यो। अरनिको राजमार्गका छेउमा पार्क गरिएको मालबाहक गाडीको छेउबाट हिँड्दा घरि घरि सोच्छु यो म माथि ढल्यो भने? डर लाग्दैन, मरेपनि आत्माले शान्ति प्राप्त गर्ला जस्तो लाग्छ। इच्छा हरुको फेहरिस्त छैन। हामीले बनाएको विश्व भ्रमणको कागज त छ तर आत्मसन्तुष्टिको लागि जिन्दगी जिउने एउटा र्फमुला बनाएको छु प्रत्येक दिन सो दिन गर्ने काम सिध्याउने र दिनको अन्त्यमा मरेनि चिन्ता नहोला। तर तलाई थाहै छ, सधैँ कहाँ उत्पादक काम गरिन्न अनि काम सिध्यारै मरिन्छ भन्ने ग्यारेन्टी के? बच्चा जस्तो कुरा भयो है? भन्न खोजेको चाहिँ यो हो : इच्छाहरुको प्राप्तिनै जिन्दगीको लक्ष्य हो भन्ने नसोच्ने। इच्छा अपूरो रहँदै मृत्यु भए गाह्रो होला जस्तो लाग्छ। तर फेरि मृत्यु पछिको ‘आत्मा’लाई कसले नै देखेको छ र है? आत्माको शान्ति वा अशान्ति बारे निर्णय गर्ने को? त्यही पनि मान्छेको मन न हो , हामीले पनि बाघभैरवमा गई तेरो नाममा दियो बाल्यौं र तँ जस्तै कुनै अदृश्य शक्तिलाई तेरो आत्मिक शान्तिको लागि कामना गर्‍यौँ। प्रार्थनाका ‘इक्ज्याक्ट’ शब्द चाहिँ तँलाई र मलाई मात्र थाह होला।

हिँड्दा खेरि सोच्दै थिएँ , नयाँ ठाउँको नयाँ दृश्य (राम्रै होला) हेर्दा हेर्‍दै त्यो नै अन्तिम दृश्य हुनेछ भनेर थाह पाउँदा मान्छेले के सोच्छ होला? त्यो हतियारको स्पर्श हुनु र गोली नचल्नु सम्मको क्षण के भयो होला? एउटा भेडालाई हरियो चौरको दृश्य देखाएर उसले स्वतन्त्रताको सास फेर्न पाउँदा नपाउँदैको हत्या। हाम्रो भेट सायद कुनै चलचित्रको छायाङ्कन स्थानमा भएको थियो। तँ निरासँग बोलिरहेकी ढङ्ग नपुगेको नक्कली थिइस्। त्यो ‘हाई’ पनि कस्तो नक्कली लागेको थियो। अहिले त कान्छुको नि बिहे भो। दिदिलाई प्रेमकहानी सुनाउँदा कसरी तिमीहरु डबल डेट जाने योजना बनाउँथ्यौं सब भूमिका बाँधेर भनिछे। बुढी पनि बिहा पछि चाहिँ पक्का बुढी भाछे। कस्तो तँ जस्तै देखिएकि थिई कि घरि घरि त मलाई पत्याउनै गाह्रो लागेको थियो। डिट्टो फेशिएल एक्सप्रेशन! खुब फोटो खिचेँ, निरेलाई त एर्लर्जी हुने गरि, क्यामेरा फुटाइदिन्छु भन्थी! अब सायद केहि वर्षका लागि साथीहरुको बिहेमा चाहिँ ब्रेक लाग्छ।

अरु त केहि रोचक भएको छैन। काम छ, यसपालि चाहिँ अरु टाकन–टुकन कामबाट अलि राम्रै आम्दानी भाथ्यो तर फि टिर्दै ठिक्क भो। भुटिभाङ्ग छैन तर त्यो रोडहाउस क्याफेमा कामको टि्रट दिने दबाब बढ्दो छ। अहिले सम्म चाहिँ भागेरै टारेको छु, एक महिना पछि चाहिँ ( काम रहिरहे) ख्वाउन सक्ने स्थितिमा हुन्छु। यो लेख्दा त म त्यति भावुक भाछैन तर बेला बखत एक्कासि, बाटोमा हिँड्दा हिँड्दै वा बसमा वा एक्लै हुँदा वा मिटिङ्गमा पनि आफ्नो भावनाहरुमा नियन्त्रण नै हुन्न। नियन्त्रण पनि किन गर्नु जस्तो लाग्छ? कुनै मान्छे देख्यो कि तेरो याद आउँछ। गाह्रो छ र यस्तो लाग्नेहरु धेरै छन्, तँलाई थाहै होला। कान्छुको पार्टीमा आमालाई भेटेको थिएँ। काका–काकी विदेशिएछन् , जुनु नि गइछ, अर्कै ठाउँमा घर सर्नुभएछ। अरु त बालुवाटार उस्तै छ। अस्ति मलाई श्रृता ‘गोसाइकुण्ड यात्रा कस्तो भयो त?’ भनेर सोध्दै थिई। उसलाई त्यो अँधुरो यात्रा बारे थाहै रहेनछ! कति सपना अधुरो भए है? मलाई तैंले केहि भन्न खोज्दा खोज्दै छुटिए जस्तो लाग्छ। समय नभएर पछि भन्छु है भनेर तँ टङ्गालको त्यो बाटो लागेर घर हिँडे जस्तो। मेरो त के कुरा सपनाको महल त सायद अरुकै ध्वस्त भयो होला। तर समयसँगै म सबमा सहि परिवर्तन देख्दैछु। कसैले सपना देख्न छाडेका छैनन्। तलाई भनेजति सब सपना साकार भएको छ रे।

