पुतलीको देह

नामकरण गर्ने शक्ति प्रायः पुरुषकै भएको हुँदा स्त्रीलाई ‘देवी’ वा ‘सहिद’ जस्ता विशेषणहरूले सोभित गर्नुपर्ने आवश्यकता परेको हुँदो हो

तर बुझ्नुपर्ने कुरो अर्काे पनि छ- दुईवटा अवस्थामा मात्र नारी ती पुरुषप्रदत्त शाब्दिक आभूषणहरूको लक्ष्य बन्छे । पहिलो, जब उसले पितृसत्तात्मक सोचको आन्तरीकरण गरेर पुरुषकै भाषामा बोल्न थाल्छे । उसकै अपेक्ष्ााअनुसार आफ्नो शरीरलाई मोटो-पातलो गराउँछे । आफ्नो विचारलाई ढाल्दै लान्छे । उसको इच्छाबाट चल्ने पुतली बन्छे । दोस्रो, जब पुरुषप्रधान समाजलाई उसको ‘विद्राेही’ स्वभावबाट कुनै खतरा हुँदैन ।

This is the excerpt from an article by Sanjeev Upreti titled ‘Putaliko Deha’ published in the Kantipur National Daily ( Jan 24, 2009) which compares the existence of women to that of Dolls and explains it by taking the example of the slain journalist Uma Singh. Read the complete article below.

धेरैले झैं मैले पनि पत्रकार उमा सिंहलाई हत्यापछि छापिएका फोटो र अन्य अखबारी विवरणका माध्यमले मात्र चिन्न पाएँ । कल्पना गर्न गाह्रो भयो- यी कलिली अनुहारकी चौबीसवर्षे नारी पत्रकारलाई कसरी पन्ध्रजनाजति पुरुषले धारिला हतियारले छियाछिया पारेर मारे होलान् ? कसले मार्यो होला उनलाई ? ०६२ सालमा माओवादीहरूले उमाका बुबा र दाजुलाई अपहरण गरेर गायब गरेकाले शंकाको पहिलो औंला माओवादीतर्फ नै उठ्छ । यसै सिलासिलामा माओवादीका श्रवण यादव तथा तराई एकता परिषद्का निमलाल पासवान गिरफ्तार भएका छन् । पत्रकारको धर्ना तथा विरोध प्रदर्शन चलिरहेकै छ । हत्यारा जो भए तापनि चाँडै सार्वजनिक गरी दण्डित गर्नुपर्छ भन्ने माग चारैतिरबाट उठिरहेछ ।

उमा सिंहको हत्याका दुई मुख्य निन्दनीय पक्ष्ा छन्- पहिलो, हिमाल मिडिया, आप्का, कान्तिपुरलगायतका अन्य पत्रपत्रिका तथा पत्रकारहरूविरुद्ध गरिएको माओवादीको कारबाहीजस्तै उमाको हत्या पनि स्वतन्त्र प्रेस र लोकतान्त्रिक मूल्यमाथि लगातार लक्ष्ाित गरेका आक्रमणहरूको सबैभन्दा पछिल्लो, जघन्य उदाहरण थियो । दोस्राे, राति सात बजे एक्लै खाना बनाइरहेकी उमालाई लोडसेडिङको कारणले सिर्जित अँध्यारोमा पन्ध्र लोग्ने मान्छेले आक्रमण गरी छियाछिया पार्नु नारीविरुद्ध पुरुष समुदायले गरेको कायरतापूर्ण हिंसाको अभिव्यक्ति पनि थियो । अझ प्रत्यक्ष्ादर्शीहरूले यस्तो पनि बताएका छन्- हत्याराहरूले ‘तँ धेरै लेख्न जान्ने भइछस्’ भन्दै उमाको शरीरमा खुकुरी प्रहार गरे रे ! के यस्तो वचन राजनीतिक कारणबाट मात्र निर्देशित नभई पुरुष अहम्को अभिव्यक्ति पनि थिएन त ? पितृसत्ताको संरचनाभित्र नारीहरू घरकै स्पेसभित्र बस, पत्रकारिता तथा व्यापारजस्ता क्ष्ाेत्रमा नआउन्, आएमा तिनीहरू ‘बढी जान्ने’ हुन्छन् भन्ने किसिमको अपेक्ष्ाा हुन्छ । के उमाको शरीरमा बनिएका धारिला घाउहरू त्यसै पितृसत्तात्मक आइडियोलजीका रक्ताम्य ‘लेखाइ’ हरू थिएनन् त साथसाथै ?

