आजको दिन

कामको प्रकृति पढ्ने, बुझ्ने र लेख्ने मात्र भएकाले सायद फोन गर्ने काम पाउँदा ममा चाहिने भन्दा बढी जोश आयो। कुर्सीमा पुग्ने बित्तिकै फोन दबाँए, फोन उठ्यो तर उतातिरको हल्लाका कारण कुरा प्रस्ट्याउन पाइएन। हतार थियो, हिँडे। दीपक बज्राचार्यको नक्कली मोरीलाई मायाको डोरीले बाँधेर नाच्न चाहन्थे भन्ने कुरा पनि बिर्सिएछ। नेपाल यातायातमा ‘जु जु ना ना ना’ सुनेपछि बल्ल याद आयो। लगातारै निमा रुम्बा ‘हुरी बतास’ बज्यो। यो गीत रिलिज हुँदा स्कूल पढ्थेँ, बिदामा घर आएको बेला मात्र इमेज च्लानलमा गीत हेरिन्थ्यो त्यही पनि मलाई यसको यो हरक चाहिँ अझै पनि कण्ठ छ :

हुरी बतास झैं आउँछिन् ,
उनी मलाई उडाई लान्छिन्,
उनको प्रेमको सागरमा
तर दिल मेरो तोडी
मलाई प्यासी त्यहाँ छोडी
उनी जान्छिन् आफ्नै बाटोमा

उभिए पनि यात्रा रमाइलो लाग्यो। टिचिङ कटेपछि बस–कन्डक्टर र एक यात्रु बीच बसको भाँडा र विद्यार्थी परिचय–पत्र बारे चर्काचर्की पर्नथाल्यो। गोपी कृष्ण तिर जाने नेपाल यातायात चढ्दा विद्यार्थी छुटबारे ठाकठुक नभाको दिन छैन। अन्तिम गन्तव्य आउन लाग्दा कन्डक्टरलाई निहुँ खोज्न मन लाग्छ क्यार। तर विद्यार्थी परिचयपत्रको दुरुपयोग नभएको पनि होइन। आजकाल सार्वजनिक यातायातमा कार्ड नभएको कोही हुँदैन। सायद काठमाडौंका सबै मान्छे जन्मदेखि मृत्युसम्म कुनै न कुनै शैक्षिक संस्थाका विद्यार्थी रहिरहन्छन्। युवा–युवती जति ‘मिसन अमेरिका’ नाम र आशय भएका संस्थाका विद्यार्थी र बुढा जति चाहिँ महँगीको शिकार भएर विद्यार्थी। जेहोस् सुकेधारामा ओर्लने एक युवतीले चाहिँ बसमा टोफेल/ आइएलटिस नामक एक किताब पढेर आफ्नो विद्यार्थी पहिचानको प्रमाण दिइरहेकी थिइन्।


गोपी कृष्णमा गाडी रोक्यो र म अस्पताल तिर दौडन थालेँ। अरनिको राजमार्गको धूले बाटोमा राति हिँड्न कसलाई पो रहर होला र? छिटै भएको जस्ता लागेको थियो तर हल मान्छेले भरिसकेको रहेछ। दुई हफ्ता अगाडि मैले पहिलो पटक देखेको एक फुच्ची पनि आइसकेकी थिई। उसबेला पालो पर्खदा त्यही फुच्चीको चर्तिकला हेरेर टाइम पास भएको थियो। अस्ति दाजुसँग थिइ, आज आमाको पालो रहेछ। अघिल्लो पटक त निकै उफ्रिँदै थिइ, एक छिन नहल्लीकन बस्न नसक्ने क्या! आज पनि बटारिँदै थिइ तर अलि कम। स्टार प्लसमा कुनै हिन्दी सिरियल आइरहेको थियो। टि भीमा नयाँ बुहारी भित्रिइन र कुनै बाबुजीको सेवामा लाग्न थालिन्। बाबुजी खाना खानै नमान्ने रहेछन् तर नव–बधुले ‘बेटीके हातसे नही खाएगें ‘ भन्ने बित्तिकै बुढाले एक गिलास दुध एक घुट्को मै निले। अनि बुहारी गइन् रसोइतिर। घरि ‘हलवाई आया ‘ त घरि ठूली बुहारीको मङ्गलसुत्र बाबुजीको इच्छा पुरा गर्न बिक्रीमा रे , कस्तो दिमाग चटाई क्या! अलि ज्यादा दिमाग चटुवा सिनमा चाहिँ म झ्याल बाहिर हेर्थेँ। हेर्ने कुरा केही पनि थिएन। धेरै मध्ये एउटा गमलामा एउटा सयपत्री फुलेको थियो र त्यस अगाडि एको लेखेको कालो प्राइभेट गाडी पार्क गरिएको थियो। अरू बेला त कोही न कोही आएर सधैँ च्लानल फेर्थ्यो , आज त्यो ‘कोही’ को नाक मुख पनि देखिएन। धन्न सिरिएल सिद्धयो र पालो पनि आयो।