अनि मेरो नेपाली टाइपको त झन्डै कुरा गर्न र्बिसेको छु। यसमा त अब पोख्तै भाछु नि! तँ न हो धाक लाउने मान्छे। मलाई सबैभन्दा बढी टाइप गर्न रमाइलो लाग्ने शब्द चाहिँ ‘जैविक विविधता’ हो, जैविक भन्दा नि विविधता चाहिँ रमाइलो लाग्छ। ‘विवि’ छिटो लेख्न कस्तो रमाइलो हुन्छ। मिले गरि हेर न ल। बाध्य भएर गर्नुपर्छ र त्यसैले गर्दा छिटो भएको छु। जिन्दगीलाई एउटा दिशा मिले जस्तो लाग्छ, कामको विषयमा पनि रुचि छ, त्यसमा विज्ञ भए नाम र दाम पनि प्रशस्तै हुन्छ भन्ने कुरामा पनि रत्तिभरको शङ्का छैन। तर घरि घरि चाहिँ यो सब उत्साह बाध्य भएर ,अरु कुनै बाटो नभएर आएको हो कि जस्तो पनि लाग्छ।

अरु के भनुँ यार, ह्यापि एनिर्भसरी भन्न मिलेन …….. छुच्चो कुरा भयो है? मृत्यु कुनै मान्छे भएको भए यहि ‘सारक्याजम’का साथ प्रस्तुत हुन्थे। तर्क बिर्तक गरेर घुँडा टेकाइदिन्थे…। तर मृत्युसँग दर्शनभेट नपाइने, पहिलो र अन्तिम दुवै एकैपटक मात्र, के गर्ने? गर्न मिल्ने केहि बाँकी भए भन, गरिदिन्छु, म खुसी हुँदा तलाई आफैले बाचेँजस्तो लाग्ने भए, मेरा सफल हुँदा त्यो क्षण पनि तेरै हुने भए प्रत्येक प्राप्तिद्वारा तेरा अपूर्ण इच्छा र आकांक्षा पुरा हुने भए दिलोज्यान दिएर बाँच्ने थिए। त्यही पनि मलाई किन हो ( आफ्नै शान्तिका लागि सायद ), म मार्फत तँ पनि बाँचीरहेछस् जस्तो लाग्छ। मनलाई शान्त पार्ने त्यही एउटा ठाउँ छ …. सधैं सम्झनामा भेटिरहुलाँ।

अन्त्यमा सुन्दाखेरी ,तेरो झल्झलि सम्झना आउने यो गीतको केहि अंशः

सों दर्द हे सो रातें
सब मिला दिलनशी एक तु हि नहीँ …..
सों रास्ते पर तेरी राहा नहीँ……
सों हसरते पर तेरा गम नहीँ

Advertisements

5 comments

  1. In Memoir..

    In memoir do I cry
    In memoir do I smile…
    I try to be alone my friend
    In memoir do I lie!

    In memoir do I live,
    In memoir do I write…
    I write for you my friend,
    In memoir do I die!

    In memoir do I sleep,
    In memoir do I dream…
    I still look for you my friend,
    In memoir do I try!

    In memoir do I hide,
    In memoir do I rise…
    I find you in my heart my friend,
    And in memoir do I fly!

    Memoirs remain forever, but with memoirs do we move on to make more memories. I hope you find more of memories to embrace upon! Just keep your arms wide upon, I know nothing can replace the same feeling again but there are thousand other feelings waiting for you to make more memories! Best of luck!! 🙂
    P.S.- I came I felt I wrote!! That is the feeling I got from ur writing!! 🙂

  2. i dont understand the whole phenomena of your writing that it may be a part of your life era but its seems like a stanza of a nobel….some lines are awesome …really dashing …why dont you try a ficton…???
    Who cares …Keep on Writing

  3. runa ta malai pani khub man parcha..ani paristhitile pani sadhai ruwai rahanchha….That’s why

    ………I love to walk in rain bcoz no one knows that i am crying………….

    ……..but i know how to overcome my crying…..i have given it a name of struggle to myself…..

  4. यो चिठ्ठी पढिसक्दा दाइने आँखाबाट एक थोपा आँसु चुहियो। जिन्दगी पनि कस्तो है, अनि साँच्चै, हामी कस्तरी मृत्युलाई उमेर सँग जोडेर हेर्छौँ… कति काम नसकि सुत्छौँ, कति मान्छेको चित्त दुखाउछौँ।
    यति बेला आफ्नो पनि एउटा पोस्ट share गर्न मन लाग्यो, हेर्नु ल?
    http://maichyang.wordpress.com/2008/10/11/a-letter-to-a-friend/
    I know what i’ve written about it not death, or doesn’t even resemble it, तर friendship त एउटै हो नि…

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s