पत्रिकामा छापिएको उमाको चित्र हेर्दाहेर्दै ममता शर्मा नेपालको पन्ध्र कथाहरूको संग्रह ‘पुतलीको देह’ सम्झन पुगेँ । ‘मोटी ग्वाम्म’ परेकी केटी मन पराउने नरेश र स्लिम, पातलो शरीर भएकी उसकी श्रीमतीको निर्मलाको वरिपरि बुनिएको कथासंग्रहको पहिलो कथा पनि सम्भिmएँ । पतीको इच्छा पहिल्याउँदै निर्मला मोटाउने अनेक युक्ति गर्छिन् । सुत्केरी भएपछि उनको शरीर मोटाउन पनि थाल्छ । तर निर्मलाको अपेक्ष्ााविपरीत नरेश असन्तुष्ट नै रहन्छ । अब उसलाई लाग्छ- यस्ती मोटी श्रीमतीभन्दा त पातली नै ठीक ! त्यसैले अब निर्मलाले दुब्लाउनुपर्छ । कथाको अन्तमा निर्मलाले नरेशको पितृसत्तात्मक दृष्टिकोणलाई विखण्डन गर्छिन् र भन्छिन्, ‘के म बेलुन हुँ ? पुतली हुँ ? तपाईंको इच्छाअनुसार मेरो शरीरको आकार बढाउने र घटाउने ?’

कथाले देखाउँछ- कसरी पितृसत्ताको संरचनाभित्र स्त्रीको शरीर एउटा पुतलीको देहमा रूपान्तरण हुन पुग्छ । पुरुषको विचार र इच्छाले उसको शरीरको आयतन बढाउँछ, घटाउँछ । पुरुषको आकांक्ष्ााअनुरूप नै नारीको परिचयको मापदण्ड फैलन्छ, खुम्चिन्छ । कथाले यो पनि देखाउँछ- विचार -आइडोलजी) र पदार्थ -शरीर) मध्येको भिन्नता कृत्रिम छ । पितृसत्तात्मक आइडोलजीले नारी शरीरलाई बनाउँछ, रूपान्तरण गर्छ, मोटो-पातलो बनाउँछ । उनको अस्तित्वलाई परिभाषित गर्छ ।

कथासंग्रहको अन्तिम कोसेली ‘नयाँ यात्रा’ ले अर्की बेनामे ‘पुतली’ को कथानकलाई प्रस्तुत गर्छ । यो कथा एउटी यस्ती यौनकर्मीको बारेमा छ जसले बेश्यावृत्तिको पेसालाई सहज ढंगले स्विकार्छिन्- ‘सोझो किसिमले बाँच्ने कुनै उपाय नलागेपछि मैले सोचेँ- बेश्या नै बनेर जीवन धान्नुपर्छ भने म किन बलात्कृत हुने ? बलात्कृत भएर मानसिक यातना खप्नुभन्दा बरु स्वेच्छाले सहमतिपूर्वक यो पेसालाई अँगाल्छु । जहाँ आफू लुटिएको पीडा पनि नहोस् ।’

कथाको अर्काे विशेषता पनि छ- सामाजिक पाखण्डलाई अस्वीकार गर्दै कथाकी नायिका यौनकर्मीको रूपमा अनुभव गरेको पहिलो रातको यौन सन्तुष्टिबारे खुलेर कुरा गर्छिन् । नारीले आफ्नो यौनइच्छाबारेमा बोल्नुहुँदैन भन्ने आइडोलजी बोकेका धेरै महिला र पुरुष पाठक दुवैलाई यस कथाले अप्ठेरो महसुस गराउन सक्छ । तर कथाकी ती बेनामे महिला पात्रलाई कति पाठकले भने पितृसत्ताका असमान नियम, कानुन र धारणाविरूद्ध खरो आवाज उठाउने नायिकाको रूपमा लिन सक्छन् ।

कथासंग्रहका काल्पनिक पात्रहरूविपरीत उमा सिंह वास्तविक जीवनकी नायिका थिइन् । आफ्नो बुवा र दाजुको अपहरण र सम्भवतः हत्याको घटनापछि न्यायको खोजमा पत्रकारिताको पेसालाई अँगाल्दै अघि बढेकी जीवनकी नायिका । कलमद्वारा न्यायको वकालत गरेको अपराधमा उनले कैयौंचोटि धम्की पनि सहनुपरेको थियो ।

तर यी सबै धम्कीका बाबजुद पनि उनी लगातार कमलको युद्ध लड्दै गइन् । फलस्वरूप केही पुरुषले मिलेर निर्णय लिएछन्- हाम्रो राजनीतिको विरोध गर्ने यो उमा ‘बढी जान्ने’ भइछे । अब यसलाई ठेगान लगाउनुपर्छ ।

अहिले सरकारले उमालाई सहिद घोषित गरेको छ । परिवारको सदस्यले १० लाख रुपैयाँ पाउने भए । यो राम्राे कुरा हो । तर के सहिद घोषित गर्दैमा उमाप्रति सरकार र समाजले न्याय व्यक्त गर्न सक्ला ? उमाको मृत्युले उनका परिवारका सदस्यलाई मात्र नभएर सारा लोकतन्त्रप्रेमी नेपालीलाई व्यथित पारेको छ । पत्रकार र बुद्धिजीबीलाई निराश पारेको छ । सामाजिक न्यायनिम्ति लड्ने सबैलाई एउटा दक्ष्ा, बहादुर, सहयात्री गुमाएको पीडाले दुःखी बनाएको छ ।