दन्त उपचार हुँदै थियो , त्यो स्पाचुला हो कि के मेरो चिउँडोतिर पो घसि्रन पुग्यो। यसो चिउँडोमा हातलगेर दुखाइ कम गर्न मनथियो तर केही नभाको जसरी हल–चल नगरी बसेँ। त्यस पछि फेरी मलाई घर पुग्नकै हतार। सधैंको जाम, धूलो, नियम मिच्ने बाइक चालकहरू र छिचरा पैदलयात्रीहरू। छोटोमा भन्नुपर्दा अरनिको राजमार्ग भनेको त्यति हो। चार–पाँच दिन अघि , बेलुका घरतिर हिँड्दै थिएँ , मेरो छातीसम्म पनि नआउने दुई फुच्चेले बाटो छेके। घडीमा सात पनि बजेको थिएन तर अँध्यारो भइसकेको थियो। म निकै हतारमा थिएँ (सधैं झै) र पनि ती फुच्चेमध्ये एउटाले ‘आइ लभ यू’ भन्न भ्याइहाल्यो ! मलाई त अचम्म पनि लागेन , सायद कलियुगमा यति त सब महिलालाई सामान्य नै होला। जे होस्, त्यो सडक छेउ बत्ती नभएको राजमार्गमा राति हिँड्नु मेरो सौख नभएर बाध्यता हो। साढे पाँचसम्म त अफिस टाइम नै भइहाल्यो र जाम नभएको बेला न्यूनतम एक घण्टा त यात्राको समय नै। राजमार्ग पछि त्यो घाँसे बाटो हिँड्ने पनि रहर होइन र आजकाल त खतरा मोल्नपनि चाहन्न। त्यही पनि अरू पैदलयात्री फेला परेचाहिँ त्यही छोटो र असुरक्षित बाटो हिँड्छु। आज त्यस्तै दुई यात्रु भेटिए तर मनमनै म कुनै बाइकको प्रार्थना गर्दे थिएँ। त्यतिनै खेर बाइक आयो र घाँसे बाटोको यात्रा ( यात्राको अन्तिम ३ मिनेट) सहज भयो। अनि त के चाहियो, घर पुग्ने बित्तिकै कसरी मेरो दिमागमा ठ्याक्क बाइकको सम्झना आयो र त्यहि क्षण घ्याच्च बाइक रोकियो भनेर सुन्नेजतिलाई गफ पेलिहालेँ। आखिर दिन जस्तो भएपनि अन्त्य त राम्रो भयो नि! 🙂

Advertisements

10 comments

  1. रमाइलो लेखोट । यसमा मलाई सबै भन्दा राम्रो लागेको लाइन – “सायद काठमाडौंका सबै मान्छे जन्मदेखि मृत्युसम्म कुनै न कुनै शैक्षिक संस्थाका विद्यार्थी रहिरहन्छन्। युवा–युवती जति ‘मिसन अमेरिका’ नाम र आशय भएका संस्थाका विद्यार्थी र बुढा जति चाहिँ महँगीको शिकार भएर विद्यार्थी।”

    ..तर ‘बुढा जति चाहिँ महँगीको शिकार भएर विद्यार्थी” अलिक नमिले जस्तो लाग्यो । यसलाई बदल्ने पो हो कि ?

  2. दिनचर्याको साह्रै रमाइलो प्रस्तुति! त्यो हिन्दी सिरियलको बयान झन दामी लाग्यो! साह्रै बच्काना हुन्छन् त्यस्ता सिरियलहरु तर पनि तिनैले दुनियाँ पिटेका छन्। अचम्म छ!

  3. ma asti sundarijal bata pharkida pani bus ma yei kura ma bhanabhan bhako thyo…the conductor said sth about the whole family having student id cards, all from the same school ! bachha ko pani tei, aama buwa ko pani tei ! yestai manche haru le garda hami bidyarthi haru lai pani apthero parcha. tara mahangi ko jamana ma arulai k bhanne? aafno po the id card cha, bichara uniharu ko chaina. kaslai k bhanne?

  4. प्रतिकृयाहरुका लागि सबैलाई धन्यवाद ।

    Anonymousji अहिले दिमागमा फेर्नका लागि कुनै उचित शब्द आएन, तर म नेपालीमा थप लेख्ने प्रयास गर्नेछु र आशा गरौ त्यस पछी मेरो भाषा
    परिस्क्रित हुनेछ र यस्तो समस्या दोहोरिने छैन ।

    अनि K मलाई तिमीले मेरो नेपाली ब्लग पनि पढिदिएकोमा निकै खुशी लाग्यो र अचम्म पनि ! 😀

  5. liked the new “fishy” layout 😉 dolphin ho ki k ho tyo? looks nice anyway. pretty colors 🙂

    but looks a bit odd bhanya, kina eta ko oota, oota ko eta saareko? kasto apthyaro dekhiyo 😦
    hopefully will get used to it in a while.

    take care, honey…mwah

  6. “look better today” re! my state of mind after being left all alone in ktm 😦

    “it’s looking better today,z. the layout i mean”

  7. It feels like the main thing wasn’t mentioned…Main kura nai napakde jasto.

    I was expectiing u will tell something new or exciting or some remarkable point , but not got that. You just expressed the day, though nice .

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s