स्कुले केटीका कुरा

अहिले मेरो काखे कम्पिउटरमा ९.५३ बजेको छ , ब्याकग्राउन्डमा एर.आर.रेहमान ‘रेहना तू’ गाइरहेका छन् “एक दाँया होगा एक बाँया होगा, हात थामले हात ए थामले चल्नाहे सँग थामले” । आजकाल मलाई सबैभन्दा मनपर्ने गीत नै यहि भएको छ तर मैले यहाँ राख्न लागेको लेख चाहिँ एक बिल्कुलै अलग समयमा लेखिएको थियो। म त्यतिखेर पनि एर.आर.रेहमानलाई त चिन्थे तर रातिको समयमा कहिले यसखाले गीत भने सुन्दिनथेँ। २०५७ ताका म कक्षा ९ मा पढ्दाखेरी अङ्गेजी र नेपाली दुवै भाषामा दैनन्दिनी लेख्नुपर्थ्यो। नेपाली र अङ्गेजी भाषाको परीक्षामा दैनन्दिनीका लागि पनि अङ्क छुट्याइएकाले नलेखि सुखै थिएन। त्यतिखेर हरेक दिनको विवरण दुवै भाषामा लेख्दा दिक्क लागेपनि आज त्यहि दैनिकी पढ्दा निकै रमाइलो लागिरहेको छ। मेरा डायरी एन फ्याङ्कको जस्तो नभएपनि म त्यसलाई डिजिटाइज गर्न चाहन्छु। ( यो चाहिँ मेरो दीर्घकालीन योजना हो) तत्कालका लागि चाहिँ यो आठ वर्ष अघि ( २०५७/५/२३ ) सोमबारका दिन लेखिएको विवरण :

आज साह्रै मज्जाले हाँसियो। हामीले पत्ता लगाएको रहस्य नै त्यस्तै थियो , नहाँस्ने त कुरै भएन नि। एउटा भजन छ :
‘राम नाम लड्डु, गोपाल नाम घ्यू
हरि नाम मिश्री , तु घोल घोल पिउ। ‘

यो भजन पट्टुले शंकराचार्य पुगेको एक ठाउँमा सुनेकी थिइन्। अनि एउटा अर्को भजन पनि छ, सुरुका हरफहरू चाहिँ त्यति राम्ररी मलाई याद छैन , सम्भि्कएको भाग चाहिँ यस्तो छ :

‘मदन मोहन सदन मुरली
…………………बजातेहेँ
कभी हलुवा , कभी पुरी
कभी माखन चुरातेहेँ’

)

Digitizing my diary 🙂

यस्ता भजन बुढाबुढीहरू कै सभामा मात्र गाइन्छन्। वास्तवमा बुढाबुढीहरूलाई भजन गाउन झ्याउ लाग्छ होला। यसैले उनीहरू भजनमा ईश्वरको भन्दा धेरै खानेकुराहरूकै नाम लिन्छन्। माथि कै भजनहरूमा हेरूँ न , लड्डु, घ्यू, मिश्री, पुरी, हलुवा, माखन के मात्र छैनन्? सायद उनीहरू भजन पनि खाना चप्काउँकै गाउँछन् होला। मेरी एक साथीकी हजुरआमा पनि यस्तै भेलामा जानुहुन्छ रे। एकचोटि खै किन हो उहाँलाई ‘गग’ लगाउने धुन चलेछ रे। हुँदाहुँदा त्यसता आध्यात्मिक सङ्गत हुने ठाउँमा एकपटक त पानी परिरहेको बेला पनि ‘गग’ लगाएर जानुभएछ। यो सुन्दा त हाँस्दा हाँस्दा झन्डै मरेको। यी बुढाबुढीहरूको पनि लीलै अपरम्पार हुन्छ। हा…हा…हा। तर के गर्नु एकदिन आफैं त्यस्तो हुनुपर्ला। जे होस् त्यतिखेरसम्म सास चलिरहर्यो् भने यो पढ्दा साह्रै मज्जा आउनेछ होला।

Advertisements

5 comments

  1. हा हा हा! यो पानी परेको बेलाँ पनि ग लाएर गएको कुराले चाहिँ साह्रै हाँसो उठ्यो!
    स्कूले केटीका कुरा साह्रै मिठा र’छन्। त्यस्को ‘डिजिटाइज’ हुने सपना चाँडै पूरा होस्। हाम्ले पनि पढ्न पाइन्छ भनेर क्या 🙂

  2. haha…tyo ‘gog’ laune hajur aama ‘sike’ ko ho ki kya ho? LOL aath barsha bhaisakecha hai? baafre! tht’s a long long time. 😮 we’re growin old! 😐

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s