आखिर उमाको अपराध के थियो ? उनकी सहकर्मी र साथी मनिका झाले लेखेकी छन्- जीवनको अन्तिम क्ष्ाणमा पनि उमा बर्बराइरहेकै थिइन्, ‘मैले कसको के बिगारेकी थिएँ र ?’ उमाको अपराध थियो- पुतली बन्नुको नारी नियतिलाई अस्वीकार गर्नु ! पिता र दाजुको अपहरणपछि उनी चुप लागेर शब्द र आवाज नभएकी पुतली बनी घरमा बसिनन् । उनी शब्दको शस्त्र लिएर पुरुषकै प्रधानता रहेको सञ्चारको क्ष्ाेत्रमा पसिन् । कलमको माध्यमबाट तथ्यलाई खुट्याउन खोजिन् । परिणामस्वरूप पुरुष हातबाट बजि्रएको खुकुरीले उनको शरीरलाई शब्द र संवेदनारहित मृत पुतलीमा परिणत गरिदिए । जुनसुकै पार्टी वा समूहका भए तापनि यस हत्याले हत्याराहरूको कायर पुरुषत्वको नाङ्गो नमुना पेस गरेको छ । एउटा यस्तो पुरुषत्व जसले नारीको देहमा हिंसाका राता अक्ष्ार कोरेर मात्र आफ्नो बहादुरीको प्रमाण पेस गर्न सक्छ ।

उमाको हत्याले शंकाको घेरामा परेका माओवादी तथा तराई एकता परिषद्जस्ता दलहरूप्रति गम्भीर प्रश्न उठाएको छ । जनयुद्ध र त्यसपछाडिका दिनहरूमा माओवादीले सबै किसिमका उत्पीडनहरूबाट मुक्त सामाजिक न्यायसहितको नेपाल बनाउने प्रतिबद्धता जाहेर गरेका थिए । तराईका सशस्त्र तथा राजनीतिक समूहहरूले पनि मधेसी नेपालीका मागको कुरा गर्दा सामाजिक न्यायकै कुरा गर्छन् । तर के वर्गीय तथा जातीय न्यायको कुरा गर्ने यी दलहरू नारीले पाउनुपर्ने न्यायको बारेमा वास्तवमै संवेदनशील छन् ? छन् भने त्यो संवेदनशीलता भाषणमा मात्र नभएर व्यवहारमा पनि देखिनुपर्यो ।

अखबारको फोटोमा देखिएको उमाको अनुहारलाई बारम्बार हेरेँ । अखबारमा देखिएको उनको चित्र शब्दविहीन थियो, कुनै निष्प्राण पुतलीझैं । हाम्रो समाजमा पुतली हुनुको नियति अस्वीकार गर्ने स्त्री नायिकालाई या त बेश्याको नाम दिइन्छ या देवत्वको आवरण ओढाएर मन्दिरमा पुजिन्छ । अहिले उमालाई सहिदको नाम दिइएको छ । नामकरण गर्ने शक्ति प्रायः पुरुषकै भएको हुँदा स्त्रीलाई ‘देवी’ वा ‘सहिद’ जस्ता विशेषणहरूले सोभित गर्नुपर्ने आवश्यकता परेको हुँदो हो उनीहरूलाई सायद । तर बुझ्नुपर्ने कुरो अर्काे पनि छ- दुईवटा अवस्थामा मात्र नारी ती पुरुषप्रदत्त शाब्दिक आभूषणहरूको लक्ष्य बन्छे । पहिलो, जब उसले पितृसत्तात्मक सोचको आन्तरीकरण गरेर पुरुषकै भाषामा बोल्न थाल्छे । उसकै अपेक्ष्ााअनुसार आफ्नो शरीरलाई मोटो-पातलो गराउँछे । आफ्नो विचारलाई ढाल्दै लान्छे । उसको इच्छाबाट चल्ने पुतली बन्छे । दोस्रो, जब पुरुषप्रधान समाजलाई उसको ‘विद्राेही’ स्वभावबाट कुनै खतरा हुँदैन । उमाको निर्दाेष, आभायुक्त अनुहारबाट अब कसैलाई खतरा छैन । उनको फोटो केही बोल्दैन । पुतलीसरह नै मौन छ । सायद त्यसैले होला राज्यले उनलाई सहिद घोषणा गर्न अलिकति पनि हिच्किचाहट देखाएन । अब सायद उनलाई जनकपुरधामकी नयाँ देवीको रूपमा नामकरण गर्नेहरूको लर्काे पनि बढ्दै जाला ।

Advertisements

One comment

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s